दर्शकका माझमा आयो चलचित्र ‘हर्ष’


     एभरेस्ट आवाज    
     मंसिर १२ गते २०८२ मा प्रकाशित




शुक्रबारदेखि एकता पौडेलको डेव्यु निर्देशनमा बनेको नेपाली चलचित्र ‘हर्ष’ प्रदर्शनमा आएको छ।

पारिवारिक कथालाई केन्द्रमा राखेर निर्माण भएको हर्षले देशभर करिब १०० शो पाएको छ । चलचित्रमा खगेन्द्र र वर्षासहित निर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन, सिर्जना नापित र बालकलाकार साइमन वादीको अभिनय छ।

अष्टलक्ष्मी प्रोडक्सन्स् र ई प्राईम मुभिजको ब्यानरमा निर्माण भएको चलचित्रको कथा स्वयं निर्देशक पौडेलको हो। चलचित्रको बुधबार प्रिमियर शो गरिएको थियो ।प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया पाएको चलचित्रले दर्शकबाट पनि राम्रो प्रतिक्रिया पाउने अपेक्षा निर्माण युनिटको छ । निर्देशक पौडेल पुराना निर्देशक शिव रेग्मीकी भान्जी हुन्।

न्यूयोर्क फिल्म एकेडेमीमा सिनेमा मेकिङ अध्ययन तथा आमसञ्चारमा स्नातक र व्यवस्थापन तथा नेतृत्व विषयमा स्नातकोत्तर गरेकी निर्देशक पौडेलले यसअघि केही छोटा चलचित्रमा समेत निर्माण गरेकी छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।