पत्रकार पौडेलको निधनप्रति मिडिया नेपालद्वारा दुःख व्यक्त


     एभरेस्ट आवाज    
     वैशाख ३० गते २०७८ मा प्रकाशित



वैशाख ३० पोखरा । नेपाल पत्रकार महासंघ कास्कीका सदस्य तथा गण्डकी टेलिभिजनका प्रबन्ध निर्देशक जगन्नाथ पौडेल (गणेश)को निधनप्रति मिडिया नेपाल गण्डकीले दुःख व्यक्त गरेको छ ।

नेपालका गण्डकी प्रदेश अध्यक्ष सूर्य बास्तोलाले आज विज्ञप्ती जारी गर्दै पौडेलको असमाहिक निधनप्रति गहिरो दुःख व्यक्त गरेका हुन् । साथै उनले शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेका छन् ।

साथै उनले विज्ञप्ती मार्फत कोरोना महामारीको यस्तो अवस्थामा संक्रमित भएका सबै सञ्चारकर्मीको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै सुरक्षित भएर कार्यक्षेत्रमा खटिन आम सञ्चारकर्मीलाई अपिल समेत गरेका छन् ।

पोखरा–३३ बागमारा निवासी पौडेलको कोभिड संक्रमणबा कारण बिहीबार बिहान ४१ वर्षको उमेर निधन भएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।