समाचार

पर्वतीय दौडको हस्पिटल पार्टनर बन्यो मेडिप्लस एण्ड ट्रमा सेन्टर

पोखराको रानीपौवास्थित मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरले तेस्रो संस्करणको पुम्दी–भुम्दी खुल्ला पर्वतीय दौड प्रतियोगिता–२०८३ मा हस्पिटल पार्टनरका रूपमा सहकार्य गर्ने भएको छ । यही असोज २४ गते शनिबार पोखरा–२२ मा आयोजना हुने प्रतियोगितालाई सफल बनाउन अस्पतालले निःशुल्क एम्बुलेन्स सेवा सहित आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउने भएको हो ।यससम्बन्धी सम्झौतापत्रमा मेडिप्लस हस्पिटलका प्रमुख सञ्चालन अधिकृत प्रकाश वि.क. र प्रतियोगिता संयोजक दीननाथ बरालले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार प्रतियोगिता अवधिभर आकस्मिक तथा प्राथमिक स्वास्थ्य उपचारका लागि अस्पतालले आवश्यक जनशक्ति र एम्बुलेन्स सेवा… पुरा पढौ

एमालेको सचिवालय बैठक जारी,ओलीको राजीनामा नमाग्ने र आलोचना नगर्ने कार्यदलमा सहमति

नेकपा एमालेको सचिवालय बैठक जारी छ। दिउँसो १ बजेका लागि डाकिएको बैठक एमाले पुनर्गठन कार्यदल बैठक लम्बिएका कारण साढे ४ बजे मात्रै सुरु भएको हो । बैठकमा तीन वटा प्रतिवेदनलाई मिलाएर कार्यदलका नेताहरूले तयार पारेको एउटै साझा प्रतिवेदन पेश गरिएको स्रोतले जनाएको छ । यसअघि नेताहरू रामबहादुर थापा, शङ्कर पोखरेल र प्रदीप ज्ञवालीले तीन अलग प्रतिवेदन मस्यौदा तयार गरेका थिए । सचिव पद्मा अर्यालले कार्यदलले साझा प्रतिवेदन बनाएर सचिवालयमा पेश गरेको जानकारी दिदैं, बाँकी निर्णय सचिवालयले गर्ने पनि बताइन् ।सचिव… पुरा पढौ

कास्की आइडल–२ गायन र नृत्यतर्फ २२–२२ जना अर्को चरणका लागि छनोट

‘कास्की आइडल सिजन–२’ को पहिलो एलिमिनेसन राउन्ड सम्पन्न भएको छ । गायन र नृत्यतर्फबाट समान २२–२२ जना गरी ४४ जना प्रतियोगी अर्को चरणका लागि छनोट भएका छन् । गायनतर्फ छनोट हुनेमा प्रमेश गुरुङ, रोशनी विश्वकर्मा, प्रताप रानाभाट, मनसा गुरुङ, राजन सार्की, इभा बास्तोला, सदीक्षा सुनार, इडिभा खातीवडा, सुमन भण्डारी, विवेक बराइली, राजु गुरुङ, ओभिया गुरुङ, बुद्धि तामाङ, रिहाना बास्तोला, अमृत गुरुङ, संस्कार सुबेदी, रमण खान, अञ्जल बी.क. मिलन विश्वकर्मा, आरती नेपाली, दिक्ष्या लामिछाने र डिप्सन दर्जी छन् । त्यस्तै नृत्यतर्फ… पुरा पढौ

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए, एक हजार ३६२ शवको विवरण प्रहरीको वेबसाइटमा

भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाहरूमध्ये एक हजार ४३६ जनाको शव फेला परेको छ । नेपाल प्रहरीका अनुसार आज बिहानसम्म रसुवामा २२३, नुवाकोटमा २०३, धादिङमा ७२, चितवनमा ३६५, गोरखामा ७९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २३२ र नवलपरासी पश्चिममा २२२ गरी एक हजार ४३४ शव फेला परेका हुन् । फेला परेका शव पहिचानका लागि ‘डिएनए’ नमूना सङ्कलन गरी हालसम्म एक हजार २९२ शव व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ । शव पहिचानका लागि मृतकका एक हजार २८६ र आफन्तका एक हजार ९९७ गरी… पुरा पढौ

रसुवा बाढी प्रभावितलाई धम्पुस पोखरी घोताने चेलीबेटीको १ लाख सहयोग

धम्पुस पोखरी घोताने चेलीबेटी समूह, पोखराले रसुवाको भोटेकोशी बाढीपीडितका लागि १ लाख रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । सङ्कलित रकमलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषको आधिकारिक खातामा दाखिला गरेपश्चात् समूहकी अध्यक्ष मायाकुमारी गुरुङले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई सहयोगको हात फैलाउन अपिल गरेकी छन् ‘आपतविपतको समयमा संसारभर छरिएर रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले मन फुकाएर थोपाथोपा गरी मद्दत एवम् सहयोग गरौँ,’ अध्यक्ष गुरुङले भनिन् । तीज पर्वको अवसरमा हुने परम्परागत दर खाने कार्यक्रमको खर्च कटौती गरी… पुरा पढौ

कांग्रेसको ३१ जिल्लामा आज वडा अधिवेशन हुँदै, पोखरा र अन्नपुर्णमा को को भए सभापति ?

नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत आज ३१ जिल्लामा वडा अधिवेशन भईरहेको छ । हिजो ४३ जिल्लाका तीन हजार ३९६ वडामा वडा अधिवेशन भएको थियो।केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार रसुवा, नुवाकोट र धादिङबाहेक अन्य ३१ जिल्लामा वडा अधिवेशन भईरहेको हो । समितिका अनुसार ताप्लेजुङदेखि कञ्चनपुरसम्मका ४३ जिल्लाका तीन हजार ३९६ वडामा अधिवेशन सम्पन्न भएको हो । अधिवेशनबाट सम्बन्धित वडाका वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन भएका छन् । केन्द्रीय निर्वाचन समितिकाअनुसार गोरखा, कास्की, मनाङ, पर्वत, स्याङ्जा, बागलुङ, नवलपुर,… पुरा पढौ

रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो

गत भदौ १० गतेको रसुवाको भोटेकोशीमा गएको विकासकारी विपद् घटनापछि हिमाली जिल्ला मुस्ताङको पर्यटनमा समेत असर परेको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङको पर्यटकीय तथ्याङ्कअनुसार चालु वर्षको साउनको तुलनामा भदौमा मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन सङ्ख्या घटेको पाइएको हो ।कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडकमार्ग बाढी पहिरो र नदी कटानले साउन महिनामा दर्जनौँ पटक सडक अवरुद्ध हुँदासमेत मुस्ताङमा पर्यटकको आगमन उल्लेख रहे पनि रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन सङ्ख्या ह्वात्तै घटेको प्रहरीको तथ्याङ्कले देखाएको छ ।प्रहरीका अनुसार चालु वर्षको साउनमा भन्दा… पुरा पढौ

फिस्टेल हस्पिटलको २८औँ साधारण सभा सम्पन्न, कर्मचारी तथा चिकित्सकहरु सम्मानित

पोखरा । फिस्टेल हस्पिटल एन्ड रिसर्च सेन्टर प्रा.लि.को २८औँ साधारण सभा शनिबार पोखरामा सम्पन्न भएको छ। सभामा अस्पतालका संस्थापक, सञ्चालक तथा प्रतिनिधिहरूले अस्पतालको पछिल्लो प्रगति, बिरामीको बढ्दो चाप तथा कर्मचारी र चिकित्सकहरूको योगदानको प्रशंसा गरेका थिए। सभाले विभिन्न प्रतिवेदनहरू समेत अनुमोदन गरेको छ। कर्मचारी तथा चिकित्सक सम्मानित अस्पतालले उत्कृष्ट कार्यसम्पादन, समर्पण, व्यावसायिकता र अनुशासनको कदर गर्दै कर्मचारी तथा चिकित्सकलाई विशेष पुरस्कार तथा सम्मान प्रदान गरेको अध्यक्ष अशोक पालिखेले जानकारी दिनुभयो। उत्कृष्ट कार्यसम्पादन पुरस्कारबाट मेड/पेडियाट्रिक विभागकी इन्चार्ज भूमिका पराजुली, आईसीयू/एनआईसीयू इन्चार्ज… पुरा पढौ

पुम्दी-भुम्दी पर्वतीय दौडमा युनाइटेड अजोड इन्स्योरेन्स पार्टनर

पोखरा, असोज ३। तेस्रो संस्करणको पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगिता–२०८३ को इन्स्योरेन्स पार्टनरमा युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड जोडिएको छ। पोखराको खेलकुद तथा पर्यटन क्षेत्रको प्रवर्धनलाई ध्यानमा राख्दै कम्पनीले यस वर्ष पनि प्रतियोगितासँग सहकार्य गरेको आयोजकले जनाएको छ। प्रतियोगितासँग सहकार्य गर्ने सम्बन्धमा युनाइटेड अजोड इन्स्योरेन्सका गण्डकी प्रदेश प्रमुख गोपालप्रसाद पौडेल र प्रतियोगिता संयोजक दीननाथ बरालले सम्झौतापत्रमा हस्ताक्षर गरे। प्रदेश प्रमुख पौडेलले प्रतियोगितासँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्दै अघिल्लो वर्षदेखि सुरु भएको सहकार्यलाई आगामी दिनमा पनि निरन्तरता दिने बताए। पोखरा प्रवर्धन केन्द्र… पुरा पढौ

पाल्पाली सहकारी पत्रकारिता पुरस्कारबाट नेपाल सम्मानित

पोखरा, ३ असोज । पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सहकारी पत्रकारिता पुरस्कार–२०८३ बाट पत्रकार विजय नेपाल सम्मानित भएका छन् ।संस्थाको शनिबार आठौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन अवसरमा उनलाई नगद, दोसल्ला, टीका र सम्मानपत्रसहित सम्मान गरिएको हो ।पाल्पाली समाज पोखराको पहलमा २०७६ असार १३ गते खोलिएको उक्त सहकारीले प्रत्येक ४ वर्षमा सहकारी पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ ।सहकारी अध्यक्ष चिरञ्जीवी श्रेष्ठको अध्यक्षतामा भएको समारोहमा प्रमुख अतिथि डा. हुमप्रसाद न्यौपाने, पाल्पाली समाज पोखराका अध्यक्ष श्रीधर पराजुली, सहकारीका पूर्व अध्यक्ष कुलप्रसाद… पुरा पढौ