८० वर्षको उमेरसम्म एक्लै चुलोचौको गरी आफ्नो धन्दा आफै गरिरहेकी हजुरआमालाई सम्झन्छु, अनि केलाउँछु आफ्नो दैनिकी । बिहान उठेदखि सानोबाबुलाई खुवाऊ, पिलाऊ, उसको कपडा धोऊ आदि, इत्यादि । ममात्र होइन, उसको पछि दौडिदा सबै हैरान छन् घरमा ।
बिहेपछि नै फेरिएको दिनचर्या सन्तान जन्मेपछि झनै बदलिएको छ । उसले खाना नखाए पनि पीर, पिसाव नफेरे पनि पीर, रोए, लडे पनि पीर, धेरै सुते या थोरै सुते पनि पीर। सन्तान जन्मेपछि जिम्मेवारीका साथसाथै पीरको थुप्रो थपिँदो रहेछ ।
कामको व्यस्तता भए पनि केही समय उनीहरुका लागि छुट्याऔं। जसरी हामी सानो छँदा बाआमाले हाम्रा लागि पूरै समय दिएका थिए ।
बिहे अगाडि यस्तो होला भनेर मैले कुनै कल्पनासमेत गरेकी थिइनँ । अविवाहित प्रायः व्यक्तिले गर्दैनन् पनि होला । लकडाउनमै रहेको दैनिकीलाई सरकारले गरेको लकडाउनले खासै प्रवाव पारेन ।
सन्तानकै उज्ज्वल भविष्यका लागि परदेशी बनेका बा अनि छोराछोरीको ओठमा खुसी छर्नकै निम्ति दिनरात नभनी आफ्नो निन्द्रा त्यागेर काममा खटिएकी आमा , याद आउला कि नआउला हुर्किएका जवान छोराहरु ? जसले आफ्ना बाआमालाई वृद्धाश्रममा राखेका छन् । घरमा राखे पनि ती बूढा आमाबा मात्रै पकाएर खान बाध्य छन् । छोरा बुहारीसँग भिन्दै बसेका छन् ।
ती दिनमा हुर्काउदा, पढाउदा गरेको कष्ट सम्झेर बेला बेला आशुका ढिका खसाल्छिन् हजुरआमा । छोरो आफ्नो भए पनि बुहारीले सन्काई भन्छिन् । थाहा छैन यहाँ दोष कस्को छ तर धेरै जसो आमाबा आफ्नै सन्तानबाट अपहेलित छन् ।
बा आमालाई हेला गरे पनि तिनले जोडेको सम्पत्ति खाने होडबाजी समाजका छोराहरुमा देखिन्छ ।
सन्तानले आँखा तर्छन् भन्ने थाहा भएको भए कोख बाँझै राख्थे भन्छिन् आमै । दुःख गरेर हुर्काएको सन्तान बुढेसकालको लाठी बनोस् भन्ने सबैलाई लाग्दो हो तर विभिन्न कारणले छोराबुहारीबाट अपहेलित बाआमाले छोराछोरी जो भए पनि यस्तै रहेछ जिन्दगी भनेको सुन्दा मन कुडिन्छ ।
बा आमालाई हेला गरे पनि तिनले जोडेको सम्पत्ति खाने होडबाजी समाजका छोराहरुमा देखिन्छ । सम्पतिको माया लाग्नेलाई बाआमाको माया किन नलाग्ने ? आफ्ना सन्तानले पनि भविष्यमा त्यस्तै गर्लान भन्ने किन नसोच्ने ?
अशक्त बाआमाको राम्रो स्याहार गरेर खुसी राख्ने सन्तान पनि यो समाजमा छन् । उनीहरुबाट सबैले पाठ सिकेर आफ्ना बाआमालाई माया गरौं । जसरी आफूलाई सानोमा हुर्काएका थिए त्यसरी नै मीठो बोलीले सदभावका साथ राखौँ । कामको व्यस्तता भए पनि केही समय उनीहरुका लागि छुट्याऔं। जसरी हामी सानो छँदा बाआमाले हाम्रा लागि पूरै समय दिएका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।