सनफ्लावर बोर्डिङको ३५ औं वार्षिकोत्सव सम्पन्न


     एभरेस्ट आवाज    
     फागुन ८ गते २०८० मा प्रकाशित




पोखरा । पोखरा–२, अर्चलबोट स्थित सनफ्लावर बोर्डिङ स्कुलको ३५ औं वार्षिकोत्सव, अभिभावक दिवस एवम् पुरस्कार वितरण समारोह सोमवार सम्पन्न भयो ।

समारोहको उद्घाटन गर्दै शिक्षा विकास तथा समन्वय इकाइ कास्की प्रमुख लोकनाथ आचार्यले राष्ट्रलाई माया गर्ने विद्यार्थी एवम् अभिभावक चाहिएको औल्याए ।उनले बाबुनानीलाई बढी माया नदीन अभिभावकलाई सुझाव दिर्दै होहल्ला नगरी प्रगति गर्ने विद्यालयका रुपमा सनफ्लावरलाई चिनाए ।अहिलेका विद्यार्थीमा संस्कारयुक्त शिक्षा अपरिहार्य रहेको तर्क गर्दै प्रमुख आचार्यले शिक्षकलाई प्रविधिमैत्री बन्न सुझाव दिए ।

प्याब्सन केन्द्रीय उपाध्यक्ष कृष्ण केसीले हरेक आमाबुबा नमुना अभिभावक बन्नुपर्ने भन्दै अभिभावककै आचारण विद्यार्थीले अनुशरण गर्ने जनाए । उनले सरकारी नीतिले नेपालको नीजि शिक्षा पिल्सनु परेको दुखेसो पोखे ।

त्यस अवसरमा प्याब्सन कास्की अध्यक्ष मथुराप्रसाद पौडेल, स्कोप कास्की अध्यक्ष डा।महेश्वर पराजुली, विद्यालय निर्देशक दीपक शाह, महानगर शिक्षा अधिकृत कृष्णप्रसाद भण्डारी, अभिभावक सिर्जन भान्छाकार्य, पूर्व विद्यार्थी सिमना थापा मगर, लेखापाल सोमनाथ पौडेल लगायतले पनि धारणा राखे ।

कार्यक्रमका बीच दीर्घ सेवाबाट प्रधानाध्यापक अमरमाइकल गुरुङ, सहायक प्रधानाध्यापक दिलीप देवकोटा, लेखापाल सोमनाथ पौडेल, शिक्षकहरु पवित्रा राना थापामगर, सचिन पाण्डे, प्रज्ञात तिमिल्सीना, सह–लेखापाल सुनिताकुमारी ठकुरी, नृत्य निर्देशक युवराज गुरुङ नगद, दोसल्ला र सम्मानपत्रले सम्मानित भए ।

त्यस्तै एसइईमा उत्कृष्ट जिपीए ल्याउने सिमना थापा, कक्षा ८ टपर सफल परियार, विद्यालय सर्वोत्कृष्ट हुन सफल अनिसा खनाल ९सिनियरतर्फ० र दीपिका क्षत्री ९जुनियरतर्फ० पुरस्कृत भए । त्यस्तै ०७९ सालका शैक्षिक तथा अतिरिक्त क्रियाकलाप एवम् जिल्लास्तरमा भएका विभिन्न प्रतियोगिताका विजयी विद्यार्थीलाई पुरस्कृत गरियो।

प्रधानाध्यापक अमरमाइकल गुरुङले विद्यालय हरतरहले शैक्षिक विकासमा लागि परेको स्पष्ट पार्दै शिक्षाको गुणात्मक सुधारमा ध्यान दिइरहेका औँल्याए ।आधुनिक पद्धतिको विज्ञान प्रयोगशाला तथा परियोजना निर्माणलाई प्रस्तावित कार्यक्रमका रुपमा उनले सुनाए ।

त्यस अवसरमा विद्यार्थीहरुले सचेतनामूलक नाटक (पाठशाला), सामूहिक एवम् एकल नृत्य, थकाली नृत्य, बाल गीत, भेषभुषा लगायत प्रर्दशन गरे ।

निर्देशक शाहको अध्यक्षतामा भएको उक्त कार्यक्रममा लेखापाल पौडेल, विद्यार्थीद्वय विनोद बुढा र कृतिका बुढाथोकीले स्वागत तथा सहायक प्रधानाध्यापक दिलीप देवकोटा, शिक्षकहरु कविन सापकोटा, सुनिल सुवेदी, विद्यार्थीहरु प्रस्ताव पौडेल, समष्टि पौडेल र अनिसा खनालले संयुक्त रुपमा कार्यक्रम संचालन गरे ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।