प्रवास

दिल्लीका मुख्यमन्त्रीको ईच्छा, पशुपतिनाथको दर्शन

भारतको राजधानीस्थित दिल्ली प्रदेश सरकारका मुख्यमन्त्री रेखा गुप्ताले आराध्यदेव भगवान् श्री पशुपतिनाथको दर्शन गर्ने इच्छा व्यक्त गरेकी छन् । पाल्पा निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित सांसद सन्दीप राना नेतृत्वको समूहसँग भएको भेटका अवसरमा उनले आफू छिट्टै नेपाल आउने र भगवान पशुपतिनाथको पूजा, आराधना एवं दर्शन गर्ने जानकारी गराएकी छन् । पशुपतिनाथका कारण नेपाल भारतबीच सदियौँदेखि धार्मिक, सांस्कृतिक सम्बन्ध प्रगाढ रहँदै आएको मुख्यमन्त्री गुप्ताले बताईन् । भेटका क्रममा दुवै देशको विकासमा युवाको सहकार्य, दुई देशबीचको आपसी सम्बन्ध विस्तारलगायत विषयमा कुराकानी… पुरा पढौ

पत्रकार महासङ्घको ग्लोबल मिडिया सम्मेलन टोकियोमा सम्पन्न, नौ बुँदे घोषणापत्र जारी

नेपाल पत्रकार महासङ्घको समन्वयमा जापानको टोकियोमा आयोजित ‘एफएनजे ग्लोबल मिडिया सम्मेलन २०२६’ ले नौ बुँदे ‘टोकियो घोषणापत्र’ जारी गरेको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, श्रमजीवी पत्रकारका अधिकारको कार्यान्वयन, प्रवास पत्रकारिताको संस्थागत सुदृढीकरणलगायत विषय घोषणा पत्रमा समेटिएका छन् । मा नौ बुँदे ‘टोकियो घोषणापत्र’ जारी गरेको छ । घोषणापत्रमा कृत्रिम बुद्धिमत्ता ९एआई० लगायतका आधुनिक प्रविधिसम्बन्धी नीतिगत व्यवस्था गर्न आग्रह गरिएको छ । नेपाल(जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठका अवसरमा महासङ्घ, जापान शाखाको आयोजना र महासङ्घका सबै वैदेशिक शाखा युरोप, युके,… पुरा पढौ

सोमकुमार तामाङको कुवेतमा ड्रोन आक्रमणमा परि निधन

कुवेतमा ड्रोन आक्रमणमा परि मृत्यु हुनेमा नेपाली युवा सोमकुमार तामाङ रहेका छन् । कुवेतस्थित नेपाली दूतावासले विज्ञप्ति जारी गर्दै बिहीबार भएको ड्रोन आक्रमणमा परी ज्यान गुमाउनेमा त्यहाँ सवारी चालकको रुपमा कार्यरत तेह्रथुमका ४४ वर्षीय तामाङ भएको पुष्टि गरेको छ । विज्ञप्तिमा राजदूतावासले मृतक तामाङको पार्थिव शरीर कानुनी प्रक्रिया पुरा गरी यथाशीघ्र नेपाल पठाउन आवश्यक समन्वय भईरहेको जनाएको छ । यसका लागि त्यहाँका सरकारी निकायसँग सहकार्य गरेर अघि बढाइएको बताईएको छ ।राजदूतावासले मृतक तामाङको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति… पुरा पढौ

देशव्यापी विरोधबीच भारतीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानद्वारा राजीनामा

भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले ‘एनइइटी–युजी २०२६’ को प्रश्नपत्र चुहावटसम्बन्धी विवादपछि शनिबार पदबाट राजीनामा दिएका छन् । प्रधानले देशभर जारी विरोध प्रदर्शनका बीच विद्यार्थीहरूको हितलाई केन्द्रमा राख्दै र युवाहरूलाई भ्रममा पर्न नदिन आफूले केन्द्रीय मन्त्रिपरिषद्बाट राजीनामा दिएको बताए । प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्बोधन गर्दै लेखिएको राजीनामा पत्रमा उहाँले शिक्षा क्षेत्रसँग चार दशकभन्दा बढी समयदेखि आबद्ध रहेको उल्लेख गर्दै सशक्त, समावेशी र दूरदर्शी शिक्षा प्रणाली राष्ट्र निर्माणको आधार भएको बताए । उनले मे ३ मा सञ्चालित ‘एनइइटी–युजी २०२६’ परीक्षामा अनियमितता देखिएपछि… पुरा पढौ

पर्वत सेवा समाज अमेरिकामा पुर्णको नेतृत्व

पर्वत सेवा समाज न्यूयोर्क अमेरिकाको नेतृत्व पुर्ण श्रेष्ठले गरेका छन् । न्यूयोर्कको हिक्सभिलस्थित भिलेज ग्रीन परिसरमा सम्पन्न महाधिवेशनले श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा अर्जुन लामिछाने, उपाध्यक्षमा किशोर लामिछाने, महिला उपाध्यक्षमा पुष्पा रेग्मी, महासचिवमा प्रकाश शर्मा, सचिवमा सविन क्षेत्री तथा कोषाध्यक्षमा राजन गुरुङ चयन भएको त्यहाँबाट सुवास शर्मा लामिछानेले जानकारी दिए। सदस्यहरूमा युवक श्रेष्ठ, सुदिन कुमार परियार, एम। प्रसाद रिजाल, केशव सुवेदी, प्रकाश क्षेत्री तथा निशान पौडेल क्षेत्री छन्।समाजका निवर्तमान अध्यक्ष सूर्य पौडेलको अध्यक्षतामा… पुरा पढौ

परराष्ट्रमन्त्री खनाल आइतबार चीन भ्रमणमा जाँदै

परराष्ट्रमन्त्री शिशिर खनालले चीनको चारदिने औपचारिक भ्रमण गर्ने भएका छन् । चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा यही जेठ ३१ गते परराष्ट्रमन्त्री खनाल बेइजिङतर्फ प्रस्थान गर्ने छन् । र्नुहुने भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार चीनमा रहँदा मन्त्री खनालले आफ्ना समकक्षी वाङसँग नेपाल–चीन सम्बन्ध अझ सुदृढ बनाउने तथा आपसी सहकार्यलाई अझ सबल बनाउने सम्बन्धमा द्विपक्षीय वार्ता हुने छ । साथै उनले चीनका उच्च अधिकारीहरूसँग पनि बेग्लाबेग्लै भेटवार्ता गर्ने छन् । मुलुकमा वैदेशिक लगानी भित्र्याउने उद्देश्यले बेइजिङस्थित नेपाली दूतावासद्वारा आयोजना हुने लगानी… पुरा पढौ

फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी

दक्षिणी फिलिपिन्समा सोमबार बिहान ७.८ म्याग्निच्युडको शक्तिशाली समुद्री भूकम्प आएपछि सुनामीको खतरा उत्पन्न भएको छ । भूकम्पले प्रमुख तटीय क्षेत्रहरूलाई हल्लाउनुका साथै भवनहरूमा क्षति पुर्‍याएको, विद्युत् सेवा अवरुद्ध भएको र केही स्थानमा एक मिटर उचाइसम्मका सुनामीका छालहरू मापन गरिएको अधिकारीहरूले बताएका छन् । फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले जोखिमयुक्त तटीय क्षेत्रका बासिन्दाहरूलाई तत्काल सुरक्षित उच्च स्थानतर्फ जान आग्रह गरे । उनले सुनामी चेतावनीलाई गम्भीरतापूर्वक लिन आग्रह गर्दै मानिसको जीवनभन्दा महत्त्वपूर्ण अरू केही नभएको बताए । साथै, राष्ट्रिय सरकार र विपद्… पुरा पढौ

परराष्ट्रमन्त्रीको भारत भ्रमण: नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता

परराष्ट्रमन्त्री शिशिर खनालले वर्तमान सरकार गठनपछि पहिलोपटक भारतको औपचारिक भ्रमण गरेका छन् । भारतका विदेशमन्त्री डा एस जयशङ्करको निमन्त्रणामा गत शुक्रबार नयाँदिल्ली पुगेका मन्त्री खनालले शनिबार आफ्ना समकक्षीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गरे । वार्तामा विकास सहकार्य, सम्पर्क सञ्जाल विस्तार, व्यापार तथा पारवहन, ऊर्जा र जनस्तको सम्बन्धलाई अझ उन्नत तुल्याउनेलगायत विषयमा छलफल भएको थियो । वार्तामा नेपाल–भारत सम्बन्धका समग्र पक्षको समीक्षाका साथै आपसी हितका क्षेत्रीय तथा बहुपक्षीय विषयमा विचार आदानप्रदान भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।मन्त्रीद्वयले विभिन्न क्षेत्रमा भएको द्विपक्षीय सहकार्यको प्रगतिप्रति… पुरा पढौ

बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ,दीर्घकालीन प्रतिबन्धको तयारी

बेलायतले भविष्यका पुस्तालाई धूम्रपानबाट जोगाउने लक्ष्यसहित चुरोट खरिदमै दीर्घकालीन प्रतिबन्ध लगाउने ऐतिहासिक विधेयक पारित गरेको छ । जसलाई स्वास्थ्य क्षेत्रमा ठूलो मोडका रूपमा हेरिएको छ । संसद्बाट पारित यस कानूनले अबको पुस्तालाई चुरोटको पहुँचबाट क्रमशः टाढा लैजाने स्पष्ट सङ्केत दिएको छ । धूम्रपान नियन्त्रणका लागि दशकौँदेखि चलिरहेको अभियानपछि यो सफलता हासिल भएको भन्दै धूम्रपानविरुद्ध काम गर्ने संस्था ‘एक्सन अन स्मोकिङ एन्ड हेल्थ’ का प्रमुख कार्यकारी हेजल चिजम्यानले ‘धूम्रपानको अन्त्य अब टाढाको लक्ष्य होइन, अपरिहार्य प्रक्रिया बनिसकेको’ प्रतिक्रिया दिए । उनले… पुरा पढौ

सुप्रसिद्ध भारतीय गायिका आशा भोसलेको निधन

भारतीय सङ्गीतको स्वरयुग नै परिवर्तन गरेकी प्रख्यात गायिका आशा भोसलेको आइतबार निधन भएको छ । आठ दशकभन्दा बढी समय भारतीय सिनेमा र सङ्गीतलाई आफ्नो स्वरले समृद्ध बनाएकी उनको निधनले सम्पूर्ण कलाजगतलाई शोकमा डुबाएको छ । उनको ९२ वर्षको उमेरमा निधन भएको हो । मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा उपचाररत उनको ९२ वर्षको उमेरमा निधन भएको हो । चिकित्सक डा। प्रतीत समदानीका अनुसार बहु–अङ्ग विफलताका कारण उनले अन्तिम सास लिएकी हुन् । अस्पताल स्रोतअनुसार अत्यधिक थकान र छातीमा सङ्क्रमण भएपछि आशा भोसलेलाई… पुरा पढौ