पृथ्वी होटल व्यवसायी समितिका उपाध्यक्ष तुलाचनलाई कोरोना संक्रमण


     एभरेस्ट आवाज    
     कार्तिक २४ गते २०७७ मा प्रकाशित




पृथ्वी होटल व्यवसायी समितिका उपाध्यक्ष सूर्य तुलाचनलाई कोरोना संक्रमण भएको छ । उनलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको पृथ्वी होटल व्यवसायी समितिका अध्यक्ष हरिप्रसाद पाण्डेले जानकारी दिए ।

कोरोना संक्रमित तुलाचनको काठमाडौंको ह्याम्स अस्पतालमा उपचार भइरहेको जनाइएको छ । ५ दिनदेखि निमोनियाको आशंकामा उपचार भइरहेकोमा सोमबार कोरोना संक्रमण पुष्टि भएको पाण्डेले जानकारी दिए ।

छोरा डाक्टर भएकाले उनकै निगरानीमा उपचार भइरहेको जनाइएको छ ।

यसैबीच, पृथ्वी होटल व्यवसायी समितिले तुलाचनको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । समितिका अध्यक्ष पाण्डेले तुलाचनको शिघ्र स्वास्थ्य लाभको कामना गरेका हुन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।