समाचार

राजनीति

फोटो फिचर

  • नवनिर्मित धरहराको सुन्दरता (फोटो फिचर)





  • ‘म्यानमारलाई बचाऔं, हामी बर्मेलीको साथमा छौं’





    म्यानमारमा सेनाले सत्ता नियन्त्रणमा लिएर हिंसा फैलाएको र नागरिकमाथि दमन गरेको विरोधमा काठमाडौंको बसन्तपुरमा बुधबार गरिएको शान्तिपूर्ण प्रदर्शनमा नेपाली युवाहरु। वसन्तपुरमा युवाहरुले मैनबत्ती बालेर म्यानमारमा शान्तिको बाटोमा ल्याउन माग गरेका हुन्। युवाहरुले म्यानमारमा सैन्य शासनविरुद्धको प्रतिक बनेको ‘थ्री फिंगर सल्युट’ समेत गरे।

  • खना पकाउने दाउराको जोहो





    कास्कीको अन्नपूर्ण गाउँपालिका लुम्लेमा आगो बाल्नको लागि बाँसको दाउरा बनाउँदै एक बृद्ध । तस्विर : शशी पौडेल

  • नेवाः मिस पुचः दिदीबहिनीहरुको मादल मोह …





    तनहुँको शुक्लागण्डकी–४ दुलेगौडास्थित अरिदेव नेवाः मिस पुचः का दिदीबहिनीहरु सामूहिक तस्बीरमा । पुचः दिदीबहिनीहरुमा लोकबाजा मादलको मोह। नेपाली समाजमा लोकबाजा मादलको धुनसँगै वाद्यवाद्यकहरु हराउँदै जाँदा नेवारी समुदायका दिदीबहिनीहरुले एक महिनासम्म मादल बजाउने कला सिकेका छन्। मादल बजाउने कला सिकिसकेपछि उनीहरुले कला संरक्षणका लागि एक्यबद्धता जनाएका छन् । तालिममा २२ जनाको सहभागिता थियो। तस्बीर: एजेन्सी

  • नारी पनि के कुरामा कम छौँ र …?!





    १११ औँ अन्तराष्ट्रिय नारी दिवसमा तनहुँको देवघाट गाउँपालिकाले आयोजना गरेको श्रीमतीले श्रीमान बोकेर दौडने प्रतियोगिता। उक्त प्रतियोगितामा विष्णु र पदम अधिकारीको जोडी प्रथम भए। गंगा र नविन गुरुङको जोडी दोस्रो तथा सीता र बमबहादुर थापा क्षत्रीको जोडी तेस्रो बने। प्रतियोगिताा १४ दम्पत्तीले प्रतिस्पर्धा गरेको थियो। तस्बीरः एजेन्सी