पर्वतको पर्यटकीयस्थल हम्पालमा विद्युतीकरण
पर्वत । धार्मिक एवम् पर्यटकीयस्थल कालाञ्जर हम्पाल लेकमा विद्युतीकरण गरिएको छ । जिल्लाको सबैभन्दा उच्च स्थानमा अवस्थित जलजला गाउँपालिका–५ र ६ को सिमानामा रहेको यस क्षेत्रमा सोमबार विद्युत् जडान गरिएको हो । जलजला र मोदी गाउँपालिकाको संयुक्त लगानी तथा नेपाल विद्युत् प्राधिकरण पर्वत वितरण केन्द्रको प्राविधिक सहयोगमा विद्युत् जडान गरिएको जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले जानकारी दिए। जलजला गाउँपालिकाका उपाध्यक्ष आचार्यले बत्ती बालेर विद्युतीकरणको शुभारम्भ गरेका हुन । हम्पाल क्षेत्रको अन्य भागमा पनि विद्युतीकरण भइरहेको उनले बताए। समुद्री सतहदेखि तीनहजार…
पुरा पढौ
भाइटिकाको अघिल्लो दिन ‘सिम्पानी साँझ’
कार्तिक १ पोखरा । पोखरामा क्रियाशिल त्रिशक्ति समाज सेवा क्लबले तेस्रो संस्करणको सिम्पानी साँझको आयोजना गर्ने भएको छ । पोखरा महानगरपालिका १ सिम्पानी चोकमा तिहारको अवसर पारेर (भाइटिकाको अघिल्लो दिन) यही कात्तिक १७ गते साँझको आयोजना गरिने क्लबका सहसचिव प्रविण सुवेदीले जानकारी दिए । उनका अनुसार सो कार्यक्रममा तरेली साँस्कृतिक परिवार र स्थानीय कलाकारबाट विभिन्न जाति समुदायमा प्रचलित नृत्यहरु प्रस्तुत हुनेछन् । भने, ‘मिलन एण्ड द ओभरेप्टर्स’ ब्याण्डको कन्सर्ट हुनेछ । ‘यो वर्ष तरेली साँस्कृतिक परिवारको विशेष नृत्य रहनेछ ।…
पुरा पढौ
मिस पोखराका प्रतिस्पर्धीलाई नेतृत्व विकास तालिम
पोखरा । मिस पोखराका प्रतिस्पर्धीले नेतृत्व विकास तालिम लिएका छन् । मंगलबार उनीहरुलाई पूर्वसंचारकर्मी उत्तम पौडेलले नेतृत्व विकास तालिम प्रदान गरे । २२ वर्ष संचारकर्मको अनुभवलाई सुनाउँदै पौडेलले सकरात्मक सोचले नै आफुमा परिवर्तन आउने उल्लेख गरे । “म करिब २२ वर्ष संचार कर्ममा लागे । संचार क्षेत्रले मलाई धेरै पाठ सिकायो । कर्मलाई आत्मसात् गर्दै सकरात्मक विचार राखियो भने सफलता मिल्छ । त्यसैले सकरात्मक सोचौं ।”, उनले भने । पौडेलले साना साना विषयवस्तुले नै लक्ष्य दिलाउने बताए । भनाई र…
पुरा पढौ
‘एक्याप’को प्रवेश शुल्क अब अनलानबाट तिर्न सकिने
गण्डकी । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) भ्रमण जाने पर्यटकले अबदेखि अनलाइन प्रणालीबाटै प्रवेशाज्ञा (परमिट) लिन पाउने भएका छन् । विश्व पर्यटन दिवसका अवसर पारेर एक्यापले परमिट लिँदा चाहिने प्रवेश शुल्क अनलाइनबाटै तिर्न मिल्ने व्यवस्था मिलाएको हो । आयोजना प्रमुख डा रविन कडरियाले पर्यटकले राहदानी र मास्टरकार्डमार्फत प्रवेश शुल्क तिरेर अनलाइनबाटै प्रवेशाज्ञा लिनसक्ने बताए । “प्रवेशाज्ञाका लागि शुल्क सङ्कलन काउन्टरमा हुने सेवाग्राहीको भीडलाई मध्यनजर गरेर प्रविधिमैत्री सेवा सुरु गरिएको हो, अनलाइन सेवा चौबीस घण्टा नै सञ्चालन रहनेछ”, उनले भने, “अब…
पुरा पढौ
कोरला नाकामा नेपाल टेलिकमले सेवा विस्तार
म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सिमाना कोरलामा नेपाल टेलिकमले सेवा विस्तार गरेको छ । बागलुङस्थित नेपाल टेलिकमका प्रमुख सन्तोष बरालका अनुसार कोरला नाकामा टु जी र फोर जी इन्टरनेट तथा मोबाइल फोन सेवा सञ्चालनका लागि बिटिएस टावर खडागरी मङ्गलबारदेखि सेवा प्रारम्भ भएको होे । लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले सञ्चार सुविधा भएपछि स्थानीयवासी, व्यापारी, सुरक्षाकर्मी, भन्सारका कर्मचारी र कोरला नाका पुग्ने जोकोहीलाई सञ्चार गर्न सहज भएको बताए । एक वर्षअघि सञ्चालनमा आएको कोरला नाकामा गत वैशाखमा केन्द्रीय प्रसारण लाइनको…
पुरा पढौ
पुरस्कारको रकमबाट विद्यालयमा ‘इन्टरएक्टिभ टचस्क्रिन स्मार्ट बोर्ड’ जडान
बेनी । म्याग्दी सदरमुकाम बेनीमा रहेको प्रकाश माध्यमिक विद्यालयले शिक्षण सिकाइमा आधुनिक प्रविधिको प्रयोग गर्दै ‘स्मार्ट बोर्ड’बाट अध्यापन गराउन सुरुआत गरेको छ । विद्यालयमा सञ्चालित कक्षा ११ र १२ को विज्ञान विषयको पठनपाठनमा स्मार्ट बोर्डलाई प्रयोगमा ल्याइएको हो । विद्यालयले दुईवटा स्मार्ट बोर्ड र आवश्यक उपकरणको खरिद गरेर स्मार्ट बोर्डबाट पठनपाठन गराउने कार्यको सुरुआत गरेको विद्यालयका प्रधानध्यापक लेखबहादुर हमालले जानकारी दिए । उनका अुनसार गत वर्ष बेनी नगरपालिकामा कार्यसम्पादन मूल्याङ्कनमा प्रथम भएपछि नगरपालिकाबाट प्राप्त गरेको रु तीन लाख पुरस्कार रकमबाट…
पुरा पढौ
लोमान्थाङका दुई सय १० परिवारलाई विद्युतीय चुलो वितरण
म्याग्दी । मुस्ताङको लोमान्थाङ गाउँपालिकाको दुईवटा वडाका बासिन्दालाई विद्युतीय चुलो वितरण गरिएको छ । दाउरा र ग्यासको खपत घटाएर जलवायु परिवर्तनका असर न्यूनीकरण तथा वातावरण संरक्षणका लागि लोमान्थाङ गाउँपालिकाले चुलो वितरण गरेको हो । लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङका अनुसार वडा नं ३ फुवा र वडा नं ४ किमलिङका दुई सय १० परिवारलाई निःशुल्क एक–एक थान विद्युतीय चुलो वितरण गरिएको छ । उनले भने “दाउराको विकल्पमा विद्युतीय चुलोको प्रयोग बढाएर वातावरण संरक्षणको प्रयास गरेका हाँै ।” अध्यक्ष गुरुङ र उपाध्यक्ष…
पुरा पढौ
फोटोग्राफी : अवश्था, अवसर र चुनौति (सन्दर्भ : १९ अगस्त विश्व फोटोग्राफी दिवस)
आज अगस्ट १९ तारिख विश्व फोटोग्राफी दिवस । हरेक वर्ष अगस्ट १९ मा यो दिवस बिबिध कार्यक्रम गरि मनाइन्छ। यो दिवस सन् २०१० देखि आधिकारिक रूपमा मनाउन थालिएको हो।(१) यो बर्षको थिम :विश्व फोटोग्राफी दिवस २०२४ को थिम “एन् एन्टायर डे” (An Entire Day) रहेको छ। यस थिमको मुख्य उद्देश्य विश्वभरका फोटोग्राफरहरूलाई एउटै दिनको अवधिमा संसारभरका विविध पक्षहरूलाई समेटेर तस्वीरहरू खिच्न प्रेरित गर्नु हो। यसमा प्रत्येक व्यक्तिको अनुभव, परिवेश, र घटनाहरूलाई एउटै दिनमा क्यामेराको माध्यमबाट चित्रण गर्न आह्वान गरिएको छ।फोटोग्राफीको…
पुरा पढौ
अनलाइनमार्फत जीवनसाथी खोज्न ‘लमी म्याट्रिमोनी सर्भिसेस’
गण्डकी । पछिल्लो समय ‘स्टार्टअप’ व्यवसायमा युवा पुस्ताको आकर्षण बढ्दो छ । सिर्जनशील सोच भएका यहाँका केही युवाहरुले अनलाइनमार्फत जीवनसाथी खोज्न सघाउने ध्येयले ‘लमी म्याट्रिमोनी सर्भिसेस’ कम्पनी खोलेका छन् । कम्पनीका सामाजिक सञ्जाल व्यवस्थापक निशान सापकोटाले फेसबुक, इन्स्ट्राग्रामबाट उक्त सेवा सुरु गरिएको जानकारी दिए। “छिट्टै कम्पनीको एप र वेभसाइट सञ्चालनमा ल्याउँदैछौँ”, उनले भने, “अनलाइनमार्फत प्रेम जोडी र जीवनसाथी खोज्न सघाउने उद्देश्ययले यो व्यवसाय सुरु गरेका हौँ ।” उनका अनुसार फेसबुकमा रहेको ‘लमी–म्यारी फर रिजन’ र इन्स्ट्रागाममा ‘लमी–नेपाल’ पेजमार्फत उक्त व्यवसाय…
पुरा पढौ
सामसुङका कर्मचारी पुनः आन्दोलित
सामसुङ इलेक्ट्रोनिक्सका दक्षिण कोरियाली युनियनका नेता तथा सदस्यले बिहीबार तलब तथा सुविधा वृद्धिका लागि माग गर्दै विरोध प्रदर्शन गरेका छन् । नयाँ वार्ता असफल भएपछि उनीहरूले कम्पनी अध्यक्ष र उत्तराधिकारीको घरमा घेराउ गरेका हुन् । युनियनले जुलाईमा पनि तलब तथा सुविधा वृद्धिका लागि माग गर्दै हडताल गरेका थिए । उक्त समूहले सोही आन्दोलनलाई स्वरूप बदलेर ‘अनिश्चितकालका लागि’ विस्तार गरेको थियो । आन्दोलित कामदारहरूले यस हप्ताको सुरुमा उत्पादन मेसिन अवरूद्ध गरेपनि दोस्रो त्रैमासिकमा नाफामा भएकाले सेमिकन्डक्टर प्रशोधनमा ढिलाइ भए पनि प्रभाव…
पुरा पढौ