हिसान गण्डकीको अध्यक्ष शर्मा निर्विरोध निर्वाचित


     एभरेस्ट आवाज    
     मंसिर ३० गते २०८१ मा प्रकाशित




पोखरा, मंसिर ३०

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) गण्डकी प्रदेशको दोस्रो अधिवेशनले डा.रामजी शर्माको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको छ । हिसान गण्डकी प्रदेशको हालै सम्पन्न अधिवेशनले कास्कीका शर्मालाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो ।

हिसान गण्डकीको बरिष्ठ उपाध्यक्षमा छविलाल कंडेल ( नवलपुर), उपाध्यक्षमा बालकृष्ण शर्मा (बागलुङ), सचिवमा डिल्लीराम अधिकारी (कास्की), कोषाध्यक्षमा टुवराज बास्तोला (कास्की), सह सचिवमा अशोक शाही (कास्की) र सह–कोषाध्यक्षमा दीपक शर्मा मरासिनी (स्याङ्जा)लाई चयन गरेको छ ।

त्यस्तै, सदस्यहरुमा लक्ष्मण कँडेल (नवलपुर), पम्फा गुरुङ (कास्की), सुदर्शनकुमार श्रेष्ठ ( म्याग्दी), विशेश्वर आचार्य (कास्की), नारायण न्यौपाने (कास्की) र अर्जुनप्रसाद पाण्डे (कास्की)लाई चयन गरेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।