यसपालिको दशैं पनि हुने भो परदेशमै….


     कान्ती गुरुङ श्रेष्ठ ,पोखरा (हाल लण्डन)    
     असाेज २४ गते २०७८ मा प्रकाशित



यसपालिको दशैं पनि हुने भो परदेशमै…

धानको लहलह बाला, सयपत्रीको मिठो सुवाससँगै फेरि यसपालि नि दशैं आयो आमा ।
अर्को वर्षको दशैंमा पक्का आउँछु भन्दा भन्दै धेरै वर्ष वित्यो आमा ।

उन्यु कहिले फुल्ने हो , पैयो कहिले पाक्ने हो भनी मनका चाहना पुरयाएर ।
दशै तपाइहरुका समिपमा मनाउने खै कहिले हो ? आमा ।
जति मेहेनतका पसिना बगाएपनि अझैसम्म पनि सुन फुलेन आमा ।

निधारभरी टिका , कानमा जमरा, आशिर्वाद , नयाँ नोट, नयाँ कपडा ,
सँगै पिङ खेल्दै,

डुल्दै विताएका ति वालापनका मिठा सम्झना सँगाल्दै ,
मनमनै गुन्दै यसपालिको दशै पनि हुने भो परदेशमै ।

पैयो पाक्दा आउँछु भने , उन्यु फुल्दा आउछु भनेँ
आज भोलि भन्दै कति ढाँट्ने यहाँ ।

हजुरहरुको माया र आशिर्वाद शिरमा राख्दै
यसपालि पनि वित्ने भो दशै परदेशमै ।

दुर्गा भवानीले सबैको रक्षा गरुन्।
आमाबाबा लगायत सबैलाई दशैंको मंगलमय शुभकामना ।


कान्ती गुरुङ श्रेष्ठ
पोखरा (हाल लण्डन)


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।