पीसविनद्वारा स्थानीय तहलाई स्वास्थ्य सामग्री हस्तान्तरण


     एभरेस्ट आवाज    
     असार ११ गते २०७८ मा प्रकाशित




पोखरा । प्राकृतिक विपद् तथा जोखिमको समयमा स्थानीय निकायहरुसँग सहकार्य गर्दै आइरहेको संस्था पीसविनले गण्डकी प्रदेशका ४ जिल्लाका स्वास्थ्य शाखाहरुलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । संस्थाले कास्की, लमजुङ, तनहुँ र नवलपुरका १० स्थानीय तहका स्वास्थ्य शाखाहरुलाई कोभिड १९ विरुद्धका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

पीसविनले पीएसआईसंगको साझेदारीमा विभिन्न परिमाणमा डिस्पोजेबल मास्क, एन नाइन्टी फाइभ मास्क, पीपीई सेट, डिस्पोजेलबल ग्लोभ्सलगागतका सामग्री वितरण गरिएको फिल्ड कोअर्डिनेटर प्रतिभा न्यौपानेले बताइन् ।

त्यसरी सामग्री हस्तान्तरण गरिएका स्थानी तहहरुमा पोखरा महानगरपालिका, मध्यनेपाल नगरपालिका, सुन्दरबजार नगरपालिका, बेशीशहर नगरपालिका, म्याग्दे गाउँपालिका, व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, गैंडाकोट नगरपालिका, देवचुली नगरपालिका र कावासोती नगरपालिका रहेका छन् । स्वास्थ्य सामग्री बुझ्दै स्थानीय तहहरुले पीसविनप्रति धन्यवाद ज्ञापन गरेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।