बार्सिलोनाद्धारा मुख्य प्रशिक्षकमा जाभी सार्वजनिक


     एभरेस्ट आवाज    
     कार्तिक २३ गते २०७८ मा प्रकाशित




स्पेनिस फुटबल क्लब बार्सिलोनाले हजारौ दर्शकमाझ जाभी हर्नान्डेजलाई नयाँ मुख्य प्रशिक्षकको रुपमा सार्वजनिक गरेको छ।

नोउ क्याम्पमा सोमबार बार्सिलोनाले मैदानमा उपस्थित हजारौ समर्थकमाझ जाभीलाई प्रस्तुत गरेको हो। ४१ वर्षीय जाभीले बार्सिलोनासँग सन् २०२४ सम्मका लागि सम्झौतामा हस्ताक्षर गरेका छन्।

मैदानमा जाभी क्लबका अध्यक्ष जोआन लापोर्टासँगै देखिएका थिए। जाभीले कतारी क्लब अल–साद छाडेर बार्सिलोना आएका हुन्। जाभीले खेलाडीको रुपमा बार्सिलोनाका लागि १७ वर्ष खेलेका थिए। सन् २०१५ मा बार्सिलोना छाडेका जाभीले क्लबलाई ८ पटक स्पेनिस ला लिगा तथा ४ पटक च्याम्पियन्स लिगको उपाधि जिताएका थिए।

उनले स्पेनलाई सन् २०१० मा विश्वकपको उपाधि दिलाउनुका साथै २ पटक युरोपियन च्याम्पियनसीप समेत जिताएका थिए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।