पोखराको बाटुलेचौरमा आयोजित रक्तदान कार्यक्रममा ३६ युनिट रगत संकलन भएको छ ।
विन्ध्यवासिनी माविको ७९ औं बार्षिकोत्सव एवं अभिभावक दिवसको पुर्व सन्ध्यामा विद्यालयले आज आयोजना गरेको छैटौं संस्करणको कार्यक्रमबाट ३६ युनिट रगत संकलन भएको सुचना अधिकारी नविन अधिकारीले जानकारी दिए । कार्यक्रमको विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष चन्द्रा अधिकारी थापाले पहिलो रक्तदाता रामबहादुर बानियाँलाई ब्लड व्याग हस्तान्तरण गरी उद्घाटन गरिन् ।बानियाँले ५८ औं पटक रक्तदान गरेका हुन् ।प्रमुख अतिथी थापाले प्रत्येक तीन तीन महिनामा रक्तदान गर्दा शरिर स्वस्थ हुने बताउँदै, मानव जीवनको पुण्य काम नै रक्तदान भएको बताईन् ।
कार्यक्रममा प्रधानाध्यापक कृष्ण प्रसाद आचार्य रक्तदानका विषयमा सचेतना जगाउन विद्यालयले कार्यक्रमलाई बार्षिक क्यालेण्डर मै समावेश गरेको बताए ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्दीप थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रधानाध्यापक कृष्ण प्रसाद आचार्य र संचालन संयोजक शिक्षक जयराम पुनले गरेका थिए । प्रादेशिक रक्त संचार केन्द्रको प्राविधिक सहयोगमा भएको कार्यक्रममा विद्यालयमा गठित युवा जुनियर सर्कलले समन्वय गरेको थियो । विद्यालयको बार्षिकोत्सवको मुल समारोह आइतबार हुनेछ । पोखरा महानगर पालिकाका मेयर धनराज आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न हुने मुल समारोहमा उत्कृष्ट शिक्षक, कर्मचारी, अभिभावक, विद्यार्थी सम्मान सहित बिबिध साँस्कृतिक कार्यक्रम हुने बताइएको छ।
सो अवसरमा एस इ इ मा ४ जिपिए ल्याउने विद्यार्थी सहज घिमिरेलाई विशेष सम्मान , बिभिन्न छात्रवृत्ति वितरण सहित पुरस्कार वितरण गरिने विद्यालयले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, पुस २९ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्दा श्रेष्ठले…






