
पोखरा । कोलाव्रेटिभ एजुकेश्नल पार्टनरशिप कास्कीको आयोजनामा विश्व वातावरण दिवसको अवसरमा मा.वि.स्तरीय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ ।
बुधबार भएको प्रतियोगितामा बालकल्याण मा.वि. कृति गुरुङ प्रथम भएकी छन् । हावार्ड मा.वि.का तेजेस सुनार द्वितिय, तृतिय बाल प्रभात मा.वि.का आकांक्षा खड्का र सान्तवना हिल प्वान्इन्ट मा.वि.का सुजता गुरुङ भएको कार्यक्रम संयोजक हिल प्वाइन्ट मा.वि.का संस्थापक प्राचार्य दिवाकर जैसीले जानकरी दिए ।
बालकल्याण मा.वि.का प्राचार्य षडानन्द गौतमको अध्यक्षतामा भएको कार्यक्रममा सोसल पब्लिक मा.वि.का संस्थापक खिमबहादुर गुरुङ, प्रतियोगिताका निर्णायक हरि जोजीजु, हिल प्वाइन्ट मा.वि.का सह–प्राचार्य गंगाराम पौडेल लगायतले बोलेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।