पोखरा । नेपाल राष्ट्रिय शिक्षक संगठन माछापुच्छ्रे गाउँपालिकामा मार्च टु लोकल लेबल २०२४ कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
सांगठनिक सुदृढीकण तथा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समितिको विशेष अभियान अन्तर्गत प्रदेश र जिल्ला स्तरका अभिमुखीकण तथा प्रशिक्षणपछि कास्कीका पाँच वटै स्थानीय पालिकाहरुमा सो कार्यक्रम गरिएको हो ।
कार्यक्रमको नेपाल राष्ट्रिय शिक्षक संगठन गण्डकी प्रदेश समिति सदस्य उमनाथ गौतमले व्यानर पढेर उद्घाटन गरेका थिए । उनले शिक्षक सबैभन्दा पहिले आफ्नो कार्यक्षेत्रमा अब्बल हुनुपर्ने बताउँदै कर्तव्य पूरा गरेपछि मात्र अधिकारको कुरा आउने बताए । संगठनले देशैभर सो कार्यक्रम गरिरहेको र शिक्षकहरुलाई एकजुट बनाउने अभियानमा लागेको बताउँदै कार्यक्रमको सफलताको शुभकामना दिए ।
कार्यक्रमका मुख्य प्रशिक्षक नेराशिसं कास्कीका सहसचिव तथा माछापुच्छ्रेगापाका इन्चार्ज जुना थापाले नेपाल राष्ट्रिय शिक्षक संगठनको इतिहास, संगठनको आवश्यकता, शिक्षक आन्दोलनका उपलब्धि, संगठन विस्तार र सुदृढीकरणका चुनौती र रणनीति, राज्य र स्थानीय पालिकाले शिक्षकलाई हेर्ने नजर, अहिले पोखरामा सुरुवात गर्न थालिएको दरबन्दी मिलान र यसको औचित्य, शिक्षक महासंघको वैधानिकता र महासंघ गठन प्रक्रियामा नेपाल राष्ट्रिय शिक्षक संगठनको असहमति, कारण र धारणालगायतका विषयमा प्रशिक्षण दिइन् ।
नेराशिसं माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद चापागाईँको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन उपाध्यक्ष जित क्षेत्रीले गरेको कार्यक्रममा नेराशिसं गण्डकी प्रदेश प्रतिनिधि तथा माछापुच्छे गापाका पूर्व अध्यक्ष मातृका आचार्य, शिक्षक हित बचत तथा ऋण सहकारी संस्था पोखराका कोषाध्यक्ष पुरुषोत्तम लामिछाने र सहकारी सदस्य केशव ढकालको उपस्थिति रहेको थियो ।
कार्यक्रममा यस वर्षको माछापुच्छ्रे गाउँपालिकाले गर्ने सांगठनिक कार्ययोजना निर्माण गरी विभागीय जिम्मेवारी स्वरुप सहकारी संयोजक उपाध्यक्ष जित क्षेत्रीलाई प्रदान गरेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।