स्वतन्त्र पत्रकार संघ नेपाल कास्कीको अध्यक्षमा डिल्लीराम काफ्ले चयन भएका छन् ।
संघको आज पोखरामा भएको सातौं अधिवेशनले काफ्लेको अध्यक्षतामा ९ सदस्यीय समिति निर्विरोध चयन गरेको हो । संघको उपाध्यक्षमा शिशिर उजाड, सचिवमा मदनराज जैसीं, सहसचिवमा रामकृष्ण अधिकारी र कोषाध्यक्षमा गणेशबज्र लामा चयन भए । सदस्यमा भोजराज उपाध्याय,दुर्गादेवी बास्तोला,मानबहादुर थापा र रामचन्द्र लामिछाने छन् । दुर्गा बहादुर शाह संयोजकत्वमा शिवप्रसाद गौतम र अभिमन्युविक्रम राणा सदस्य रहेको निर्वाचन मण्डलले सो समिति चयन गरेको थियो । यसअघि अधिवेशनको उद्घाटन गर्दै मानव अधिकार संरक्षण मञ्च नेपालका पुर्व अध्यक्ष नवदत्त उपाध्याय ढुगांनाले हरेक क्षेत्रमा दलिय राजनिती प्रवेश गरेकाले, राज्यका सबै निकाय कमजोर बन्न पुगेको बताए ।
उनले विषम परिस्थीतीमा स्वतन्त्र पत्रकारको खबरदारी आवश्यक रहेको बताए । बरिष्ठ अधिवक्ता तिलक पराजुलीले देशमा व्यवस्था परिवर्तन भए पनि नागरिकको अवस्था परिवर्तन हुन नसकेको स्पष्ट पारे । संघका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले दलिय पत्रकारका कारण देशले बिभिन्न कालखण्डमा समस्या भोग्दै आएको बताए । संघ कास्कीका अध्यक्ष कृष्णबहादुर रानाभाटको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा पत्रकार महासंघ कास्कीका संस्थापक अध्यक्ष उमाकान्त शर्मा, अग्रज पत्रकार नारायण कार्कीलगायतले विचार भन्दा माथि देश रहेकाले स्वतन्त्र पत्रकारिताको महत्व झनै बढेको बताए । कार्यक्रममा लेखक शिवप्रसाद गौतमले संघलाई आर्थिक सहयोग प्रदान गरे ।
अध्यक्ष रानाभाटले बार्षिक प्रतिवेदन प्रस्तुत गरेको सभामा स्वागत केन्द्रीय पार्षद सागर कार्की, धन्यवाद उपाध्यक्ष डिल्लीराम काफ्ले र संचालन सहसचिव शिशिर उजाडले गरेका थिए । नवनिर्वाचित कार्य समितिलाई निर्वाचन मण्डलका संयोजक दुर्गा शाह बाबा, सदस्य शिवप्रसाद गौतम, संघका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोला, संघ कास्कीका पुर्व अध्यक्ष कृष्ण थापा लगायतले स्वतन्त्र पत्रकारिताको पक्षमा सशक्त आवाज उठाउन सुझाव दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, पुस २९ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्दा श्रेष्ठले…






