पोखरालाई साईकल सिटी बनाउन ‘तालदेखि तालसम्म’ साईकल मार्ग बनाऔं


     प्रकाश बज्राचार्य     
     कार्तिक ३ गते २०७७ मा प्रकाशित




स्वास्थ्य ,वातावरण र पर्यटनको उद्वेश्यका साथ २०६९ साल पुस १७ गते साईकल सिटी पोखरा बिधिवत रूपमा दर्ता भएको हो । नेपालमै पहिलो पटक साईकल सिटी पोखराले २०७१ साल भदौ १६ गते साईकल मार्ग (साईकल लेन)को माग गर्दै ज्ञापनपत्र कास्की प्रशासनलाई बुझाएको थियो । त्यो ज्ञापन पत्र म आफैले लेखेको थिएँ । ज्ञापन पत्र तत्कालीन क्षेत्रीय प्रसाशक (हाल निर्वाचन आयोगका प्रमुख) दिनेशप्रसाद थपलिया ज्युले अध्ययन गरेपछि पोखराको १७ वटा योजना मध्येमा साईकल सिटीलाई पनि प्राथमिकता राखिदिनु भएको थियो । सो योजनाका सल्लाहकार समाजसेवी नेपाल उधोग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी हुनुहुन्छ ।

म एक मंगलबार परिवारसहित गणेश टोलको गणेश मन्दिरमा पुगेको बेला आदरणीय काका आनन्दराज मुल्मी विहानको मर्निङ वाकबाट फर्किदै हुनुहुन्थ्यो । उहाँसँग जम्काभेट हुने वित्तिकै उहाँले सोध्नुभयो ‘प्रकाश तिमी साईकल सिटी पोखराको कुन पदमा छौ रे’ ? मैले भनेँ उपाध्यक्ष । उहाँले भन्नुभयो ‘तिमी सकेसम्म चाँडै मलाई भेट’ मैले हुन्छ भन्दै सहमतिको टाउको हल्लाएँ । त्यसबेला मैले सोंचे साईकल सिटी पोखराले पोखराको अन्तर्राष्ट्रिय एयरपोर्टमा सपोर्ट गरेकोले त्यसै सम्बन्धमा कुरा गर्नका लागि होला भनि सोंचे । पछि बिर्सिएर उहाँलाई भेट्न गईनँ । एक दिन फेरि म साईक्लिङ गरेर फर्किदै गर्दा मुल्मी काकालार्य उहाँकै बाहिर भेटेँ । मैले काकासँग माफी माग्दै भनेँ, ‘काका मैले त भुसुक्कै बिर्सेछु’ उहाँले तत्काल उहाँको घरको अफिस लैजानुभयो र ‘ढिला भो अब २÷३ हप्ता मात्र बाँकी छ । साईकलमैत्री पर्यटकीय शहर योजना परेको छ ।, केहि गर्न सकिन्छ भनेर सोध्नुभयो । मत छाँगाबाट खसे जस्तो भएँ । मैले तुरुन्तै त्यहिं ठाउँको ठाउँ साईकल सिटी पोखराका पदाधिकारी जो जो सँग समय छ सबैलाई बोलाएँ । धेरै छलफल पछि निरज थापा दाइ संयोजक र म सचिवसहितको एउटा सानो कमिटी बनायौं । कमिटी त बनाईयो तर प्रस्तावना पत्र कसरी लेख्ने थाहा थिएन । अनि मैले महेन्द्र श्रेष्ठ (हाल अमेरिका) दाईलाई गुहारेँ । उहाँले केहि खाका तयार पार्नुभयो । २÷३ दिन पछि म, निरज थापा दाई, महेन्द्रराज कोईराला गरि तीन जना लेकसाईडको एउटा रेष्टुरेन्टमा २ दिन जति राति १२÷१ बजेसम्म बसेर प्रस्तावनाको खाका तयार पा¥यौं ।

कभर डिजाइन र फोटो सपमा ईश्वर कर्माचार्य दाईको सहयोगपछि ‘साईकल मैत्री पर्यटकिय शहर’को प्रस्तावना पत्र तयार भयो । उक्त प्रस्तावनापत्र विभिन्न सरकारी कार्यालयका साथै तत्कालीन पर्यटन मन्त्री स्वः रवीन्द्र अधिकारीलाई बुझायौँ । त्यसपछि नेपाल सरकारको सहयोगमा म लगायत निरज थापा, ईश्वर कर्माचार्य, श्यामकृष्ण श्रेष्ठ, शंकर भण्डारी, महेन्द्रराज कोईराला, करूणा ढकाल, कपील सिग्देल अभिषेक कोईराला, जय गुरूङ, एसएसपी कवीन्द्रमान श्रेष्ठ, अशोक चालिसे, अब्राहम खान, दीलिपराज श्रेष्ठको मेहेनत र लगनका कारण पोखराको १४ पर्यटकीय स्थानमा २१ वटा साईकल स्ट्याण्ड राख्ने र शान्ति स्तुपादेखि रानीवन सम्मको साईकल ट्रयाकलाई फराकिलो बनायौं ।

सो कार्यक्रमको सफलतापछि आनन्दराज मुल्मी काकाकै सुझाव र अगुवाई र जयन्ती स्मृति प्रतिष्ठानको सहयोगमा सन २०१५÷१६ मा निरज थापा दाई, सन २०१७ मा जाईन्ट बाईसाईकलको सहयोगमा ईश्वर कर्माचार्य दाइ, सन २०१८ मा नेपाल आयल निगमको सहयोगमा म आफै, सन २०१९ मा नेपाल आयल निगमको सहयोगमा राजन गोङ्गजुले ‘टुर दी पोखरा’लाई साईकल सिटी पोखराको ब्राण्डको रूपमा भब्यताका साथ सम्पन्न गरायौं ।

२०७६ पुस १३ गते मेरो संयोजकत्वमा पोखरा महानगरपालिका ई.सुरेन्द्र पौडेल र नेपाल साईकल सोसाईटीका अध्यक्ष रत्नराम श्रेष्ठ पोखरा महानगरपालिकाको कार्यकक्षमा तालदेखि तालसम्मको साईकल लेन अध्ययन समिति पनि गठन भयो । क्रमबद्ध रूपमा हामीले साईकलबाट पोखरालाई चिनाउने प्रयासमा निरन्तर लागिरह्यौं । यसरी साईकल लेन बिषयमा हामी फेरि यहि २ हप्ता देखि ९८ किमि साईकल ट्रयाक बारेमा वडाहरू र नगरपालिकासँग बारम्बार छलफल गरि शहरी विकाश आयोगका उपाध्यक्ष डा.आरसी लामिछाने, सदस्य सरोज कोईराला, चिन्तामणी बास्तोला, मोहनसिँह लालचन, निरज थापा, करूणा ढकाल, अभिषेक कोईरालाले स्थलगत अध्ययन ग¥यौं । यसैको फलस्वरूप पोखरा महानगरपालिकाले २०७७ साल कात्तिक १ गते घटस्थापना दिनमा शुभ साईत पारेर ‘तालदेखि तालसम्म’को साईकल ट्रयाकको प्रारम्भिक अध्ययनको शुभारम्भ गर्याे । सो कार्यको पोखरा वडा नं. ६ का वडाध्यक्ष जगतबहादुर पाहारीले शुभारम्भ गरेका थिए ।

साईकल रूट फेवातालबाट शुरू भई कमलपोखरी, काँहुखोला, सिलिङ्गे, कन्दनी डाँडा, गुँदे, न्युरेनी, खास्टे, दिपाङ्ग, बेगनासहुँदै रूपा तालमा झण्डै ५० कि.मी ५० जना साईकल यात्रीले शुभारम्भको अवसरमा साईकल चढेर सम्पन्न गरे ।

पोखरा महानगरपालिकाले पोखरालाई साँच्चैको साईकल हबको रूपमा बिकाश गर्नेछ र पोखरामा साईकलको माध्यमले आन्तरिक र बाह्य पर्यटक बसाइँ लम्बिने छ भन्ने बिश्वासका साथ अन्तमा हिजोको ‘तालदेखि तालसम्म’को साईकल मार्ग कार्यक्रममा सहभागी सबैलाई धन्यवाद । जय साईकल

प्रकाश बज्राचार्य साईकल सिटी पोखराका निवर्तमान अध्यक्ष हुन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।