गाजामा पाँच लाखभन्दा बढी बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइयो


     एभरेस्ट आवाज    
     कार्तिक २२ गते २०८१ मा प्रकाशित




जारी युद्धको बावजुद गाजामा पोलियो खोप अभियान पूरा भएको छ । अभियान अन्तर्गत पाँच लाखभन्दा बढी प्यालेस्टिनी बालबालिकाहरूलाई खोप लगाएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

विश्व स्वास्थ्य सङ्गठन ९डब्ल्यूएचओ० र संयुक्त राष्ट्र बाल कोष (युनिसेफ) ले एक संयुक्त विज्ञप्तिमा गाजा पट्टीमा पोलियो खोप अभियानको दोस्रो चरण पूरा भएको पुष्टि गरेका छन् । अभियान अन्तर्गतमा दश वर्ष मुनिका पाँचलाख ५६ हजार ७७४बच्चाहरूलाई पोलियो खोपको दोस्रो मात्रा दिइएको छ ।

अनुमानित सात हजारदेखि दश हजार बालबालिका दुर्गम क्षेत्रहरूमा खोप लगाउन बाँकी रहेको र उनीहरू पोलियो भाइरसको जोखिममा रहेको जनाइएको छ ।

सेप्टेम्बर १–१२ सम्म लागू गरिएको खोपको पहिलो चरणमा पाँच लाख ५९ हजार १६१ वा ९५ प्रतिशत बालबालिकालाई खोप लगाइएको थियो । अक्टोबर १४ देखि गाजामा खोपको दोस्रो चरण निर्धारण गरिएपनि आक्रमणको तीव्रताका कारण सबै बच्चाहरूको पहुँचमा भने पुग्न नसकिएको युनिसेफले जनाएको छ ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।