मेट्रोपोलिटन एकेडेमीमा मनाइयो सहिद दिवस


     एभरेस्ट आवाज    
     माघ १६ गते २०८१ मा प्रकाशित




माघ १६ पोखरा । पोखराको रामघाटस्थित मेट्रोपोलिटन एकेडेमीमा सहिद दिवस मनाइएको छ । मंगलबार सहिद दिवसको अवसरमा विद्यालयमा एक कार्यक्रमका विच दिवस मनाइएको हो ।

विद्यालयका प्राचार्य गोविन्द प्रसाद सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका संस्थापक अनिता तिमिल्सिना, बिद्यालय निरिक्षक इन्द्रराज बराल, सम्पूर्ण शिक्षक ,कर्मचारी विद्यार्थीले, सहिदको तस्बिरमा माल्यार्पण गरेका थिए ।

सो अवसरमा प्राचार्य सुवेदीले भविष्यमा संसारको जुनसुकै क्षेत्रमा काम गरेपनि सहिदको वलिदानिको अवमूल्यन नगरिकन इमानदार र नैतिकवान बनेर देशको सेवा गर्न आग्रह गरे ।

विद्यार्थीहरुले सहिदको परिचय, महत्व र सार्थकता, सहिदको सपना ४ सहिदहरुको जीवनीका साथै कवि भुपी शेरचनको सहिदको सम्झना कविता वाचन गरेका थिए ।

कक्षा ९ कि छात्रा कृतिका तिमिल्सिना सञ्चालन गरेको कार्यक्रममा सहिद दिवसको महत्त्व र सान्दर्भिकताका बारेमा सोफिया गुरुङ, सहिदको जीवनी संजल पौडेल, सनिज बस्यौला, अश्विन पौडेल र बिजय पौडेलले प्रस्तुत गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।