खेलकुद

पारस ‘आईसीसी एशोसियट प्लेयर अफ दी डिकेड’मा मनोयन

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का ‘आईसीसी एशोसियट प्लेयर अफ दी डिकेड’मा मनोनयनमा परेका छन् । अन्र्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले आयोजना गर्ने सो अवार्डमा नेपालका पूर्व कप्तान पारस खड्कासहित ६ खेलाडी मनोनयन भएका हुन् । पारससँगै स्कटल्याण्डका ३ खेलाडी काईल कोएट्जर, कोलम म्याकल्याण्ड र रिची बेरिङ्टन परेका छन् । त्यस्तै, पपुवा न्यूगिनीका असद भाला र नेदरल्याण्डका पिटर बोरनपनि मनोनयनमा परेको आईसीसीले जनाएको छ । पारस नेपालका सफल कप्तान हुन् । उनकै पालामा नेपालले पहिलोपटक टि–२० विश्वकप क्रिकेट खेलेको… पुरा पढौ

अमेरिकी पौडीबाज ड्रेसेलले बनाए व्यक्तिगत नयाँ विश्व कीर्तिमान

ओलम्पिक च्याम्पियन अमेरिकी पौडीबाज काएलेब ड्रेसेलले व्यक्तिगत नयाँ विश्व कीर्तिमान बनाएका छन्। अमेरिकी पौडी खेलाडी ड्रेसेलले अन्तर्राष्ट्रिय पौडी लिगमा आफ्नो टिम काली कन्डोर्सलाई उपाधि दिलाउने क्रममा व्यक्ति कीर्तिमान बनाएका हुन्। काली कन्डोर्सले अन्तर्राष्ट्रिय पौडी लिगको बुड्डापेस्टमा भएको दोस्रो सिजनको ग्राण्ड फाइनलमा उपाधि जितेको हो। ड्रेसेलले १०० मिटर व्यक्तिगत मिड्लेमा सेमिफाइनलमा बनाएको कीर्तिमान फाइनलमा आफैले तोडेका हुन्। उनले १०० मिटरको दूरी ४९.२८ सेकेण्डमा पूरा गरेर कीर्तिमान बनाएका हुन्। काली कोन्डोर्सले २ दिनको खेलमा ५६१.५ अंक जोडेर गएको वर्षको विजेता एनर्जी स्टान्डर्सलाई… पुरा पढौ

एटीपी फाइनल्सको उपाधि जितेपछि मेडभेडेभको कीर्तिमान

डानिल मेडभेडेभले एटीपी फाइनल्सको उपाधि जितेका छन्। लण्डनमा भएको खेलमा युएस ओपन च्याम्पियन डोमिनिक थिएमलाई पराजित गरेर मेडभेडेभले आफ्नो खेल जीवनको ठूलो उपाधि जितेका हुन्। रुसी मेडभेडेभले पुनरागमन गरी खेलमा जित हाँसिल गरेका हुन्। उनले थिएमलाई ४–६, ७–६ (७–२) र ६–४ को सेटमा पराजित गरे। विश्व नम्बर ३ थिएमले पहिलो सेटमा जित निकालेपनि त्यसलाई बचाउन सकेनन्। विजयी भएका २४ वर्ष विश्व वरीयतामा चौथो स्थानमा रहेर यो वर्ष टुंग्याउने भएका छन्। उनी एटीपी फाइनल्समा शीर्ष तीन वरीयताका खेलाडीलाई पराजित गर्ने एकमात्र… पुरा पढौ

टोकियो ओलम्पिकका लागि एपीएफका गोपीचन्द्र पार्की छानिए

सन् २०२१ मा जापानको टोकियोमा आयोजना हुने ओलम्पिकका लागि नेपालबाट सशस्त्र प्रहरी बलको एपीएफ क्लबका गोपीचन्द्र पार्की छनोट भएका छन् । बाँकेको नेपालगञ्जमा शनिबार सम्पन्न म्याराथन उपाधि जितेसँगै पार्की टोकियो ओलम्पिकका लागि छनोट भएका हुन्। पार्कीले गत वर्ष मंसीरमा नेपालमा सम्पन्न १३ औँ दक्षिण एशियाली खेलकूद (साग) मा ५ हजार मिटर दौडमा स्वर्ण पदक जितेका थिए। पच्चीस खेलाडीे सहभागी म्याराथनमा पार्कीले निर्धारित ४२ दशमलव १९५ किलोमिटरको दूरी दुई घण्टा १८ मिनेट ५९ सकेन्डमा पूरा गरे। नेपाली सेनाका कृष्ण बस्नेत दोस्रो… पुरा पढौ

नेपाल–भारतका पहलमानको विराट कुस्ती प्रतियोगिता सुरु

वीरगञ्जमा नेपाल–भारतका पहलमानको विराट कुस्ती प्रतियोगिता सुरु भएको छ। वीरगञ्ज महानगरपालिका वडा नम्बर–१६ ईनार्वामा प्रतियोगिता सुरु भएको हो। प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रतियोगिताको उद्घाटन गरेका हुन्। नेपाल–भारतका पहलमानको प्रतिष्ठाको लडाईको रुपमा वीरगञ्ज–१६ ईनार्वामा विगत लामो समयदेखि यो कुस्ती प्रतियोगिता हुँदै आएको छ। विराट कुस्ती प्रतियोगितामा नेपालको नवलपरासी, पर्सा, बारा, रौतहट, महोत्तरी, धुनषा, सप्तरी तथा भारतको बेतिया, सीताभढि, सिवान, पन्जाब, राजस्थान, गाजियाबाद, बनारस लगायतका चर्चित पहलमानहरुले प्रतिस्पर्धा गर्नेछन्। पुरा पढौ

क्युकोशिन कानको साधारण सभा सम्पन्न

मंसिर ६ पोखरा । कास्की जिल्ला क्युकोशिन कान करातेको १० औ साधारण सभा सम्पन्न भएको छ । संघको सभाले रिक्त रहेको पदमा पदपुर्ती समेत गरेको छ । संघको कोषध्यक्षमा सुजन आचार्य तथा सदस्य सुनिल थापा र अर्जुन बरामलाई रिक्त पदमा चयन गरेको हो । कोभिड–१९ महामारीको कारण ठप्प खेलकुद गतिविधि संचालन गर्दै नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि खेलाडी प्रशिक्षणलाई तिव्रता दिने भएको छ । संघको सभाले आगामी दिन खेलडीको हौसला वृद्धि गर्नका लागि पदक विजेता खेलाडीलाई निरन्तरता समेत दिने भएको… पुरा पढौ

वर्ल्ड पावरलिफ्टिङ–२०२० प्रतियोगितामा नेपालका ५ खेलाडी सहभागि हुने

भारतको महाराष्ट्रमा हुने २५ औं विश्वकप पावरलिफ्टिङ–२०२० प्रतियोगितामा पोखराका ४ खेलाडीसहित नेपालका ५ खेलाडीले प्रतिष्पर्धा गर्ने भएका छन् । डिसेम्बर ४ तारिखदेखि ७ तारिखसम्म हुने सो प्रतियोगितामा पोखराका ४ सहित नेपालका ५ खेलाडीले प्रतिष्पर्धा गर्ने नेपाल पावरलिफ्टङ एशोसियसनले शनिबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । प्रतियोगितामा सहभागि हुने मध्ये ४ खेलाडी पोखराका हुन् भने १ जना महिला सुर्खेतकी हुन् । पोखराका हसन गुरुङले ८० केजी तौल समूहमा, पोखराकै राजेश सुवालले ९० केजी तौल समूहमा, पोखराकै सुजन आलेले ७५… पुरा पढौ

आफ्नै घरेलु मैदानमा पाकिस्तानसँग मैत्रीपूर्ण फुटबल खेल्ने नेपालको योजना

नेपाली फुटबल टिमले पाकिस्तानसँग डिसेम्बरमा आफ्नै घरेलु मैदानमा मैत्रीपूर्ण खेल खेल्ने योजना बनाएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार नेपालले दशरथ रंगशालामा पाकिस्तानसँग मैत्रीपुर्ण खेल खेल्ने योजना बनाएको हो। तर, कतिवटा खेल खेल्ने निश्चित भैसकेको भने छैन। अहिलेसम्मको योजना अनुसार दुईवटा खेलका लागि एन्फाले पहल गरेको छ। यसका लागि फिफाको फ्रेन्डली विन्डोजमा नै मैत्रीपुर्ण खेल खेलाउने तयारी गरिएको छ। फिफाको अर्को विन्डो डिसेम्बरमा भएकाले यकिन मिति तय गरिएको छैन। नेपाली फुटबल टिमले यही साता बंगलादेशसँग २ वटा मैत्रीपूर्ण… पुरा पढौ

क्यानले २२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलायो

नेपाल क्रिकेट संघ (क्यान) ले २२ जना खेलाडीहरुलाई बन्द प्रशिक्षणका लागि बोलाएको छ। साथै, क्यानले बन्द प्रशिक्षणका लागि २२ खेलाडीको नामसमेत सिफारिस गरेको छ। क्यानले ज्ञानेन्द्र मल्लको कप्तानीमा २२ खेलाडीलाई यही मंसीरको १० गतेदेखि बन्द प्रशिक्षणमा बोलाएको हो। नेपालले विश्वकप लिग क्रिकेट–२ अन्तर्गत सन् २०२१ मा पाँच सिरिज खेल्नेछ र त्यसैका तयारीका लागि क्यानले खेलाडीहरुलाई बन्द प्रशिक्षणका लागि बोलाएको हो। कोरोना भाइरसको महामारीमा बन्द प्रशिक्षण ९ महिना ढिला भएको हो। क्यान कार्यालयका सचिव उदयप्रकाश शाहले सूचना जारी गर्दै बन्द प्रशिक्षण… पुरा पढौ

कराँची किङ्सलाई पहिलो पटक पाकिस्तान सुपर लिग क्रिकेटको उपाधी

कराँची किङ्सले पहिलो पटक पाकिस्तान सुपर लिग क्रिकेट पीएसएलको उपाधी जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा कराँची किङ्सले लाहोर कलन्दर्सलाई ५ विकेटले पराजित गर्दै पहिलो पटक पीएसएल उपाधी जितेको हो। टस जितेर पहिले ब्याटिङ रोजेको लाहोर कलन्दर्सले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३४ रन बनाएको थियो। जवाफी व्याटिङमा कराँची किङ्सले १८ दशमलव ४ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य पूरा गरेपछि यो फाइनल खेल कराँचीले जितेको हो। ४९ बलमा ६३ रन बनाउन सफल कराँची किङ्सका बाबर अजाम ‘म्यान… पुरा पढौ