पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को विभिन्न परीक्षा केन्द्रहरूको अनुगमन गरेका छन्। अनुगमन क्रममा मन्त्री थापा पोखरा–१७ स्थित छोरेपाटन माध्यमिक विद्यालय तथा महतगौडास्थित श्री जानकी माध्यमिक विद्यालय पुगेर परीक्षाको व्यवस्थापन, विद्यार्थीहरूको उपस्थिति र परीक्षा वातावरणबारे जानकारी लिएका थिए। मन्त्री थापाले परीक्षा केन्द्रहरू सुव्यवस्थित, मर्यादित र शान्त वातावरणमा सञ्चालन भइरहेकोमा सन्तोष व्यक्त गर्दै परीक्षार्थीहरूको आत्मविश्वास, तयारी र अनुशासन प्रशंसनीय रहेको बताए। “विद्यार्थीहरू उत्साहित र आत्मविश्वास देखिए,…
पुरा पढौ