म्याग्दी । म्याग्दी भित्रने प्रमुख नाका कालीपुलमा स्थानीय उत्पादनको बिक्री कक्ष (कोसेली घर)आजदेखि सञ्चालनमा आएको छ । जिल्लामा उत्पादन भएको कृषि, वन, पशुजन्य उत्पादनको बजारीकरण गर्ने उद्देश्यले जिल्लास्थित उद्योग वाणिज्य सङ्घ र महिला उद्यम विकास समितिले बेनी नगरपालिकासँगको समन्वयमा बिक्री कक्ष सञ्चालन गरेका हुन् । उक्त कक्षमा जिल्लामा उत्पादित सिमी, भागो, आलु, टिम्मुर, अल्लो र ढाकाका कपडा, मुडा, मह, मकै, अचार, भागोलगायत स्थानीय परिकार राखिएको महिला उद्यम विकास समितिका अध्यक्ष अम्बिका श्रेष्ठले जानकारी दिए । “म्याग्दी भित्रने र मुस्ताङ जाने–आउने…
पुरा पढौ