प्रवास

चीनद्वारा अमेरिकी व्यापार तनाव समाधानका लागि ‘वार्ता’ आह्वान

विश्वका दुई सबैभन्दा ठूला अर्थतन्त्रले एक अर्काको आयातमा थुप्रै भन्सार शुल्क लगाउँदा बढ्दै गएको व्यापार तनाव समाधान गर्न बिहीबार चीनले वासिङ्टनसँग ‘वार्ता’ गर्न आह्वान गरेको छ । “चीन र अमेरिकाले आर्थिक र व्यापारिक क्षेत्रमा मतभेद र विवादप्रति सकारात्मक र सहयोगी मनोवृत्ति अपनाउनुपर्छ भनी चीनले सधैँ वकालत गर्दै आएको छ”, वाणिज्य मन्त्रालयका प्रवक्ता हे योङ्गकियानले साप्ताहिक पत्रकार सम्मेलनमा भने, “तर कुनै पनि प्रकारको सञ्चार र परामर्श आपसी सम्मान, समानता र आपसी फाइदामा आधारित हुनुपर्छ भन्ने कुरामा जोड दिनुपर्छ, धम्की र डर… पुरा पढौ

‘समाजवादी व्यवस्था ल्याउने बाटोमा अघि बढ्नु पर्छ’ : नेता कार्की

पोखरा । नेकपा (माओवादी केन्द्र)का सचिव तथा लेखक/विश्लेषक राम कार्की ‘पार्थ’ले नेपाली परिवेशमा कम्युनिष्ट विचारलाई परिष्कृत गर्दै समाजवादी व्यवस्था ल्याउने बाटोमा अघि बढ्नु पर्ने आवश्यकता औंल्याएका छन् । नेकपा (माओवादी केन्द्र) पश्चिम अन्तरमहादेशीय प्रवास प्रदेश संगठन समितिले आइतवार ३० औं जनयुद्ध दिवसको सन्दर्भमा गरेको ‘जनयुद्धको महत्व र अबको बाटो…’ विषयक विचार विमर्शमा उनले उक्त भनाई राखेका हुन् । ‘माओवादीले गरेको १० वर्षे जनयुद्धले सामान्ति राजतन्त्रको अन्त्य गरी नेपालमा गणतन्त्र ल्यायो’ कार्कीले भने, ‘गणतन्त्र आएपछि हामी केही अल्झिएका थियौं, अब भने… पुरा पढौ

इरानमा सन् २०२४ मा ९७५ जनालाई मृत्युदण्ड

इरानले गत वर्ष मृत्युदण्डको व्यवस्थामा ‘डरलाग्दो वृद्धि’ गर्दै कम्तीमा ९७५ जनालाई मृत्युदण्ड दिएको दुई मानव अधिकार समूहले बिहीबार बताएका छन्। नर्वेस्थित इरान ह्युमन राइट्स ९आईएचआर० र फ्रान्सेली समूह ‘टुगेदर अगेन्स्ट द डेथ पेनल्टी ९ईसीपीएम०’ का अनुसार सन् २००८ पछि इरानमा सन् २०२४ मा मृत्युदण्डको सजाय सुनाइएको यो सबैभन्दा बढी सङ्ख्या हो । इरानले मृत्युदण्डलाई ‘राजनीतिक उत्पीडनको मुख्य हतियार’का रूपमा प्रयोग गरेको आरोप लगाउँदै संयुक्त प्रतिवेदनमा भनिएको छ, “यो आँकडाले सन् २०२४ मा इरानमा मृत्युदण्डको प्रयोगमा डरलाग्दो वृद्धि भएको देखाउँछ। आईएचआरका… पुरा पढौ

अमेरिकाको वासिङ्टन विमान दुर्घटना: १८ जनाको शव भेटियो, उद्दार कार्य जारी

वासिङ्टनमा अमेरिकी सेनाको हेलिकप्टर र यात्रुबाहक विमान आपसमा ठोक्किएर दुर्घटना, कम्तीमा १८ जनाको शव फेलाअमेरिकाको वासिङ्टन डिसी नजिकै अमेरिकी एयरलाइन्सको विमानअमेरिकी सेनाको ‘ब्ल्याक हक’ हेलिकप्टरसँग ठोक्किएर दुर्घटना भएको छ । विमानमा ६० जना यात्रु र चार जना चालक दलका सदस्यसहित ६४ जना सवार रहेका थिए । अहिलेसम्म १८ जनाको शव फेला परेको स्थानीय सञ्चारमाध्यमले प्रहरी अधिकारीहरूले उद्धृत गरी जानकारी गराएका छन् । बम्बार्डियर कम्पनीको सीआरजे ७०० विमान विचिटा क्यानकासबाट वासिङ्टनतर्फ जाँदै थियो । अमेरिकी सञ्चारमाध्यमका अनुसार विमान दुर्घटनापछि हावामा दुई… पुरा पढौ

आगलागी भएको विमानमा रहेका सबै १७६ जनाको सकुशल उद्धार

दक्षिण कोरियाको विमानस्थलमा मङ्गलबार राति उडान गर्नुअघि यात्रु विमानमा आगलागी भएको तर जहाजमा रहेका सबै १७६ जनालाई सुरक्षित रूपमा बाहिर निकालिएको अधिकारीहरूले बताएका छन् । दक्षिण कोरियाली एयरलाइन्स एयर बुसानद्वारा सञ्चालित एयरबस विमान हङकङका लागि प्रस्थान गर्ने तयारी गरिरहेको बेला दक्षिणपूर्वको गिम्हे अन्तर्राष्ट्रिय विमानस्थलमा यसको पछाडिका भागहरूमा आगलागी भएको यातायात मन्त्रालयले विज्ञप्तिमा जनाएको छ । विमानका १६९ यात्रु, छ जना चालकदलका सदस्य र एक जना इन्जिनियरलाई एस्केप स्लाइड प्रयोग गरेर बाहिर निकालिएको मन्त्रालयले जनाएको छ । राष्ट्रिय अग्नि नियन्त्रण निकायले… पुरा पढौ

दक्षिणी क्यालिफोर्नियाको नयाँ क्षेत्रमा आगलागी, युनिभर्सिटीलाई तत्काल खाली गर्न निर्देशन

अमेरिकाको क्यालिफोर्निया राज्यको भेन्टुरा काउन्टीमा बिहीबार बिहान सुरू भएको अर्को डढेलो ९लगुना डढेलो० को प्रकोपका कारण क्यालिफोर्निया स्टेट युनिभर्सिटी च्यानल आइल्याण्ड्सले आफ्नो परिसर तत्काल खाली गर्न आदेश दिएको छ । भेन्टुरा काउन्टी स्टार पत्रिकाका अनुसार स्थानीय समयअनुसार बिहान ८ः३५ बजे क्यामरिलो समुदाय र विश्वविद्यालय परिसरको पश्चिममा रहेको पहाडमा आगलागी भएको थियो । भेन्टुरा काउन्टी फायर डिपार्टमेन्टका अनुसार घटनास्थलमा पुगेका चालक दलका सदस्यले स्थानीय समयअनुसार बिहान १०ः३० बजेभन्दा केही समयअघि आगोको आकार बढेर ५० एकड पुगेको बताएका छन् । हेलिकप्टरहरू पानीसहित… पुरा पढौ

वायु प्रदुषणका कारण बैङ्ककका करिब २०० विद्यालय बन्द

वायु प्रदूषणका कारण बैङ्ककका करिब २०० विद्यालयहरू बिहीबार बन्द गर्नुपरेको स्थानीय अधिकारीले बताएका छन्। मौसमी वायु प्रदूषणले यस क्षेत्रका धेरै देशहरूलाई जस्तै थाइल्याण्डलाई पनि लामो समयदेखि प्रभावित गरेको छ । चिसो मौसम र बालीका लागि नल पराल जलाउने र कारको धुवाँबाट निस्केको प्रदूषणले वायु प्रदूषित हुँदा बालबालिकालाई विद्यालय हरूले बिदा दिएका हुन्। आईक्यूएयरका अनुसार बिहीबार बिहानसम्म थाई राजधानी बैङ्कक विश्वको छैटौँ सबैभन्दा प्रदूषित प्रमुख शहर बनेको छ । पीएम २।५ प्रदूषकको स्तर १२२ माइक्रोग्राम प्रति घनमिटर पुगेको आईक्यूएयरले देखाएको छ… पुरा पढौ

बङ्गलादेशको विमानस्थलमा बमको धम्की

इटालीको रोमबाट ढाकाका लागि उडेको बङ्गलादेश एयरलाइन्सको विमानमा बम राखेको धम्की आएको छ । ढाकाको हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा अज्ञात नम्बरबाट आएको कलबाट यो धम्कीको जानकारी दिइएको थियो । विमानस्थलका कार्यकारी निर्देशक समूह क्याप्टेन कमरुल इस्लामले सो कुराको पुष्टि गरे । रोमबाट ढाकाका लागि उडेको विमान बीजी–३५६ मा बम आक्रमणको धम्की दिइएको उनले बताए । विमानले बिहान ९ः२० मा हजरत शाहजलाल विमानस्थलमा आकस्मिक अवतरण गरेको थियो । विमानका २५० यात्रु र १३ चालक दलका सदस्यलाई विमानबाट निकालेर टर्मिनलमा ल्याइयो ।… पुरा पढौ

आर्थिक असमानतालाई उद्धृत गर्दै डब्लुएचओबाट अमेरिकालाई हटाउने आदेशमा ट्रम्पको हस्ताक्षर

राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) बाट संयुक्त राज्य अमेरिकालाई फिर्ता लैजाने निर्देशन दिने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । ट्रम्पले कोभिड–१९ महामारी व्यवस्थापनको विषयमा डब्लुएचओको पटक–पटक आलोचना गरेका थिए। आफ्नो शपथग्रहणको केही घण्टापछि ह्वाइट हाउसमा बोल्दै उहाँले संयुक्त राज्य अमेरिकाले संयुक्त राष्ट्रसङ्घको निकायलाई चीनको तुलनामा धेरै बढी भुक्तान गरिरहेको उल्लेख गर्दै भने, “विश्व स्वास्थ्यले हामीलाई ठगेको छ ।” जेनेभा–स्थित सङ्गठनको सबैभन्दा ठूलो दाता संयुक्त राज्य अमेरिकाले डब्लुएचओको कार्यसञ्चालनका लागि महत्त्वपूर्ण वित्तीय सहयोग प्रदान गर्दछ । यसको फिर्तीले… पुरा पढौ

कोलम्बियामा सशस्त्र झडपमा परी चार दिनमा ८० जनाको मृत्यु, हजारौँ विस्थापित

कोलम्बियामा शान्ति प्रक्रिया ठप्प भइरहेका बेला ससस्त्र लडाकूबीच नयाँ श्रृङ्खला बिस्तार भएपछि चार दिनमा सर्वसाधारणसहित ८० जनाभन्दा बढीको मृत्यु भएको छ । सशस्त्र झडपका घटनापछि करिब ११ हजार मानिस विस्थापित भएका अधिकारीहरूले सोमबार जानकारी दिएका छन् । त्यहाँका बासिन्दाहरू आफ्नो ज्यान जोगाउन भागेपछि सेनाले कोकिन खेती गर्ने क्याटाटुम्बो क्षेत्रमा करिब पाँच हजार सैनिक तैनाथ गरेको थियो । नेशनल लिबरेशन आर्मी (ईएलएन) सशस्त्र समूहले गत बिहीबार क्याटाटुम्बोमा पार्क गुरिल्ला फोर्सका भूतपूर्व सदस्यहरू सम्मिलित प्रतिद्वन्द्वी समूहमाथि आक्रमण गरेको अधिकारीहरूले बताएका छन्। नर्ते… पुरा पढौ