भीडभाडबाट बचेर बस्नुपर्ने अहिलको अवस्थामा मान्यजनको स्पर्श बिनाको पर्व निकै खल्लो भइरहेछ । कोराना कहरले आर्थिक , मानसिकसँगै सांस्कृतिक पक्षमा पनि उस्तै प्रभाव पारेको छ । अब हामीसँग दुईवटा विकल्प छन् । एउटा कोभिड–१९ को प्रतिकार गर्ने र अर्को कोभिड लामो समयसम्म रहन सक्छ भनेर यससँग सहअस्तित्व कायम गरेर लड्दै जाने । संसारभर यस्ता भाइरस आउछन्, तर संयमता र सजकता अपरिहार्य हुन्छ । मानवीय जीवनको अस्तित्व रक्षानै पहिलो प्राथमिकता हो । हामी बाँचे संस्कार र संस्कृति बचाउन सकिन्छ । यो वर्ष स्पर्श विनाको दशैं मनाउन म सबैलाई अनुरोध गर्छु । म पनि घर बाहिर निस्कन्नं र अरुलाई यो वर्ष टिका ग्रहणका लागि निम्तो दिन सक्दिनं।
योसँगै दशैको सन्दर्भमा म अर्को कुरा पनि जोड्न चाहन्छु । दशैं देवी शक्तिको आराधनाको पर्व हो । शक्ति पीठहरुमा नवदुर्गाको पूजा हुने गर्दछ । यसको पौराणिक, धार्मिक महत्व रहिआएको छ । अहिले सरकारले कोरोनाको जोखिमलाई ध्यान दिएको भन्दै मठमन्दिर खोल्न रोक लगाएको छ तर अन्य क्षेत्र खुला गर्नुले थप आशंका जन्माएको छ । सुपरमार्केट, बैंक वित्तिय संस्था खुला गर्ने तर सामाजिक दुरी कायम गरेर पुजा आजा गर्न मिल्ने मठमन्दिरमा रोक लगाउँदा यो सरकार हिन्दुधर्म विरोधी हो कि ?भन्ने आशंका धेरैलाई गराएको छ । धार्मिक आस्था भनेको मानिसको मनको शान्तिसँग जोडिएको हुन्छ । यो अवस्थामा धार्मिक र आध्यात्मिक शक्तिले पनि मानिसको मनोबल उच्च गराउन सहयोग पुग्छ यसतर्फ सरकारले सोचेर स्वास्थ्य सतर्कताको मापदण्ड पूरा गर्दै मन्दिरमा भक्तजन जाने वातावरण अब चाॅंडै मिलाउनु पर्छ ।(श्रेष्ठ संस्कृतिबिद् तथा बिन्ध्यबासिनी धार्मिक क्षेत्र बिकास समितिका सचिब हुनुहुन्छ ।- सम्पादक )
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।