
पोखरा । रोटरी क्लब अफ पोखरा लेकसाइडले पोखरा महानगरपालिका वडा नं. २१ मा रहेको युवा वर्ष आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि स्वेटर, सर्ट र पाइन्ट बितरण गरेको छ ।
विद्यालयमा आयोजित एक कार्यक्रमका बीच क्लवका अध्यक्ष उपेन्द्र अधिकारीले ति सामाग्रीहरु विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा पोखरा महानगरपालिका वडा नं. २१ का अध्यक्ष दिपकप्रसाद सुवेदीलाई हस्तान्तरण गरे । कार्यक्रममा बोल्दै क्लवका अध्यक्ष अधिकारीले आफ्नो व्यक्तिगत खर्चबाट विद्यार्थीहरुलाई जुत्ता समेत सहयोग गर्ने घोषणा गरे ।
कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा अध्यक्ष सुवेदीले सहयोग दाताहरुलाई धन्यवाद दिँदै आगामी दिनहरुमा पनि यस्ता सहयोगमा निरन्तरता दिन अनुरोध गरे । विद्यालयका पूर्व विद्यार्थी महेश्वर भण्डारीले विभिन्न सहयोगी दाताहरुको खोजी गर्ने क्रममा क्लवले सहयोगको अनुरोध स्विकार गरेकोमा खुसी व्यक्त गरे ।
विद्यालयसँग समन्वय गर्दै हाल विद्यालयमा रहेका विद्यार्थीहरुको आवश्यकता अनुरुप नै सहयोग गरिएको कार्यक्रम संयोजक तथा क्लवका सचिव सुवास मल्लले बताउनुभयो ।
क्लबले करिब ५० हजार बराबरको सामाग्रीहरु हस्तान्तरण गरेको क्लवका कोषाध्यक्ष आमोद कोइरालाले जानकारी गराए । सो कार्यका लागि क्लवले आफ्नो कोष र महेन्द्रपुलस्थित मथुरा साहुको पसलबाट सहयोग रकम जुटाएको क्लवका आगामी वर्षका अध्यक्ष ई. राजेन्द्र लिगलले जनाए ।
कार्यक्रम विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद पहारीको सञ्चालन तथा विद्यालयका शिक्षक, शिक्षिकाहरु, विद्यार्थीहरु तथा व्यवस्थापन समितिका सदस्यहरुको सहभागितामा सम्पन्न भएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।