समाज

“पुतली बाजे” को आज दाह संस्कार गरिने, १० बजे पि.एन. क्याम्पसबाट शव यात्रा शुरु हुने

पोखरा । “पुतली बाजे” भनेर चर्चित कलिन स्मिथको (पुतली बाजे) आज सोमवार अन्तिन संस्कार गरिने भएको छ । अन्तिम बिदाईका लागि उहाँको पार्थिब शरिरलाई सोमवार कार्तिक २० गते बिहान १० बजे पृथ्वीनारायण क्याम्पस परिसरमा रहेको बटरफ्लाई म्युजियम को प्राङ्गणमा राखिने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जानकारी दिएका छन् । प्रमुख आचार्यका अनुसार स्व स्मिथको क्रिश्चियन परम्परा अनुसार अन्तिम सँस्कार हुनेछ । पुतली बाजे’ कोलिन स्मिथको ८७ वर्षको उमेरमा शनिबार पोखरामा निधन भएको हो । नेपालमा रहेर पुतलीको अध्ययन र संरक्षणमा… पुरा पढौ

पोखरा महानगरद्वारा भुकम्प पिडितकालागि ५० लाख सहयोग घोषणा, राहत लिएर टोली जाजरकोट प्रश्थान

पोखरा । पोखरा महानगरको टोली राहत लिएर जाजरकोट प्रश्थान गरेको छ । महानगरबाट दुई जना वडाध्यक्ष सहितको टोली राहत लिएर जाजरकोट हिँडेको हो ।  १७ सदस्यिय उद्दार टोलीमा वडा नम्बर १ का अध्यक्ष सहारा प्रधान र ७ का अध्यक्ष राममोहन आचार्य पनि सहभागी छन् । महानगरपालिकाले १ महिनाको पारिश्रमिक राहत स्वरूप सहयोग गर्ने घोषणा पनि गरेको छ । २ वटा सानो गाडी र एउटा ट्रकमा १७ जनाको उद्धार टोली पनि जाजरकोट हिँडेको मेयर धनराज आचार्यले जानकारी दिए । उनका अनुसार त्रिपाल, लत्ताकपडा,… पुरा पढौ

नेवा: मिसा पुच: कास्कीद्वारा स्वन्ति नख: (भाइटिका) महोत्सव आयोजना

पोखरा । नेवा: मिसा पुच: कास्कीको आयोजनामा शनिवार पोखरामा स्वन्ति नख: (भाइटिका) महोत्सवको आयोजना गरिएको छ ।चौथो स्वन्ति नख: महोत्सव पोखरा महानगरपालिका वडा नम्बर ९ को सहयोगमा पोखरा ९ मा गठित महेन्द्रपुल, नयां बजार, पृथ्वीचोक, चिप्लेढुंगा र नागढुंगा नेवा: मिसा पुच:को सह आयोजनामा भएको थियो ।महोत्सवको उद्घाटन गर्दै प्रमुख अतिथि तमु धिं नेपालका संस्थापक अध्यक्ष कर्मकुमारी तमुले संस्कृति बचाउन सबै लाग्नु पर्ने बताए । उहांले स्थानीय सरकार र वडाहरुले मौलिक संस्कृति जगेर्ना गर्न महत्वपूर्ण भूमिका हुनु पर्नेमा जोड दिए ।… पुरा पढौ

वित्तीय संस्थाको म्यानेजर छाडेर च्याउ खेतीमा रमाउँदै सन्दीप

पोखराका सन्दीपबहादुर क्षेत्री कालिका माईक्रो फाईनान्समा शाखा म्यानेजर थिए । ससुराले च्याउखेती गरेको देखेर प्रभावित उनले श्रीमतीलाई च्याउ खेतीबारे सिक्न लगाए । श्रीमतीपनि के कम ! श्रीमानको सुझाव अनुसार च्याउ खेतीबारे माईत गएर बुझे । आफ्नै देशमा केहि गरौं भन्ने हुटहुटी बोकेका क्षेत्रीलाई श्रीमतीको साथ पाएपछि आफ्नो हुँदाखाँदाको जागिर छाडेर च्याउ खेतीतर्फ लागे । पाँच वर्षअघि पोखरा–२२ चिसापानीमा चिसापानी च्याउ फर्मबाट च्याउ खेती शुरु गरेका क्षेत्रीले अहिले पोखरा–१९ लामाचौरमा थप दुईवटा फर्म बिस्तार गरेका छन् । सिजन अनुसार फरक÷फरक ठाउँमा… पुरा पढौ

च्याउको मूल्य चार वर्ष यताकै न्यून

पोखरा, कात्तिक १८ पोखरामा च्याउको मूल्य चार वर्ष यताकै न्यून भएको छ । पोखरामा च्याउको उत्पादन बढेपछि मूल्य भने चार वर्ष यताकै न्यून भएको हो । पोखरामा पाँच वर्ष अघि च्याउको मूल्य प्रतिकेजी २ सय ३० रुपैयाँसम्म पुगेको थियो । तर २०७५ सालमा त्यसको मूल्य घटेर ६० रुपैयाँसम्म झरेको थियो । आज चार वर्षपछि फेरी च्याउको मूल्य प्रतिकेजी ६० देखि ७० रुपैयाँमा झरेको किसान सन्दीपबहादुर खत्रीले जानकारी दिए । च्याउको मूल्य अप्रत्याशित रुपमा घटेपछि किसान चिन्तित भएका छन् । लागत… पुरा पढौ

जन्म देश वेलायत छाडेर पोखरा बसेका पुतली बाजे अस्ताए

पोखरा, १८ कात्तिक जन्म देश छाडेर नेपालको पोखरामा बस्दै आएका सामाजिक व्यक्तित्व पुतली बाजे अर्थात कोलिन स्मिथ अस्ताएका छन् । पुतलीको संग्रहमा जीवन अर्पेका ८८ वर्षिय पुतली बाजेले गएराती धर्ती छाडेका हुन् । स्वास्थ्य अवस्था कमजोर बनेपछि विगत २ महिनादेखि पुतली बाजे हरियो खर्क अस्पताल पोखरामा भर्ना भएका थिए । उनको उपचारकै क्रममा शनिबार विहान ३ बजे निधन भएको जनाइएको हो । आफ्नो मामाबाट प्रभावित भएर पुतली बाजे पुतली संकलनमा लागेका थिए । पुतली संकलनमै रमाउँदै नेपाल बसेका उनले आफ्नो… पुरा पढौ

प्रधानमन्त्री ‘प्रचण्ड’ भूकम्प प्रभावित जिल्ला जाजरकोटमा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूकम्प प्रभावित जिल्ला जाजरकोटमापुगेका छन । भूकम्पबाट भएको क्षति र वस्तुस्थिति बुझ्न प्रधानमन्त्री दाहाल आज विहान साढे आठ बजे स्वास्थ्यकर्मी र अत्यावश्यक सामग्रीसहित त्यहाँ पुगेका हुन । जाजरकोट पुग्नुभएका प्रधानमन्त्री दाहालले प्रमुख जिल्ला अधिकारी सुरेश सुनारसँग भूकम्पको क्षतिको जानकारी लिएका छन । सुरुमा जाजरकोटको खलङ्गाको प्रभावित क्षेत्रको वस्तुस्थिति बुझिसकेपछि प्रधानमन्त्री दाहाल प्रजिअ सुनारसहित सबैभन्दा बढी क्षति भएको नलगाड नगरपालिकामा पुगेको जिल्ला प्रशासन कार्यालय जाजरकोटका सूचना अधिकारी हरिश्चन्द्र शर्माले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री प्रचण्डले भूकम्प… पुरा पढौ

पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन ढाँचाबारे उच्चस्तरीय छलफल

कार्तिक १७ काठमाण्डौं । दुई अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन ढाँचाबारे आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा उच्च सरकारी अधिकारीबीच छलफल भएको छ । पर्यटनमन्त्री सुदन किरातीले बोलाएको बैठकमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनको ढाँचा र विभिन्न विकल्पबारे छलफल भएको मन्त्रालयले जनाएको छ । बैठकमा मुख्यसचिव डा बैकुण्ठ अर्याल, अर्थसचिव कृष्णहरि पुष्कर, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटा सहभागी थिए । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार नयाँ विमानस्थललाई नियमित… पुरा पढौ

‘माथिल्लो अरुण आयोजनाको फाइदा स्थानीयले पाउनुपर्छ’ : मन्त्री डा. महत

कार्तिक १७ काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले ठूला आयोजना अगाडि बढ्दा स्थानीयवासीको सहयोग र सहभागिता सबैभन्दा महत्वपूर्ण हुने बताएका छन् । माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजनाको कार्यस्थल भोटखोला निरीक्षणका क्रममा मन्त्री डा. महतले भने, ‘यसको फाइदा सबैभन्दा धेरै स्थानीय जनताले पाउनुपर्छ । त्यसपछि जिल्लावासी र त्यसपछि मात्र देशले पाउँछ भन्ने मान्यताका आधारमा यो आयोजना अगाडि बढ्छ । सङ्खुवासभामा निर्माण हुन लागेको एक हजार ६१ मेगावाटको माथिल्लो अरुण आयोजना कार्यान्वयनको चरणमा पुगेको बताए । मन्त्री डा. महतले भने, “सङ्खुवासभावासीका लागि… पुरा पढौ

क्रिकेट टोलीलाई एमाले अध्यक्ष र पूर्वराष्ट्रपतिको बधाई

कात्तिक १७ काठमाण्डौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली क्रिकेट टोली टी–२० विश्वकप प्रतियोगिताका लागि छनोट भएकामा बधाई ज्ञापन गरेका छन् । अध्यक्ष ओलीले आज सामाजिक सञ्जालमार्फत नेपाली क्रिकेट खेलाडीलाई बधाई ज्ञापन गर्दै अबको विश्वकपको यात्राका निम्ति शुभकामना व्यक्त गरेका छन् । यसैगरी, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पनि विश्वकपका लागि नेपाली क्रिकेट टोली छनोट भएकामा हार्दिक बधाई ज्ञापन गरेकी छन् । उनले सामाजिक सञ्जाल एक्समा नेपालको यो ऐतिहासिक सफलताले समग्र खेल थप उत्साहित हुनका साथै यसले सम्पूर्ण नेपालीलाई… पुरा पढौ