भैरवीलाई सिद्धार्थ क्लवको सहयोग


     एभरेस्ट आवाज    
     जेठ २० गते २०८१ मा प्रकाशित




जेठ २० पोखरा । सिद्धार्थ क्लब पोखराले कास्कीको रुपा गाउँपालिकाको एक आधारभुत विद्यालयलाई विद्यालय पोशाक तथा स्टेशनरी सामाग्री वितरण गरेको छ । आइतबार क्लवले वडा नम्वर ५ स्थित भैरवी आधारभूत विध्यालयलाई उक्त सामाग्री वितरण गरेको हो ।

विद्यालयका २८ जना विद्यार्थीका लागि विद्यालय पोशाक तथा आवश्यक स्टेश्नरी सामाग्री वितरण गरेको क्लवले जनाएको छ ।

कार्यक्रमको रुपा–५ का वडाध्यक्ष राजन खनालले उद्घाटन गरे । सो अबसरमा बोल्दै वडाध्यक्ष खनालले सामुदायिक विद्यालयप्रति सबैले अपनत्व महशुस गर्न आग्रह गरे । सामुदायिक विद्यालयमा नै आफ्ना बालबालिका पढाउन उनले अनुरोध गरे ।

कार्यक्रममा सिद्धार्थ क्लबका अध्यक्ष ईन्दिरा मर्सानी श्रेष्ठले क्लबको कार्यक्रमले विद्यालयमा विद्यार्थीहरुको नियमितता र भर्नादरमा बृद्धी हुनका साथै गुणस्तरीय शिक्षा प्राप्तिमा सहयोग हुने विश्वाश व्यक्त गरिन् ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केयर सिंह गुरुंङ, प्रधानाध्यापक श्याम कुमार श्रेष्ठले विद्यालयलाई गरेको सहयोगप्रति आभार व्यक्त गरे ।

उक्त पोशाक तथा स्टेस्नरी क्लवका सचिव विनोद प्रसाद श्रेष्ठ र समाजसेवी मन्दिरा श्रेष्ठको परिवारबाट सौजन्य प्राप्त गरि वितरण गरिएको क्लवका निर्देशक रवि मर्सानीले जानकरी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।