समाज

कास्की-२ बाट महाधिवेशन प्रतिनिधिमा शंकरप्रसाद बास्तोला पनि उम्मेदवार

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कास्की क्षेत्र नं. २ बाट खुलातर्फ महाधिवेशन प्रतिनिधि पदका लागि शंकरप्रसाद बास्तोलाले उम्मेदवारी घोषणा गरेका छन्।यही असोज १० गते कांग्रेसको महाधिवेशन प्रतिनिधि चयन गर्ने कार्यतालिका छ। उम्मेदवारी घोषणा गर्दै बास्तोलाले आफ्नो राजनीतिक यात्रा पदका लागि मात्र नभई पार्टी र संगठनप्रतिको निरन्तर जिम्मेवारी र प्रतिबद्धताको यात्रा भएको बताए।वडा तहदेखि नेपाली कांग्रेसको राजनीतिक यात्रा सुरु गरेका बास्तोलाले पार्टीको १३औँ महाधिवेशनमा क्षेत्रीय सचिवको जिम्मेवारी सम्हालेका थिए। उनी नेपाली कांग्रेसका तर्फबाट पोखरा महानगरपालिका–४ को वडाध्यक्षसमेत भइसकेका छन्।त्यसैगरी, १४औँ… पुरा पढौ

हवाई खेलकुद संस्था ‘ना’को अध्यक्षमा तिवारी

पोखरा । नेपाल हवाई खेलकुद संस्था (ना) को अध्यक्षमा माधव तिवारी निर्वाचित भएका छन्। बिहीबार पोखरामा सम्पन्न संस्थाको २३औँ साधारण सभा तथा ११औँ अधिवेशनले तिवारीको अध्यक्षतामा दुई वर्षे कार्यकालका लागि १३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो।अध्यक्ष पदमा तिवारीले १३६ मत प्राप्त गर्दै विजयी हुँदा उनका प्रतिस्पर्धी सानुबाबु सुनुवारले १२३ र खेमराज आचार्यले १४ मत प्राप्त गरे।निर्वाचित अध्यक्ष तिवारीले पोखराको प्याराग्लाइडिङलाई व्यवस्थित र मर्यादित पेसाका रूपमा विकास गर्न विशेष भूमिका खेल्ने बताए। उनले सबैलाई मिलाएर संस्थाको नेतृत्व गर्ने बताए।ना को… पुरा पढौ

जिसस कास्कीमा गैरसरकारी संस्थाहरूको बार्षिक समिक्षा सुरु

जिल्ला समन्वय समिति कास्कीमा जिल्लामा क्रियाशिल गैरसरकारी संस्थाहरूको बार्षिक समिक्षा कार्यक्रम सुरु भएको छ। बिहीवार र शुक्रबार दुई दिन सम्म चल्ने सो समिक्षाको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गरे । उनले गैरसरकारी संस्थाहरू थप प्रभावकारी परिणामका लागि ठोष योजना सहित कार्य सम्पादन गर्न आग्रह गर्दै, हरेक तहका सरकारको सहयात्री र सहजकर्ता भएको उल्लेख गरे । उनले आफ्नो लक्ष्य सहित सामाजिक उत्तरदायित्वमा ध्यान पुर्याउन पनि आग्रह गरेका छन् । पारदर्शी र उत्तरदायी संस्थाहरू नै आफ्नो उद्देश्यमा सफल र… पुरा पढौ

भोटेकोशी बाढी प्रभावितलाई मौजाको करिब २ लाख सहयोग

रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावितको राहत तथा पुर्नस्थापनाको लागि पोखरा २० स्थित मौजा टोल विकास संस्थाले करिब २ लाख आर्थिक सहयोग गरेको छ । गत भदौं १० गते आएको विनासकारी बाढीका कारण परिवारसहित सर्वस्व गुमाएका पीडित परिवारका लागि संस्थाले १ लाख ९० हजार १२० रुपैयाँ ग्लोबल आएमई बैंकमा रहेको प्रधानमन्त्री दैवि प्रकोप उद्धार तथा राहत कोषको खातामा जम्मा गरेको वडा सदस्य गञ्जमान गुरुङले जानकारी दिए । बाढीका कारण देश नै आक्रान्त बनेको समयमा पीडित परिवारको पिडामा हातेमालो गर्न सो रकम… पुरा पढौ

हेमजामा शैक्षिक जागरणको दियोको रुपमा लक्ष्मीशरण उपाध्यायलाई स्मरण

हेमजामा शैक्षिक चेतनाको विकास र विस्तारमा महत्वपूर्ण योगदान पु¥याउने शिक्षासेवी लक्ष्मीशरण उपाध्यायलाई स्थानीय शैक्षिक जागरणका एक प्रेरणादायी व्यक्तित्वका रूपमा स्मरण गरिएको छ। हेमजा साहित्य प्रतिष्ठानको आयोजनामा शिक्षासेवी, कवि एवम् उत्प्रेरक लक्ष्मीशरण उपाध्याय तथा उनकी धर्मपत्नी राधा उपाध्याय पौडेलको स्मृतिमा ‘लक्ष्मीशरण उपाध्याय व्यक्तित्व र कृति परिचर्चा’ तथा २७४औँ शुभप्रभात काव्यमाला कार्यक्रम वक्ताहरुले शिक्षालाई समाज परिवर्तनको प्रमुख आधारका रूपमा आत्मसात् गर्दै उपाध्यायलाई हेमजाको शैक्षिक विकासमा पु¥याउनुभएको योगदानलाई अहिले पनि प्रेरणाका रूपमा लिने गरिएको बताएका हुन् ।शिक्षाको पहुँच सीमित रहेको समयदेखि नै हेमजामा… पुरा पढौ

भारी वर्षाको संभावनापछि कास्कीमा उच्च सतर्कता

कास्कीलगायत देशका विभिन्न भू–भागमा भारीदेखि अति भारीसम्म वर्षा हुनसक्ने पूर्वानुमान गरिएसँगै सम्भावित विपद्जन्य घटनाबाट हुने क्षति न्यूनीकरणका लागि कास्कीमा पूर्वतयारीसहित उच्च सतर्कता अपनाइएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले बाढीपहिरोको जोखिमलाई दृष्टिगत गरी यातायात सेवा, शैक्षिक संस्था, पर्यटन गतिविधि आदिसँग सम्बन्धित विभिन्न निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । उनका अनुसार बिहीबारदेखि आइतबारसम्म कास्कीबाट अन्य जिल्लाका लागि छुट्ने रात्रिकालीन सेवाका सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरिएको छ । जिल्लाका ग्रामिण भेगमा दिउँसो ४… पुरा पढौ

प्रौढ भलिबलको उपाधी पुरुषतर्फ पोखरा भेट्रान्स निलो र महिलातर्फ गुरुङ–मगर समाजलाई

शिशिर उजाडपोखरा पोखरामा आयोजित प्रथम खुला प्रौढ पुरुष तथा महिला भलिबलको उपाधी पोखरा भेट्रान्स निलो र गुरुङ–मगर समाजले उचालेका छन् । गुरुङ–मगर समाज, लामाचौरले आफ्नो प्रथम बार्षिकोत्सवका अवसरमा स्थानीय पातीघारी खेल मैदानमा आयोजना गरेको प्रतियोगितामा पुरुषतर्फ पोखरा भेट्रान्स निलो र महिला तर्फ आयोजक गुरुङ–मगर समाजले उचालेका हुन् ।पुरुषतर्फको फाईनल खेलमा पोखरा भेट्रान्स निलोले पोखरा भेट्रान्स रातोलाई ३–२ को सेटमा पराजित गर्दै उपाधि चुम्यो ।पराजित पोखरा भेट्रान्स रातो भने दोस्रोमा सिमित रह्यो । त्यस्तै महिलातर्फको फाइनल खेलमा आयोजक गुरुङ मगर समाजले… पुरा पढौ

नेपाली कांग्रेस कास्की क्षेत्र नं. १ को सभापतिमा सरोज केसीको उम्मेदवारी घोषणा

पोखरा । नेपाली कांग्रेस कास्की क्षेत्र नं. १ को सभापति पदमा सरोज केसीले उम्मेदवारी घोषणा गरेका छन्। उनले संगठनलाई व्यवस्थित, सक्रिय र बलियो बनाउँदै कार्यकर्ता र आम मतदाताबीचको सम्बन्ध थप मजबुत बनाउने उद्देश्यसहित उम्मेदवारी घोषणा गरेको बताएका छन्।असोज ८ गते जारी उम्मेदवारी घोषणा पत्रमा केसीले आफूले लामो समयदेखि संगठनमा काम गर्दै आएका साथीहरू, अग्रज नेता तथा शुभेच्छुकसँगको छलफल र सुझावपछि सभापति पदमा उम्मेदवारी दिने निर्णय गरेको उल्लेख गरेका छन्।उनले कास्की क्षेत्र नं. १ मा पार्टीको संगठनलाई व्यवस्थित, सक्रिय र बलियो… पुरा पढौ

पोखराका विद्यालयमा आज र भोलि बिदा

पोखरा । सम्भावित बाढी, पहिरो तथा अतिवृष्टिको जोखिमलाई ध्यानमा राख्दै पोखरा महानगरपालिकाले महानगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा आज ८ गते र भोलि ९ गते बिदा दिने निर्णय गरेको छ।महानगरपालिकाले पूर्वसावधानीस्वरूप दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो। उक्त दुई दिनको बिदा पछि दिइने अन्य सार्वजनिक बिदासँग समायोजन गरिने महानगरपालिकाले जनाएको छ।महानगरपालिकाले बिदाको अवधिमा विद्यार्थी, अभिभावक, शिक्षक तथा सम्पूर्ण महानगरवासीलाई आ–आफ्नो स्थानमा सतर्क र सुरक्षित रहन आग्रह गरेको छ। सम्भावित बाढी, पहिरो तथा अतिवृष्टिबाट हुन सक्ने जोखिमबाट बच्न आवश्यक… पुरा पढौ

पोखरा आइपुग्यो हुन्डाईको नयाँ भेन्यु, सुरुवाती मूल्य ४८ लाख ९६ हजार

पोखरा । हुन्डाईको नयाँ कम्प्याक्ट एसयूभी ‘द अल न्यू हुन्डाई भेन्यु’ पोखरा आइपुगेको छ। हुन्डाईले पोखरा तथा आसपासका ग्राहकलाई लक्षित गर्दै नयाँ भेन्युलाई बजारमा उपलब्ध गराएको हो।कम्पनीका अनुसार नयाँ भेन्युमा एसयूभी डिजाइनसँगै आरामदायी इन्टेरियर, आधुनिक प्रविधि र विभिन्न ड्राइभिङ आवश्यकतालाई ध्यानमा राखेर सुविधा थप गरिएको छ।भेन्युको बाहिरी डिजाइनमा ट्विन हर्न एलईडी डीआरएल, होराइजन एलईडी रियर कम्बिनेसन ल्याम्प, डार्क क्रोम ग्रिल तथा सिग्नेचर सी–पिलर गार्निस राखिएको छ।इन्टेरियरतर्फ १०.२५ इन्च ccNC इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले तथा एन्ड्रोइड अटो, डिजिटल क्लस्टर र… पुरा पढौ