
पोखरा ।
‘अस्तीसम्म कुरो थ्यो म आउनी
आज भने निश्चित भो नआउनी
दशै आउँछ किन
परदेशीलाई अनि घरदेशीलाईपनि
पिडा मात्रै दिन…………’
यो अंश हो सर्जक दीपक अर्यालको भर्खरै दशैको छेको पारेर सार्वजनिक गरिएको नयाँ दशै गित ‘पार्सल’ को । प्रदेशीले घर परिवारसँगै बसेर दशै मनाउन छुट्टि नपाउँदा श्रीमान्– श्रीमतिविचको वार्तालपलाई सर्जक अर्यालको शब्द, लोक तथा दोहोरी गायक विष्णु खत्री र देवी घर्तिमगरको स्वरमा निकै मर्मस्पर्शी शैलीमा प्रस्तुत गरिएको छ । ‘पार्सल’मा गायक खत्रीको लय रहेको छ ।
दशैमा आफ्नो श्रीमान्सँगै बसेर टिका लगाउने दिन गनेर बसेकी श्रीमतीले यस वर्षपनि श्रीमान् नआउने खबर सुनेपछि उनले श्रीमान्लाई ‘मन बुझाउने सानुकै पार्सल भो, सँगै टिका नला’कै चार साल भो….’ वार्तालापबाट गित शुरु भएको छ ।
निक्कै मर्मस्पर्शी संवादमा आधारित गित सर्जक स्वयम् दीपक अर्यालको यूट्यूव च्यानल ‘दीपक अर्याल अफिसियल’ मार्फत सार्वजनिक गरिएको छ ।
गितमा संगित संयोजन विनोद बाजुरालीले गरेका छन् । सागर बाजुराली र गोविन्द पराजुलीले रेर्कर्ड गरेको गितको स्वर सम्पादन राजेन्द्र बाजुराली र ध्वनी मिश्रण खडक बाजुरालीले गरेका हुन् ।
निशान बानियाँको कथा तथा निर्देशनमा तयार पारिएको म्यूजिक भिडियोमा ओबी रायमाझी, सदिक्षा क्षत्री, स्वरुप पाठकको अभिनय रहेको छ ।
सुरेश श्रेष्ठले छायाङ्कन गरेको म्यूजिक भिडियोको सम्पादन सुजन कोइरालाले गरेका हुन् ।
सार्वजनिक गितलाई यो समाचार तयार पार्दासम्म २६ हजार बढी पटक यूट्यूवमा हेरिएको छ भने भिडियो सेयरिङ एप्लिकेशन ‘टिकटक’ र ‘रिल्स्’मा पनि अत्याधिक रुचाइएको छ ।
अर्यालका यसअघि ‘भंगेरी चरी’ (तीज गित), ‘आउन आमा आउ’ लगायतका गितहरु सार्वजनिक भइसकेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।