राष्ट्रिय युवा संघका नेता अधिकारीको ‘केपी ओली’ गीति भिडियो (भिडियो सहित)


     एभरेस्ट आवाज    
     कार्तिक २३ गते २०७९ मा प्रकाशित




पोखरा । राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशका सहः संयोजक बिकास अधिकारीले तयार पारेको चुनाव केन्द्रित ‘केपी ओली’नामक गिति भिडियो सार्वजनिक गरिएको छ ।

नेकपा एमाले जिल्ला कमिटी कास्कीले आयोजना गरेको कार्यकर्ता भेलामा सम्बोधन गर्न पोखरा आएका ओलीले ¥याप– मेटल शैलीमा तयार पारिएको गितको भिडियोलाई आफ्नै हातबाट सार्वजनिक गरेका हुन्।

नेकपा एमाले गण्डकी प्रदेश कमिटी सहरी विकास विभाग सदस्य समेत रहेका युवा नेता अधिकारीले गीतको भिडियो मार्फत मुलधारका राजनीतिक पार्टी प्रति फैलिएको नैरास्वेताका विरुद्धमा सकारात्मक सन्देश सम्प्रेषण गर्ने उदेश्यले केपी ओलीले गरेका राष्ट्रिय काम र परियोजनाहरुलाई पनि सहि सुचना पुगोस् भनेर गितको भिडियो सहित सार्वजनिक गरिएको बताए ।

नेता अधिकारी आफैले अभिनय र स्वर दिएको गीतको भिडियोमा पोखरेली ड्रिल ¥यापर रक्की गुरुङको पनि अभिनय र स्वर रहेको छ । गीतको भिडियोलाई ¥याप–मेटल शैलीमा ओलीले गरेका कामलाई निर्देशन मार्फत अधिकारीले देखाउन खोजेका छन् ।

गीतको भिडियोद्वारा ओलीले गरेका विकास र एमालेले गरेका सकारात्मक खालका कामलाई प्रस्तुत गरिएको निर्देशक अधिकारीले बताए । उनका अनुसार गीतको भिडियोमा राजनीतिक स्थायित्व, विकासका परियोजना, शान्ति स्थापना र भोगोैलिक तथा सास्कृतिक अतिक्रमणका विरुद्ध ओलीले देखाएको साहसलाई साङ्केतिक रुपमा प्रस्तुत गरिएको निर्देशक अधिकारीले बताए ।

गीतमा ओलीले भन्ने गरेका भौगोलिकतामा असमानता भएता पनि सार्वभौमकतामा समानता हुने कुरालाई अग्रेजी शब्द मार्फत ब्यक्त गरिएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।