वैशाख ४ पोखरा । १२ औं राष्ट्रिय हेमजा आलु महोत्सवमा मंगलवारसम्म रु.३० लाखको आलु बिक्री भएको छ । यही चैत २५ गतेदेखि सुरु महोत्सवमा प्रतिकेजी रु.४० मा आलुको कारोवार भइरहेको छ ।
मंगलबारसम्म ७० हजार दर्शक बढीले महोत्सव अवलोकन गरेकोमा कुल ३ हजार २ सय १५ घरपरिवारले आलु खरिद गरी लगेको कृषि उपज व्यवस्थापन उपसमितिका संयोजक जयराम तिम्सिनाले जानकारी दिए ।
उनले कास्की, स्याङजा, चितवन, बुटबल, बाग्लुङ, तनहुँ लगायत काठमाण्डौबाट समेत मानिसहरु आलु खरिद गर्न आएको पनि सुनाए।जसअनुसार हालसम्म प्रति घरपरिवारले न्यूनत्तम ५ किलोग्रामदेखि अधिकत्तम ३ सय किलोग्रामसम्म आलु खरिद गरी लगेका छन् । ग्राहकले हेमजामा फलेको आलु स्वादिलो, छिटो पाक्ने तथा स्वास्थ्यकर मानि बढी खरिद गर्ने गरेको उनको भनाई छ ।
महोत्सवमा मंगलवार, उद्घाटनको दिन चैत २५ गते आयोजित झाँकी ¥यालीको नजिता पनि सुनाइएको छ । जसअनुसार माछापुच्छे« सेवा समाज पहिलो हुँदै रु.१० हजार र प्रमाणपत्र पुरस्कार पाएको छ ।
उक्त ¥यालीमा हेमजा नेवा खलको समूह दोस्रो, पोखरा महानगरपालिका स्थित सामुदायिक महिला स्वास्थ्य स्वयमको समूह तेस्रो तथा नवजागर बाल समूह तथा धौलागिरी हेमजा मगर समाज सान्त्वना भए । द्वितीय, तृतीय र सान्त्वना भएसँगै ति समूहहरुले क्रमश ७ हजार, ५ हजार तथा ३ हजार साथै प्रमाणपत्रमा चित्त बुझाए ।
पुरस्कार वितरण गर्दै गण्डकी प्रदेशका मन्त्री राविज गुरुङले कृषि उपजका नाममा महोत्सव गरिनु आफैमा महत्वपूर्ण रहेको बताउँदै त्यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । म मनाङको मान्छेः आलु खाँदै हुर्केको हो, आज यहाँ पनि आलुका परिकार खान पाए, खुशी छु । आगामी दिनमा हुने यस किसिमका महोत्सवमा प्रदेश सरकारको पनि साथ रहन्छ मन्त्री गुरुङले भने ।
यस्तै मंगलवार महोत्सवमा कलाकारहरु कुलेन्द्र विश्वकर्मा, सुरेशरमण अधिकारी, कृष्ण गुरुङ, सरिता सारु, गगन गुरुङ, सुभद्रा श्रेष्ठ, परशुराम अधिकारी लगायत लक्ष्य व्याण्डका प्रस्तुतिहरु रहे ।
त्यस्तै महोत्सवमा आलु लगायत अन्य सामग्री समेत गरी हालसम्म साढे ३ करोडको कारोवार भएको मूल आयोजक समितिका महासचिव वसन्तकुमार श्रेष्ठको भनाई छ ।
महोत्सवको आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार प्रदर्शन, माटो र बोटबिरुवाको परीक्षण तथा रोगको निदान, कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, कृषि विज्ञ र किसानबीच अन्तक्र्रिया, विभिन्न कृषि उपज, बिउबिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी, कृषक सम्मान तथा पुरस्कार, रत्यौली गीत प्रतियोगिता, हास्य व्यङग्य एवम् लाइभ पप कन्सर्ट लगायत रहेका छन् ।
महोत्सव एक समारोहका बीच भोलि सकिदै छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।