पोखरा । सिद्दि सेतुली स्मृति प्रतिष्ठान पोखराको शनिबार १८ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाको उद्घाटन गर्दै सम्मानित ज्येष्ठ सदस्य प्रेमप्रसाद अधिकारीले संस्था बालिग भएको भन्दै अझ जिम्मेवार भएर जनउपयोगि कार्य गर्न सुझाब दिए ।
साधारण सभाले सचिब इन्द्रकमल मानन्धरले प्रस्तुत गरेको बार्षिक प्रगति प्रतिबेदन, कोषाध्यक्ष गोबिन्द ताम्राकारले प्रस्तुत गरेको बार्षिय आय व्यय बिबरणसहित प्रतिष्ठानलाई समसामयिक बनाउन प्रस्ताब गरिएको बिधान संशोधन सर्वसम्मत पारित गरिएको थियो ।
साधारण सभामा संस्थापक संरक्षक बिश्वरत्न शाक्यले संस्था एक बिशुद्द सामाजिक संस्था भएकोले यसले बालबालिका, महिला र ज्येष्ठ नागरिकको क्षेत्रमा निशर्त र निस्वार्थ रुपमा आफ्नै ढंगले कार्य गरिरहेको बताए । उनले युवाहरुको नेतृत्व र सामिहिक पहलमा प्रतिष्ठानले थप संस्थागत स्वरुप र उपलब्धि हासिल गर्ने बिश्वास ब्यक्त गरे ।
प्रतिष्ठानका पूर्व अध्यक्ष नागरिक समाज कास्कीका संयोजक नरेन्द्रमान लालचन, बिशिष्ट सदस्य कृषि बैज्ञानिक डा. अनिल सुबेदी, शुभचिन्तक दुर्गा केसी थापा लगायतले सुझाब दिदै थप सफलताकालागि शुभकामना ब्यक्त गरे ।
प्रतिष्ठानका अध्यक्ष दीपेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको साधारण सभामा सह सचिब लोकदर्शन कोइरालाले स्वागत र सचिब इन्द्रकमल मानन्धरले सञ्चालन गरेका थिए ।
प्रतिष्ठानले छात्रवृत्ति बितरणकालागि रु १ करोडको मुद्दती खाता खोलि अक्षय कोष स्थापना गरेको छ । कक्षा १ देखि १० सम्मका १०८ जना बिद्यार्थीलाई शैक्षिक सामग्री तथा कक्षा ११ र १२ का ४६ जना बिद्यार्थीलाई नगद छात्रवृत्ति यहि भाद्र १७ गते एक कार्यक्रमको आयोजना गरि वितरण गरिने प्रतिष्ठानका संस्थापक संरक्षक बिश्व शाक्यले जनाए । प्रतिष्ठानले बिभिन्न मापदण्डका आधारमा छानिएका सामुदायिक बिद्यालयहरु कन्या मा।वि। नदीपुर, कन्या क्याम्पस, नदीपुर, ज्ञानभूमि आधारभूत विद्यालय, महेन्द्र उच्च मावि, नयाँबजार, नवप्रभात सेकेण्डरी स्कूल, कुँडहर आधारभूत विद्यालय, अमरसिंहमावि, सिर्जना बहिरा माध्यमिक विद्यालय लेखनाथ, सिद्दार्थ आधारभुत बिद्यालय आर्वा र बालमन्दिर नदीपुरमा अध्ययनरत अपांगता, दलित, अल्पसंख्यकसहित जेहेन्दार र बिपन्न बर्गका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ ।
प्रतिष्ठानले शैक्षिक सामग्री ९कपी, ड्रईङ, कपी, पेन्सिल, डटपेन, ज्योमेट्री बक्स, ईरेजर, पेन्सिल कटर, क्रेन कलर, स्कुल व्याग०, नगद छात्रवृत्ति ९कक्षा ११ र १२ मा अध्ययनरत छनौट भएका प्रत्येक बिद्यार्थीलाई बार्षिक रु ६,०००/- र ज्ञानभुमि शान्तरत्न जेहेन्दार छात्रवृत्ति वार्षिक परीक्षामा सर्वोकृष्ट अङ्क ल्याउने ज्ञानभूमि मा.वि.का आधारभुत (प्राथमिक, नि. माध्यमिक र माध्यमिक तहका एक एक छात्र र छात्रालाई तह अनुसार रू १ हजार, २ हजार र ३ हजार गरी कुल १२ हजार) गरि ३ प्रकारका छात्रवृत्ति १५४ जना बिद्यार्थीहरुलाई प्रदान गर्दै आइरहेको शाक्यले बताए ।
मापदण्ड पूरा गरेका छात्रा छात्रहरूले आवश्यक कागजात र बिद्यालयको सिफारिससहित प्रतिष्ठानमा आवेदन दिएपछि छात्रवृत्तिका लागि नाम छनोट गरिने प्रतिष्ठानका सचिब इन्द्रकमल मानन्धरले बताए । छात्रवृत्ति छात्र र छात्राको अनुपात बराबर हुने गरिने र एक पटक छानिएका बिद्यार्थीलाई बिद्यालय छोडे वा अन्तिम परीक्षामा अनुत्तिर्ण भएको अवश्था बाहेक सो बिद्यालयमा कक्षा १२ सम्म अध्ययन गरिन्जेल निरन्तर छात्रबृत्ति सुबिधा प्रदान गरिने प्रतिष्ठानका उपाध्यक्ष प्रमिला तझ्याले बताइन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।