निलगिरीका अधिकारी र त्रिपाठीलाई आर्जना स्मृति पुरस्कार


     एभरेस्ट आवाज    
     मंसिर १६ गते २०८१ मा प्रकाशित




पोखरा । यस वर्षको आर्जना स्मृति अक्षय कोषबाट एञ्जल अधिकारी र नायन त्रिपाठी नगद सहित पुरस्कृत भएका छन् ।

पोखराको न्यूरोडस्थित निलगिरी बोर्डिङ स्कुलबाट गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा उत्कृष्ठ अंक ल्याउन सफल अधिकारी र त्रिपाठीलाई शनिबार एक कार्यक्रमका विच पुरस्कृत गरिएको हो ।

शनिबार विद्यालयको सम्पन्न ३६ औं वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा उनीहरुलाई नगद १० हजार १११ रुपैयाँसहित उनीहरुलाई शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्य, विद्यालयका प्रिन्सिपल कोषबहादुर गुरुङ, अक्षयकोषका संरक्षक द्वय दीलिप दोषी र निरा श्रेष्ठले पुरस्कृत गरेको संरक्षक दोषीले जानकारी दिए ।

२०६९ सालमा सेती बाढीमा परि निधन भएकी छोरी आर्जनाको स्मृतिमा दोषी परिवारले अक्षयकोषको स्थापना गरि हरेक वर्षको एईई परीक्षामा उत्कृष्ठ अंक ल्याउने छात्र छात्रालाई नगदसहित पुरस्कृत गर्दै आइरहेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।