यो वर्ष कोरोनाले दशै आएको रौनक आएन । विगत वर्षहरुमा जस्तो दशैको पर्खाइ यो वर्ष हुन पाएन । पेशागत जिम्मेवारीले पनि यो महामारीका बीच कोरोना संक्रमितको उपचार र व्यवस्थापनको पाटोले व्यस्त बनाएको छ । अहिले कोरोनाको जोखिम बढिरहेको अवस्थामा एकअर्काको हातबाट टिका जमरा ग्रहण गर्न सम्भव भएन । तर पनि म यो दर्शैमा ८० को हाराहारीमा रहेका आमाबुबाको आशिर्बाद सामाजिक दुरी कायम गरेर टाढैबाट लिने योजनामा छु । दिनरात संक्रमितको उपचारमा रहेका चिकित्सकहरुमा पनि कोरोनाको जोखिममा हुने भएकाले अहिलेको समयमा दशैंको टिका भन्दा ठूलो कोरोनाबाट जोगिनु हो । यो वर्ष आफू पनि जोगिन सके र अरुलाई पनि जोगाउन सक्यौं भने आउने वर्ष एकसाथ खुशी मनाउन सकिन्छ । स्वास्थ्यको ख्याल राखेर आफ्नै घरमा बसेर सबैलाई दशैं मनाउन अनुरोध गर्दछु । ( डा.आचार्य पोखरा सावास्थ्य बिज्ञान प्रतिष्ठान पश्चिमान्चल क्षेत्रिय अस्पतालका सह प्राध्यापक तथा निर्देशक हुनुहुन्छ ।- सम्पादक )
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।