दशैं बिदा सकिए लगत्तै सरकारी कार्यालयहरूमा चहलपहल,गण्डकीमा भने सुनसान


     एभरेस्ट आवाज    
     असाेज २० गते २०८२ मा प्रकाशित




नेपालीहरूको महान पर्व बडादशैंको बिदा सकिए लगत्तै देशका सरकारी कार्यालयहरूमा चहलपहल सुरु भएको छ ।

सिंहदरबारसहित देशका विभिन्न सरकारी कार्यालयहरुमा चहलपहल सुरु भएको हो । यस वर्ष असोज १६ गते दशैंको टीका रहेको थियो । त्यसपछिका पाँच दिन कोजाग्रत पूर्णिमा (आज) सम्म दशैंको टीका लगाउने गरिन्छ । फूलपातीदेखि द्वादशीसम्म सरकारले सार्वजनिक बिदा दिएको थियो । दशैंको बिदा सकिएसँगै सरकारी कार्यालयहरुमा कर्मचारीहरुको चहलपहल देखिएकोे हो ।सिंहदरबारमा पनि कर्मचारीहरु आएर आफ्नो काम सुरु गरेका छन् । दशैंमा सुनसान बनेको सिंहदरबारमा आजदेखि चहलपहल बढेको छ ।

यता गण्डकीमा भने आज सार्वजनिक बिदा परेका कारण सरकारी कार्यालय भने सुनसान नै रहे । प्रदेश सरकारले हरेक वर्ष कोजाग्रत पूर्णिमाको दिन बिदा दिँदै आएको छ। सोहीअनुसार आज बिदा दिइएको हो । गत चैत १२ गतेको प्रदेश राजपत्रमा कोजाग्रत पूर्णिमा सहित २०८२ सालको बिदा तोकेको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।