हामीले सपना देख्यौं तर कार्यान्वयनका लागी उही पुरानै सोच अनि तरिका अनुसार लाग्यौं भने उपलब्धी सम्भब नै छैन !! २०४६ पछि को परिबर्तन ६२/६३ को उपलब्धीको रक्षा गर्न को लागी पनि केहि सामान्य तर प्रभाबकारी कार्य गर्न सकेको खण्डमा हामीले खोजेको सबै कुराको प्राप्तीको जग बस्न सक्ने छ भन्ने लाग्छ !! सबैभन्दा पहिलो सुधारको पक्ष भनेको आफ्नाको पुरै सहयोग जसका कारण राज्य संचालनको लागी सहज अनि सहयोगी बनोस भलै सरसल्लाह भएनन् होला यो कुरा हामीले हरेक पार्टीको सरकार हुदा देखेको अनि भोगेकै हो आफ्नै भित्रका प्रतिपक्षी जो २०४७ देखिका हरेक सरकारले गरे भोगे !!! दोश्रो आफ्ना अनि आफ्नाबाट भागबण्डाको अन्त्य गर्नु जरुरी छ !! एक जना आफन्तको ब्यबस्थापनको लागी कति सम्म मान्छे अन्धो हुन्छ भन्ने कुरा पनि २०४६ को परिबर्तन पछि नै देखिदै आएको छ सबैले मनन गर्नु पर्ने कुरा र गम्भीर बिषय नै यो देखिन्छ !! एक जना आफन्तको राम्रै ठाॅंउमा ( राजदुत होस् वा अन्य ) नियुक्ति भयो भने प्रतिपक्षीले आफ्नो भूमिका नै बिर्सने कस्तो परम्परा बसेको छ !! प्रतिपक्षी भनेको भागबण्डा होइन खबरदारीको लागी हो भन्ने लाग्थ्यो अन्य देशको परम्परा हेर्दा !! यदि भनेको अबस्था सहज भएन भने सर्बसाधारण जनतालाइ सडक मा उतार्ने अनि बितण्डा मच्चाउने नेपाली राजनीतिक प्रचलन बन्दै आयो !! हामी सर्बसाधारण जनता भुलभुलैया बन्दै इशारालाई मान्दै अगाडी हिड्न खोज्यौं अतृप्त सपनाहरु सकार हुने रहरमा !!! तर त्यो प्रयोग भएको हो भन्ने कुरा त्यति बेला थाहा हुन्छ जतिबेला गोप्य कोठामा बसेर स्वार्थका लेनदेन हुन्छन !! विचारको हिसाबले देश निर्माणको महान अभियानमा कोहि पनि प्रतिपक्षी हुदैन तर आफ्नाले गरेको सबै ठिक अनि अर्काकाले गरेको सबै बेठिक भन्ने परम्परा एकजना सामान्य व्यक्तिको ब्यबस्थापनले अन्त्य हुन्छ ।कहिले सम्म हामी यस्ता बिचारलाइ बिक्नेहरु को पिछलग्गु हुने , सकिन्छ भने आफ्नाको ब्यबस्थापन होइन समग्रताको ब्यबस्थापनका लागी सोच्नु नै सरकार होस् वा प्रतिपक्षी जो सुकै को पनि धर्म हुन आउछ !! अहिले देखिएको एउटा गलत प्रचलन के भने आफ्ना लागी प्रचार अनि आफ्नो गुनगान गर्ने सबै आफन्त अनि जयजयकार नगर्ने सबै पराइ भन्ने नेतृत्वको चेतनालाइ पनि निमित्त्यान्न्य पार्नु पर्ने देखिन्छ !! प्रतिपक्षी नेता होस् वा सत्ता को नेतृत्व होस् हरेक मा देखिएको खराब प्रचलन अन्धभक्त समर्थन अनि जयजयकार यो मानसिकता बाट माथि उठ्नु जरुरी छ !!
फगत हामी प्रयोग हुदै आफ्नै ज्यानको बाजी थाप्दै आजको प्राप्तिको खोजि गरि रह्यौं !!! अर्को महत्वपुर्ण कुरा हाम्रा आयोगहरु मा होस् वा प्राधिकरणमा होस् वा विश्वबिधालयहरु मा भागबण्डा अनि थकित निजामति सेवाको अबकास पछि ब्यबस्थापन गर्ने थलो बन्ने कुराको अन्त्य नै हो !! हामीले देख्यौ आयोगहरु क्षमतामा भन्दा ब्यबस्थापन गर्न भागबण्डाका लागी मात्र बनेको राज्य कोषको दुरुपयोग हो भन्ने लाग्न थालेको छ !! सफल अनि प्रभाबकारी कार्य सम्पादन गर्न जुनसुकै बिचारको व्यक्ति होस् जुन सुकै आस्थाको व्यक्ति होस् क्षमताको आधारमा जिम्मेवारी दिने परम्पराको थालनी गर्न सकेको भए हामीले हासिल गरेको राजनैतिक परिबर्तन बास्तबिक जनहित हुने थियो कि ? अर्को कामले अनुभबी कार्यक्षमतामा निपूर्ण थुप्रै व्यक्तिहरु छन् ।निजामती अनुभबि छन् तर हामीले कस्तो परम्परा को थालनी गर्भयौं भने त्यो मेरो अनि मेरो गुटको आफन्तलाइ जसरि पनि ब्यबस्थापन गर्ने भन्ने सुरुवात भयो त्यसले निम्ताउने परिणाम एकाध बाहेक उपेक्षा गर्यौं भन्ने लाग्छ !! लामो जागिरे जीबनको अनुभबलाइ कार्य सम्पादनमा प्रयोग गर्नु राम्रो तर थकित कार्य अनुभब चाहि नराम्रो !!!त्यसबाट आउने नतिजा पनि परिणाम मुखी नहुने कुरा २०४६ पछिका धेरै नियुक्तिहरुले पुस्टि गरेको छ !! ०७२ को संघिय नेपालको संबिधानको उदेश्य पनि त्यस्तो थिएन र होइन पनि तर हाम्रा नेतृत्वको सोच परिस्थिति अनुसारको मनस्थिति नबन्दाको परिणाम अहिले देखिएका अबस्थाहरु हुन् भन्ने लाग्छ !! अब अर्को बास्तबमै तितो सत्य भनेको झोले परम्परा !!! महत्वपुर्ण पदमा हुने ले आफ्नो बिस्वास पात्रलाई आफ्नो सहयोगीको रुपमा राख्नु राम्रो तर कार्य क्षमताको आधारमा राख्दा आफ्नो कार्य सम्पादन पनि सहज हुने आफ्नो सामाजिक पदिय गरिमा पनि उच्च हुने हुन सक्ने कुरा भुल्न हुदैन २०४६ को परिबर्तनले दिएको लक्ष्य पुरा गर्न बाधक बन्ने तत्वको रुपमा यो देखिन्छ !! अहिले त झन् यो विषम परिस्थितिमा आफ्नाको ब्यबस्थापन जरुरी होला तर आफुले बिस्वास गरेको पात्र कतै बाहिर बार्गेनिंग गरेको छ कि भन्ने कुराले पनि आफ्नो कद घटाउने कुरामा सतर्क हुनु पर्छ !! ऐतिहासिक उपलब्धिको मर्म के हो भने ज्यान जाओस् बचन नजाओस् हो !! जनता समक्ष बाचा गरेका अनि आफ्ना लिखित मार्गदर्शक सिद्धान्तहरु को पालना र कार्यन्वयन गर्नु नै एतिहासिक परिबर्तनका उपलब्धी हुन् ! समाज परिबर्तन भएको छ जनताको चेतनास्तर परिबर्तन भएको छ , सुचना र संचारको पहुच पनि पुगेको छ तर हाम्रो नेतृत्वले जहिले पनि हिजोको जस्तै जनतालाइ भेडा देख्ने चलनको अन्त्य गर्नु पर्छ !! केहि शासकले आफ्नो वरिपरिको साॅंघुरो घेरा तोड्न नसक्नाका कारणले ठुला ठुला उपलब्धीहरु गुमेका इतिहास छन !! जनताको अपेक्षा के हो म र मेरो भूमिकालाइ कसरि हेरेका छन् भन्ने कुरा बुझ्न आफ्नाको दैनिक रिपोर्टिंगलाइ मात्र बिस्वास गर्नु हुदैन अनि मात्र आफ्नो नेतृत्व स्थापित गर्न जनताको अपेक्षा पुरा गर्न सकिन्छ !! असल नेतृत्वले देश अनि अपेक्षाको पुरा गराउने कोसिस गर्दै गर्दा सामान्यतया एक सर्बसाधारण नागरिकको मनमा उठेका बिषय पनि सान्दर्भिक लागे सोच्न अनुरोध छ ,ऐतिहासिक उपलब्धिको रक्षा गर्नु छ भन्ने चेतना हुन्छ भने !! जय होस् !!
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।