पर्वत । जिल्लाको एक सय ४१ हेक्टरमा सिँचाइ सुविधा थप भएको छ । यहाँ सञ्चालित ११ वटा विभिन्न सिँचाइका योजना सम्पन्न भएसँगै स्थानीय किसानको सिँचाइमा पहुँच बढेको हो । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका अनुसार जलजला गाउँपालिका–८ मा तल्लो कुलो, उपल्लो कुलो, डिलकुलो सिँचाइ योजना, मोदी गाउँपालिका–८ को साजखोला ठूलीब्याड सिँचाइ योजना, कुश्मा नगरपालिका–१२ को अर्जिकोटखोला ब्याड सिँचाइ योजना, महाशिला–३ को अँधेरीखोला, घोप्टेचौर, निगालीडाँडा सिँचाइ योजना सम्पन्न भएका हुन् । त्यसैगरी मोदी–१ मा भुकताङ्ले सिँचाइ योजना, जलजला–७ मा लुङ्दीखोला–भेडावारी–दुलेपानी…
पुरा पढौ