शिक्षा

पोखरामा हरित विद्यालयसम्बन्धी प्रशिक्षण सम्पन्न

प्रिन्सिपल एशोसिएसन अफ नेपालको समन्वयमा युनेस्को र काठमाडौँ विश्वविद्यालयको सहकार्यमा पोखरामा चारदिने हरित विद्यालयसम्बन्धी प्रादेशिक तालिम सम्पन्न भएको छ । प्रधानाध्यापकहरूको पेसागत क्षमता अभिवृद्धि तथा विद्यालयमा दिगो विकास र वातावरणीय शिक्षालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यले आयोजित तालिममा गण्डकी प्रदेशका विभिन्न विद्यालयबाट १५ जना प्रधानाध्यापक र १५ जना हरित विद्यालय ‘फोकल’ शिक्षक गरी ३० जना सहभागी रहेका थिए । उक्त तालिममा विद्यालयलाई वातावरणमैत्री, दिगो र जलवायु–उत्तरदायी बनाउने अवधारणा, नीति, कार्यढाँचा तथा व्यवहारिक पक्षबारे विस्तृत छलफल गरिएको थियो। तालिममा नेपाल सरकार… पुरा पढौ

मदन पुरस्कारका लागि उत्कृष्ट १० कृति सार्वजनिक

मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार–२०८२’ का लागि उत्कृष्ट १० कृतिको सूची सार्वजनिक गरेको छ । पुरस्कार मूल्याङ्कनका लागि विभिन्न विधाका २९८ पुस्तक आवेदनमा परेकामा गुठीले १० कृतिको मनोनयन सार्वजनिक गरेको हो । मनोनयन परेकामा केशवराज ज्ञवालीको अज्ञान, केशव दाहाल इथा, ललित विष्टको उत्कर्ष , रोशनकुमार झाको नेपालमण्डलसँग जोडिएको सिमौनगढको सिमानाको इतिहास छन् । त्यस्तै वीणा जोशी राजभण्डारीको नेपाल समुदायका परम्परागत मृत्युगीत , उमा सुवेदीको परिधि , सीमा आभासको महायुग, श्रवण मुकारुङको सलह ,डा नवराज केसीको स्वप्नस्पर्श , नदीशाको हिउँद उत्कृष्ट… पुरा पढौ

पोखराको सडकमा दौडिए, जनप्रतिनिधि र आमाहरु

पोखराको सडकमा जनप्रतिनिधिहरु नै दौडिंएका छन् ।नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा शनिवार पोखरामा जनप्रतिनिधिसहित बिद्यार्थी छात्र÷छात्रा र महिला ÷पुरुष एक साथ दौडिएका हुन् । मञ्चले पोखरा महानगरपालिका भित्रका पुरुष तथा महिला जनप्रतिनिधिहरु,पोखरा १५ का आमा समुह तथा टोल विकास संस्थाका महिला सदश्यहरु, बिद्यार्थी छात्र–छात्रा र खुला महिला–पुरुष दौड गरेको थियो मञ्चले आयोजना गदै आइरहेको साप्ताहिक तथा मासिक दौड अन्तगर्त प्रत्येक महिनाको पहिलो शनिवार आयोजना गर्ने दौंडको १९ औँ श्रृंखला पोखरा १५ मा आयोजना गरेको रेस डाइरेक्टर एबम मञ्चका पूर्वअध्यक्ष तेजबहादुर… पुरा पढौ

शिक्षकको नजरमा ‘मास्टर्नी’ गीत: मर्यादामाथि प्रहार र भविष्यमाथिको खेलबाड

गुरु ब्रह्मा गुरु विष्णु गुरु देवो महेश्वरः भन्दै शिक्षकलाई भगवानको दर्जा दिने हाम्रो समाज आज कता जाँदैछ? भन्ने यो एउटा गम्भीर प्रश्न बनेको छ। पछिल्लो समय न समाजले, न राष्ट्रले, न त कला र मनोरञ्जनको क्षेत्रले नै शिक्षकको गरिमालाई बुझ्न सकेको देखिन्छ। समाजको हरेक कुनामा, राज्यको उपेक्षापूर्ण नीतिमा र अहिले आएर सस्तो लोकप्रियता कमाउने नाममा कलाकारहरूबाट समेत शिक्षक वर्ग निरन्तर अपमानको सिकार भइरहेका छन्।यसैको पछिल्लो र निकै लज्जास्पद उदाहरण बनेको छ— चलचित्र ‘मास्टर्नी’ को विवादित गीत। कला र मनोरञ्जनको नाममा… पुरा पढौ

इनर ह्वील क्लब अफ अन्नपूर्णको १७ औँ पदस्थापना सम्पन्न

इनर ह्वील क्लब अफ अन्नपूर्णको १७ औँ पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा वर्ष २५÷२६ का अध्यक्ष इनर ह्वील अन्जु चालिसेले वर्ष २६÷२७ का नवनिर्वाचित अध्यक्ष इनर ह्वील अनिता पराजुली अधिकारीलाई पद हस्तान्तरण गरिन् । क्लबको उपाध्यक्षमा सम्झना तिमिल्सिना, सचिवमा मुना राना कोइराला, कोषाध्यक्षमा मिना बराल, जोइन्ट सेक्रेटरीमा सिलु चालिसे, आईएसओ शिबु आचार्य अधिकारी, क्लब इडिटरमा तुलसा चापागाईं र बोर्ड मेम्बरमा आनन्द बराल निर्वाचित भए । यसअघि कार्यक्रमका प्रमुख अतिथि डिस्ट्रिक्ट ३५० नेपालका अध्यक्ष डा. सृष्टि श्रेष्ठ प्रजापतिले समारोहको… पुरा पढौ

शिक्षक संगठन,कास्कीद्वारा शिक्षक सम्मानित,पेशागत सुरक्षा सुदृढ बनाउन संगठनको प्रस्ताव

नेपाल शिक्षक संगठन कास्कीले शिक्षा क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याएका शिक्षकलाई सम्मान गरेको छ । संगठन कास्कीको सम्पन्न जिल्ला परिषद्का अवसरमा उत्कृष्ट शिक्षकलाई सम्मान गर्नुका साथै सांगठनिक प्रशिक्षण समेत दिईएको छ । सम्मानित हुने शिक्षकमा चुमानसिंह गुरुङ, निर्मला अधिकारी भण्डारी, मधुसुदन सापकोटा, राधा आचार्य सिग्देल, युवराज आचार्य, मणिराज परियार छन् । त्यस्तै शर्मिला भट्टराई, सुरजमोहन पोखरेल, राधादेवी बराल, घनश्याम सुवेदी, ओमप्रकाश गुरुङ, रामबाबु पौडेल, सुरेश गुरुङ, नारायणप्रसाद पौडेललाई पनि सम्मान गरिएको हो । उनीहरुलाई संगठन राष्ट्रिय समितिका पूर्व अध्यक्ष तथा नेपाल… पुरा पढौ

भारती भवन माविमा पहिलो महिला प्रधानाध्यापक

पोखरा १९ पुरञ्चौरमा रहेको भारती भवन माध्यमिक विद्यालयले इतिहास मै पहिलो पटक महिला प्रधानाध्यापक पाएको छ । कास्कीका थोरै माध्यमिक विद्यालय, महिला नेतृत्वले हाकिरहेका बेला सो विद्यालयको प्रधानाध्यापकमा दीपाकुमारी पौडेल नियुक्त भएकी छन् ।विद्यालय स्थापनाको ७२ वर्षको इतिहासमा पहिलो महिला प्रअको रुपमा उनले कार्यभार सम्हालेकी हुन् । पौडेल लामो समयदेखि सो विद्यालयमा नेपाली विषय अध्यापनरत छिन् । बुधबार बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले पौडेललाई प्रधानाध्यापकको जिम्मेवारी प्रदान गरेको विद्यालयका भुपु विद्यार्थी समेत रहेका वडा सदस्य विकासकुमार आचार्यले जानकारी दिए ।… पुरा पढौ

आङ्गिक क्याम्पसहरूमा १० प्रतिशत पुर्ण छात्रवृत्ति सुनिश्चित गर्न ६ वटा विश्वविद्यालयको पत्राचार

विभिन्न विश्वविद्यालय तथा त्यसअन्तर्गतका सम्पूर्ण आङ्गिक क्याम्पसहरूमा अब कम्तीमा १० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति सुनिश्चित हुने भएको छ । विभिन्न सात विश्वविद्यालयले सूचना प्रकाशन गरेर कम्तीमा १० प्रतिशत छात्रवृत्तिका लागि प्रक्रिया अगाडि बढाइएको जनाएका छन् । त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, राजर्षिजनक विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, पोखरा विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयले छुट्टाछुट्टै सूचना प्रकाशित गरी आफ्ना आङ्गिक क्याम्पसहरूमा छात्रवृत्तिको सुनिश्चितताका लागि पत्राचार गरिएको उल्लेख गरिएको छ । विश्वविद्यालयको परिपत्रअनुसार सम्बन्धित क्याम्पसहरूले शैक्षित्रसत्र २०८३÷८४ का लागि विश्वविद्यालयबाट स्वीकृत कार्यक्रममा विद्यार्थी… पुरा पढौ

गण्डकी आदर्शमा कक्षा ११ का विद्यार्थीलाई स्वागत तथा अभिमुखीकरण

पोखरा १३, लामोडहरमा सञ्चालित गण्डकी आदर्श एकेडेमीले नयाँ शैक्षिक सत्रमा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूलाई स्वागतसहित अभिमुखीकरण दिईएको छ । विद्यालयका अध्यक्ष खड्गबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रबन्ध निर्देशक कृष्णप्रसाद सापकोटाले विद्यार्थी र अभिभावक अभिमुखीकरण गराएका थिए । गण्डकी आदर्शले विद्यार्थीको सुविधा र हितका लागि अथक प्रयास गरेको जानकारी दिँदै सापकोटाले शिक्षक, विद्यार्थी र अभिभावकको सकारात्मक साथले विद्यालयको प्रगति हुँदै गएको बताए । उनले विद्यार्थीलाई अभिभावकप्रति उत्तरदायी हुन र अभिभावकलाई विद्यार्थीप्रति जिम्मेवार हुन आग्रह गरे । विद्यालयकी प्रिन्सिपल… पुरा पढौ

विद्यालयस्तरिय कविता प्रतियोगितामा युगम रिजाल प्रथम

नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१३ औं जयन्तिको अवसरमा पोखराको बाटुलेचौरमा विद्यालयस्तरीय कविता प्रतियोगिता सम्पन्न भएको छ। भुतपुर्व विन्ध्यवासिनी विद्यार्थी मञ्च पोखरा १६ को आयोजनामा भएको प्रतियोगितामा चिसाखोला वेद विद्याश्रमका युगम रिजाल प्रथम, विन्ध्येश्वरी माध्यमिक विद्यालयकी स्वस्तिका खड्का द्वितीय तथा गण्डकी बोर्डिङ स्कुलकी आकांक्षा सुवेदी तृतीय भएका छन्।त्यस्तै विन्ध्यवासिनी माध्यमिक विद्यालयकी सुस्मिता आचार्य र केएफ माध्यमिक विद्यालयका आदर्श पौडेलले सान्त्वना स्थान प्राप्त गरेको कार्यक्रम संयोजक सिर्जना थापाले जानकारी दिईन् । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि प्रभा कोईरालाले नेपाली साहित्य र… पुरा पढौ