
पृथ्वी होटल व्यवसायी समितिका उपाध्यक्ष सूर्य तुलाचनको निधन भएको छ । काठमाडौंको ह्याम्स अस्पतालमा उपचारको क्रममा निधन भएको हो । गत कात्तिक २४ गते निमोनियालेसमेत दुःख दिएपछि थप उपचारका लागि काठमाडौं लगिएको थियो ।
तुलाचनको निमोनिया बिग्रेर निधन भएको पृथ्वी होटल व्यवसायी समितिका अध्यक्ष हरिप्रसाद पाण्डेले जानकारी दिए । ३ दिन अघि नै वित्नु भएको हो, उनले भने, काठमाडौंमै अन्त्येष्टी गरेर परिवार पोखरा फर्किएको छ ।
मुस्ताङको घासा पुख्र्यौली घर भएका स्वर्गिय तुलाचनले महेन्द्रपुलमा होटल न्यू सांग्रिला सञ्चालन गर्दै आएका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।