विद्यावारिधी यात्रा: एक कठोर तपस्या


     हरि चन्द ‘अग्निपुंज ’    
     कार्तिक ४ गते २०७७ मा प्रकाशित




धेरैको लागि विद्यावारिधी एक सपना हो। यो सपनाको बाटोमा सपना देख्ने जति सबै पुग्न सक्दैनन्। किनकि यसको लागि एकअसाधारण त्याग र तपस्याको खाँचो पर्छ। त्यो भन्दा धेरै साहस र धैर्यताको खाँचो पर्छ। यसका अलावा एक कठोर अनुशाशन, मेहेनत, समर्पण र संकल्प जरुरत पर्दछ। जसले यी कुराहरुमा श्रेष्ठता हाँशिल गर्छन्, उनीहरु सपना प्राप्तिमा अब्बल साबित हुन्छन्, जो यसमाचुक्छन्, विद्यावारिधी उनीहरुको लागि सपना मात्रै रहन्छ, बास्तबिकता बन्नै सक्दैन।

१) आफैलाई इन्कार गर्नुहोस

जब तपाई विद्यावारिधीको विद्यार्थी बन्नुहुन्छ, तपाइलाई मानिसहरुको हेर्ने दृष्टिकोण अलि फरक हुदै जान्छ। तपाइले बोलेका, लेखेकार बहस गरेका बिषयहरुमा मानिसहरुको चासो बढ्दै जान्छ। त्यहि कुरा अरु मानिसले बोल्नु र तपाइले बोल्नुमा फरक हुदै जान्छ। जबतपाइले कुनै कुरा बोल्नुहुन्छ वा लेख्नुहुन्छ, मानिसहरुले त्यसलाई भरपर्दो र विश्वासिलो ज्ञानको रुपमा बुझ्न थाल्छन्। कुनै कुरा हो किहोइन भनेर मानिसहरु तपाईबाट बिश्वस्त हुन चाहन्छन् । त्यसैले बोल्नु र लेख्नु अघि तपाइले आफैलाई इन्कार गर्न जरुरी छ ।बिसेषगरि जथाभावी बोल्न र लेख्ने कार्यमा । प्रशस्त तयारी, अध्ययन, विश्लेषण र निष्कर्ष विना तपाई बोल्नु भनेको तपाईमाथिकोअरुको भरोसा र विश्वासमा पूर्णबिराम लगाउनु हो । तपाइले बोलेको कुरा अनुसन्धानमा आधारित भएन भने र त्यसले ज्ञान उत्पादनमायोगदान गरेको देखिएन भने तपाइँ प्रोपोगान्डा सिर्जना गर्ने र समाजलाई गलत ‘डिसकोर्ष’ तिर लैजाने पात्रमा सिमित हुने खतरा रहन्छ।

२) अन्य अवसरलाई तिलाञ्जली दिनुहोस

जब तपाइले आफु विद्यावारिधीको विद्यार्थी भैसकेपछि केहि कुरा लेख्दै जानुहुन्छ वा बोल्दै जानुहुन्छ, त्यसले कहिँ न कतै कसै नकसैलाई प्रभाव पारिरहेको हुन्छ। जब तपाइले बोल्ने र लेख्ने कुराले अरुलाई प्रभावीत पार्दै जान्छ, तपाईमाथिको सामाजिक बिश्वासपनि बढ्दै जान्छ। तपाइँमाथिको बढ्दो बिश्वासले तपाइको लागि अन्य केहि अवसरको ढोकाहरु पनि खोल्दै जान सक्छ। सबै अवसरहरुतपाइको विद्यावारिधीको यात्रालाई तिब्रता दिने गरि नआउन पनि सक्छन्। कति अवसरहरु तपाइको सपना र गन्तब्यको गतिलाई कमगर्ने र तपाइको गन्तब्यलाई ‘डाइभर्ट’ गर्ने गरि समेत आउन सक्छन्। यस्तो बेला बडो बिबेकपुर्ण तरिकाले गन्तब्यको ‘डाइभर्सन’लाई रोक्नेर गन्तब्यसंग मेल नखाने अवसरहरुलाई तिलान्जली दिन सकिएन भने विद्यावारिधिको सपना लम्बिन सक्छ वा पुरा नहुन पनि सक्छजसको लागि तपाई समर्पित हुनुहुन्छ।

३) व्यक्तिगत लगानीमा विद्यावारिधि सुरु नगर्नुहोस

विद्यावारिधी भनेको राष्ट्रको लागि राष्ट्रले गराउने कुरा हो। यो कुनै सोखको बिषय भन्दा पनि आवश्यकता अनुसार यसको उपादेयितापुष्टि गर्ने गरि गरिनुपर्ने विषय हो। विद्यावारिधी भनेको कठोर तपस्याको विषय हो यदि साँच्चै नै ज्ञान उत्पादन गर्ने नै हो भने। तरउपाधिको लागि मात्रै विद्यावारिधी गर्नेहरु पनि हुन्छन् जसको हकमा संधर्ब फरक हुन सक्ला। विद्यावारिधी धन कमाउनको लागि वाजग्गा जमिन जोडनको लागि गरिने बिषय पनि होइन। उपाधि देखाएर धन जम्मा गर्नेहरुको कथा भने यसले समेट्न सक्दैन। सिप आफ्नोलागि बढी काम लाग्ने बिषय हो भने ज्ञान देशको लागि काम लाग्ने बिषय हो। सिपले व्यक्तिलाई बाच्न सक्ने बनाउछ भने ज्ञानलेदेशलाई बाँच्न सकने तुल्याउछ। ज्ञान सामान्यतया विद्यावारिधी गर्नेहरुले उत्पादन गर्ने गर्छन केहि अपवाद छोडेर। यदि ज्ञान राष्ट्रकोलागि चाहिने र यसको उत्पादन विद्यावारिधी गर्नेहरुबाट हुने हो भने विद्यावारिधी व्यक्तिगत लगानीमा गरिने बिषय नहुनु पर्ने तर नेपालजस्ता देशहरुले ज्ञानको महत्वलाई स्थापित गर्न नसक्दा वा नचाहदा यहाँ फरक अभ्यास देखिन्छ।

४) भ्रष्ट मानसिकता भएकाहरु यसबाट टाढा भाग्नुहोस

विद्यावारिधि भ्रष्ट मानसिकता भएकाहरुले गर्ने बिषय हुदै होइन। यदि कुनै विद्यावारिधि वालाले भ्रष्टाचार गर्यो भने उसकोविद्यावारिधिको उपाधि खोसिने व्यवस्था विश्वभर गर्नु उचित हुन्छ किनकि जीवनभर यति कठोर मेहेनत र परिश्रम गरेर भ्रष्टाचार गर्यो भनेउसले त सिंगो उपाधीकै बेइजत गरेको भयो। मध्यपश्चिमान्चल विश्वविद्यालयका उपकुलपति प्रा डा नन्द बहादुर सिंहले भन्ने गर्नुहुन्छ, “कक्षा एक देखि विद्यावारिधि र अझ महाविद्यावारिधी सम्म कठोर मेहेनत गरेर पुग्ने र अन्तिममा भ्रष्टाचार नै गर्ने हो भने बाँच्नुको अर्थ नैभएन नी त। त्यसैले म जीवनभर भ्रष्टाचार गर्दिन र भ्रष्टहरुलाई पनि छोड्दिन। ” जसरी मध्यपश्चिमान्चल विश्वविद्यालयका उपकुलपतिप्रा डा सिंहले भ्रष्टाचार बिरुद्द जेहाद छेड्नुभएको छ, आज सबै विद्यावारिधीवालाहरुले त्यसै गर्नुपर्ने अवस्था छ यदि देश बनाउने हो भने।त्यसैले भ्रष्टाचार गर्नेहरु विद्यावारिधि सर्कलमा प्रवेश गर्नु नै हुदैन। किनकि जब विद्वानहरु नै भ्रष्ट हुन्छन्, तब देशलाई भ्रष्टहरुकोमनोवृति र भ्रष्टाचारको दलदलबाट माथि उकास्न लगभग असम्भव जस्तै हुन जान्छ।

५) ‘डिप्रेसन’ आउछ तर सामना गर्न तयार हुनुहोस

विद्यावारिधी उपाधि हासिल गर्ने क्रममा जति त्याग, तपस्या, र तिलाञ्जली दिनुपर्ने हुन्छ नि, त्यसले जीवनमा कैयौं पटक मनोबैज्ञानिकअसर सिर्जना गर्ने गर्छ। सामाजिक, पारिवारिक, मनोबैज्ञानिक, र मानसिक दबाबले तपाइलाई कैयौं पटक ‘स्ट्रेस’ हुने गर्छ। ‘स्ट्रेस’ बढ्दैगएमा त्यो ‘डिस्ट्रेस’मा रुपान्तरण हुने र अन्ततः यसले विद्यार्थीमा ‘डिप्रेसन’ ल्याउने गर्दछ। विद्यावारिधीको दबाब र चुनौतीलाई सामनागर्न अघि तल उल्लेख गरीए झैं कैयौं अवसर, मनोरंजन, सामाजिक जीवन, र पारिवारिक जीवन लाई गन्तव्यमा नपुग्दा सम्म छोड्नुपर्नेहुन सक्छ। यसो गर्दा तपाइमा डिप्रेसन आउनु नितान्त स्वाभाविक हो तर यसलाई सहि तरिकाले व्यवस्थापन गर्ने हो भने सजिलै यसलाईजितेर लक्ष्य चुम्न सकिन्छ। यदि साच्चै तपाइले आफ्नो शोधकार्यबाट नयाँ योगदान दिन चाहनुहुन्छ भने डिप्रेसनको लागि तयार हुनुहोसर यसमाथि विजय प्राप्त गर्ने मनोविज्ञान पनि संग संगै बिकास गर्दै जानुहोस। विद्यावारिधीसम्म पुग्ने हरेक मानिसले उत्प्रेरणा, उत्साह, कठोर कष्ट, व्यापक दुख, तनाब र अन्तमा खुसी आदि चरण पार गर्नै पर्ने हुन्छ। अनुसन्धान आफैमा एउटा कठोर मेहेनत गर्नुपर्ने बिषय होर यसले आँशु र हाँशो सबै चिजलाई बोकेर ल्याएको हुन्छ। त्यसैले विद्यावारिधि सम्म पुग्ने सपना हो भने आजैदेखि आफ्ना छोरा-छोरीलाई त्यसरी नै तयार पार्दै लैजान आवश्यक देखिन्छ।

(हरि चन्द ‘अग्निपुंज ’ मध्यपश्चिमान्चल बिश्व बिध्यालयका उप कुलपतिका सल्लाहकार तथा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनीतिमा त्रि.बि. मा पि..एच.डि.स्कलर हुनुहुन्छ ।)


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।