समाज

कर्मचारीको पारिश्रमिकबाट आँबुखैरेनी अस्पताललाई थाइराइड मेशिन प्रदान

तनहुँ । आँबुखैरेनी गाउँपालिका मातहत कार्यरत कर्मचारीले आँबुखैरेनी अस्पताललाई रु दश लाखभन्दा बढी मूल्यको थाइराइड मेशिन प्रदान गरेका छन् । गाउँपालिका कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्थालगायत सबै क्षेत्रमा कार्यरत कर्मचारीले खाईपाई आएको पारिश्रमिकबाट थाइराइड मेशिन खरिद गरी उक्त अस्पताललाई हस्तान्तरण गरेका हुन् । गाउँपालिकामा दरबन्दी र करारका गरी एक सय ३५ जना कार्यरत कर्मचारीको पारिश्रमिकबाट मेशिन खरिद गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए। गत जेठ ३१ गते बसेको कर्मचारीको बैठकले कर्मचारीको पारिश्रमिकबाट मेशिन खरिद गरी अस्पताललाई प्रदान… पुरा पढौ

कृषि पर्यटनको गन्तव्य बन्दै पर्वतको गेप्ताङ

पर्वत । गण्डकी प्रदेश सरकारको समृद्धि तथा विकासका लागि कृषि र पर्यटनलाई जोडेर लैजानुपर्ने आवाज अभ्यासमा बदलिन थालेका छन् । पर्वतको विहादी गाउँपालिकामा अवस्थित पैयूँकोट दरबार र महाशिलाको मध्य भागमा अवस्थित वडा नं ५ उरामपोखराको मगर बस्ती गेप्ताङ गाउँको घरबास पर्यटन नमूना कृषि पर्यटनको गन्तव्य बनाउन प्रदेश सरकार लागिपरेको हो । पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिएको गेप्ताङ र आसापासका क्षेत्रको विकासमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रयास थालेको छ । प्याराग्लाइडिङको परीक्षण सफल भएको बस्ती माथिको लुपे्रङडाँडा, हातेमालो चोकदेखि गोल्र्याङधाम… पुरा पढौ

वडा नं १७ मा सुविधा सम्पन्न कार्यालय भवन निर्माण गरिने

पोखरा । पोखरा महानगरका ३३ वडामध्ये सबैभन्दा बढी जनसङ्ख्या भएको वडा नं १७ मा सुविधा सम्पन्न कार्यालय भवन निर्माण गरिने भएको छ । उपत्यका नगर विकास समितिको ड्यामसाइडस्थित पाँच रोपनी जग्गामा महानगरको रु पाँच करोड ३२ लाख ५४ हजारको लागतमा नेचुरल फर्निसिङ एन्ड कन्स्ट्रक्सन प्रालिद्वारा सो भवन निर्माण गर्न सम्झौता गरिएको थियो । महानगरप्रमुख धनराज आचार्यले निर्माणाधिन भवन आज शिलान्यास गर्दै पोखराको समग्र विकासमा सबैको साथ र सहयोग रहने विश्वास व्यक्त गरे । उनले आगामी चार वर्षको अवधिमा महानगरको प्रमुख… पुरा पढौ

२१०औँ भानु जयन्तीः भाषिक एकतामा भानुभक्तको योगदान महत्वपूर्ण

पोखरा । भानु वाङ्मय प्रतिष्ठान र पोखरा प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा आज पोखरामा आयोजित २१०औँ भानु जयन्तीमा भाषिक एकतामा भानुभक्तले पु¥याएका योगदानको चर्चा गरिएको छ । नेपाली भाषामार्फत राष्ट्रिय एकता कायम गर्न भानुभक्तले गरेका योगदान अविष्मरणीय भएको बताउँदै वक्ताहरूले सभ्य समाज निर्माणका लागि उनले दिएका सन्देश पनि उत्तिकै महत्वपूर्ण रहेको बताए। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले भाषिक एकतामार्फत भानुभक्तले गरेका योगदान अविष्मरणीय भएको उल्लेख गर्दै उनको योगदानलाई जीवन्त राख्नुपर्ने बताए । पोखरामा भानुभक्तको योगदानलाई चिरस्थायी बनाउँदै साहित्यिक पर्यटकीय स्थलका रुपमा… पुरा पढौ

आज २१०औँ भानु जयन्ती: भानुभक्तको घर खण्डहर

मेरा इनार, न त सत्तल पाटी केही छन्जे चिज र धनहरू छन् घरभित्र नै छन्त्यस घाँसीले कसरी आज दियेछ अर्तिधिक्कार हो मकन बस्नु नराखी कीर्ति । (भानुभक्त आचार्य) दमौली । तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घा शिखर कटेरीमा भानुभक्तको घर खण्डहर अवस्थामा छ । माटो र ढुङ्गाले बनेको घरको गाह्रो चारैतिर भत्केर भग्नावशेषमात्र बाँकी छ । घरभित्रै ठूला–ठूला काँडासहितका बिरुवा हुर्केका छन् । भग्नावशेष हेर्दा घरको भित्ताजस्तो पनि देखिँदैन । नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मथलो चुँदीरम्घामा यही वर्ष घर पुनःनिर्माणको काम… पुरा पढौ

पहिराले दरखोला दोस्रो लघुजलविद्युत् परियोजनामा क्षति

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङस्थित ४२ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत् परियोजनाको विद्युत्गृहमा पहिराले क्षति पु¥याएको छ । बिहीबार मरेनीस्थित विद्युत्गृह माथिको भिरबाट खसेको पहिराले विद्युत्गृहमा क्षति भएको हो । विद्युत्गृहको उपकरण पहिराले पुरिएर क्षति भएको वडाध्यक्ष अकप्रसाद विकले बताए । उनका अनुसार कतिपय उपकरण पहिराले दरमखोलाको बगरसम्म नै पुर्याएको छ । मुख्य पाइप लाइनमा समेत क्षति भएको छ । विद्युत् आपूर्ति बन्द भएपछि सिङ्गो वडा नं २ का बासिन्दा बिजुलीबाट बञ्चित भएका छन् । घरेलु उद्योग बन्द भएका… पुरा पढौ

भानुभक्तका पनाति भन्नुहुन्छ, चुँदीरम्घालाई पर्यटकीयस्थल बनाइएन

तनहुँ । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मथलो तनहुँको चुँदीरम्घाबारे नसुन्ने सायदै कोही होलान् । तर उक्त स्थलमा पुग्ने नेपाली र विदेशी पर्यटक भने नगण्य देखिएका छन् । आदिकविको लोकप्रियता र भाषिक एकताको श्रीगणेशको श्रेयका दृष्टिले चँुदीरम्घामा पर्यटकीय गतिविधि बढ्नुपर्नेमा त्यस्तो हुन नसकेको सन्दर्भ क्रमशः उठ्न थालेको छ । पर्यटकीय पूर्वाधारका रूपमा भानुका साहित्यिक सङ्ग्रहालय, पक्की सडक, होटल, घरबासलगायतको प्रबन्ध नहुनुले पनि यस्तो भएको हुनसक्छ । भानुसँग जोडिएको घाँसीकुवा पृथ्वीराजमार्गमा बनाइएको छ । चँुदीरम्घामा हेर्नैपर्ने भानुसँग जोडिएका विशेष स्मृतिस्थल निर्माण… पुरा पढौ

दासढुङ्गामा बस खस्दा १९ यात्रु घाइते

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा १९ यात्रु घाइते भएका छन् । सडकखण्डको भरतपुर महानगरपालिका–२९ दासढुङ्गामा बागमती प्रदेश०१–००६ख ५२३७ नम्बरको यात्रुवाहक बस दुर्घटना भएको हो । काँकडभिट्टाबाट काठमाडौँ जाँदै गरेको बस आज बिहान ५ः२० बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए । बस अनियन्त्रित भई सडकबाट १० मिटर तल खसी रुखमा अड्किएको छ । बसमा ४० यात्रु सवार थिए । घाइतेमध्ये १० जनाको पुरानो मेडिकल कलेजमा, आठ जनाको भरतपुर अस्पतालमा र… पुरा पढौ

पहिराले बुर्तिबाङ–पूर्वी रुकुमखण्ड अवरुद्ध,यात्रुलाई समस्या

ढोरपाटन । अबिरल वर्षाका कारण पहिराले राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बुर्तिबाङ–पूर्वी रुकुमखण्ड अवरुद्ध बनेको छ । लोकमार्गको निसीखोला गाउँपालिका–४ र ५ को सिमाना धरमशाला कालापैरामा माथिदेखि झरेको लेदोसहितको पहिराले सडक अवरुद्ध भएको हो । वर्षा हुँदाबित्तिकै माथिदेखि लेदो झर्ने र सडकमा थुप्रिँदा यातायात सञ्चालन हुन नसक्ने अवस्था रहेको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले जानकारी दिए । सडक अवरुद्ध हुँदा बुर्तिबाङबाट निसी, भल्कोट हुँदै पूर्वीरुकुम र रोल्पा पुग्ने यातायातका साधन ठप्प छन् । पूर्वीरुकुमको रुकुमकोटबाट काठमाडौँ, पोखरा सञ्चालन हुने साना… पुरा पढौ

युद्ध अन्त्यको माग गर्दै शान्तिवादीको रुसी दूतावास अघि प्रदर्शन

काठमाण्डौं । सन् २०२२ को फेब्रुअरी २४ का दिन रुसले युक्रेनमाथि आक्रमण गरेपछि सुरु भएको रुस–युक्रेन युद्धको ५०५औँ दिन मानवअधिकार तथा शान्ति समाजले तत्काल युद्ध अन्त्य गर्न रुसलाई आग्रह गर्दै काठमाडाँैस्थित रुसी राजदूतावास अघि प्रदर्शन गरेको छ । आज दिउँसो सम्पन्न प्रदर्शनमा ‘रुस : तत्काल युद्ध अन्त्य गर’, ‘युद्धको ५०५ दिन ः मानवता पराजित’, ‘रुसी आक्रमण बन्द गर’, ‘युद्धको ५०५ दिन ः इतिहास लज्जित’, ‘रुसी आक्रमणका कारण हजारौँ नागरिकको मृत्यु’, ‘करोड बढी शरणार्थी÷आन्तरिकरूपमा विस्थापित’, ‘खरबौँको क्षति, युद्ध लम्बिँदै छ’, ‘मानवता… पुरा पढौ