प्रविधिको प्रयोग गरी सेवा प्रवाहमा सहजता ल्याउन, दोहोरो सुविधा हटाउने र लक्षित वर्गसम्म योजना तथा कार्यक्रमको पहुँच बढाउन बेनी नगरपालिकाले सबै घरपरिवारको विद्युतीय अभिलेखीकरण गरेको छ । सबै घरपरिवारको विस्तृत विवरण रहेको आर्थिक सामाजिक जोखिम व्यवस्थापन सूचना प्रणाली प्रयोगमा ल्याएको हो । यस्तो सूचना प्रणालीको प्रयोग गर्ने बेनी नगरपालिका नेपालकै पहिलो स्थानीय तह भएको नगर प्रमुख सुरत केसीले बताए। “घरदैलो गरेर सबै नगरवासीको घरपरिवारको विवरण सङ्कलन गरेर सफ्टवेयरमा राखेका छौँ”, उनले भने, “लक्षित समुदाय र आवश्यकता पहिचान गरेर कार्यक्रम सञ्चालन…
पुरा पढौ