साङ्केतिक तस्विर
कार्तिक २३ स्याङ्जा । स्याङ्जामा एक युवक अवैध हतियार सहित पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जिल्लाको बिरुवा गाँउपालिका–२ बाट एक जनालाई आइतबार पक्राउ गरेको हो ।
प्रहरीले गाउँपालिकाको बेसारेडाँडाका भिमबहादुर गुरुङलाई घरमा लुकाई राखेको अवस्थामा एक नाले बन्दुक १ थान, भरुवा बन्दुकको नाल २ थान, फलाम र सिसाको जस्तो देखिने छर्रा १२ थान र ५५ ग्राम बारुद बरामद गरेको प्रहरीले जनाएको छ ।
अबैध अतियार सहित पक्राउ परेका गुरुङलाई जिल्ला अदालतबाट ७ दिनको म्याद थपेर थप अनुसनधान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरिक्षक राजेन्द्र प्रसाद अधिकारीले दिए ।
पछिल्लो क्रममा जिल्ला प्रहरी कार्यालय स्याङ्जाले अबैध हतियार प्रति निगरानी बढाएको छ ।
अबैध हातहतियारबाट चोरी शिकारी देखि मानवीय घट्ना हुन सक्ने हुँदा जिल्लाको शान्तिसुरक्षा मजबुद बनाउन अबैध हातहतियार प्रति निगरानी बढाएका जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक होविन्द्र बोगटीले बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।