स्वास्थ्य

ल्याण्डमार्कको रक्तदानमा ५४ युनिट संकलन, विदेशीले पनि गरे रक्तदान

पोखराको लेकसाइडस्थित होटल ल्याण्डमार्कले आयोजना गरेको रक्तदान कार्यक्रमबाट ५४ यूनिट रगत संकलन भएको छ । शुक्रबार आयोजित कार्यक्रममा होटलका कर्मचारी सहित होटलमा बसिरहेका विदेशी पाहुनाले पनि रक्तदान गरेका थिए । होटलका वरिष्ठ व्यापार विकास अधिकृत पुष्पराज चालिसेका अनुसार होटलका कर्मचारी, भारतीय र तेश्रो मुलुकका विदेशीले समेत रक्तदान गर्दा ५४ यूनिट रगत संकलन भएको हो। रसुवा भोटेकोशीको बाढीले धेरै घाईते भएको र उनीहरुका लागि रगत आवश्यक पर्न सक्ने अवस्थालाई मध्यनजर गरेर यतिबेला रक्तदान कार्यक्रम गरेको उनले बताए । कार्यक्रमका संयोजक कृष्णप्रसाद… पुरा पढौ

अल्जाईमर सचेतना कमीको कारण घर, परिवारलाई दुःख

पोखरा, असौज ६ । अल्जाईमर रोग कुनै जुनीको पाप होईन, यो सरुवा रोग पनि होईन त्यसैले घरपरिवार र समुदायमा डर उत्पन्न गराउनु हुँदैन भन्दै आज पोखरामा पनि बिश्व अल्जाईमर दिवस मनाईयो । संयुक्त राष्ट्रसंघले घोषणा गरेको बिश्वब्यापि मान्यताको मानव अधिकार मध्य ज्येष्ठ नागरिकहरुलाई प्रायः हुने अल्जाईमर अर्थात बिर्सने समस्याबाट पीडित बिरामीहरुको संरक्षणका लागि पनि उत्तिकै क्रियाशिल हुनु पर्ने बताईएको छ ।पोखरामा आयोजित अल्जाईमर रोग सम्बन्धी सचेतना कार्यक्रमका बरिष्ठ मानसिक चिकित्सक प्रा.डा.निर्मल लामिछानेका अनुसार बिर्सने रोग अर्थात अल्जाईमर समस्याको तथ्याङ्क नेपालमा… पुरा पढौ

फिस्टेल हस्पिटलको २८औँ साधारण सभा सम्पन्न, कर्मचारी तथा चिकित्सकहरु सम्मानित

पोखरा । फिस्टेल हस्पिटल एन्ड रिसर्च सेन्टर प्रा.लि.को २८औँ साधारण सभा शनिबार पोखरामा सम्पन्न भएको छ। सभामा अस्पतालका संस्थापक, सञ्चालक तथा प्रतिनिधिहरूले अस्पतालको पछिल्लो प्रगति, बिरामीको बढ्दो चाप तथा कर्मचारी र चिकित्सकहरूको योगदानको प्रशंसा गरेका थिए। सभाले विभिन्न प्रतिवेदनहरू समेत अनुमोदन गरेको छ। कर्मचारी तथा चिकित्सक सम्मानित अस्पतालले उत्कृष्ट कार्यसम्पादन, समर्पण, व्यावसायिकता र अनुशासनको कदर गर्दै कर्मचारी तथा चिकित्सकलाई विशेष पुरस्कार तथा सम्मान प्रदान गरेको अध्यक्ष अशोक पालिखेले जानकारी दिनुभयो। उत्कृष्ट कार्यसम्पादन पुरस्कारबाट मेड/पेडियाट्रिक विभागकी इन्चार्ज भूमिका पराजुली, आईसीयू/एनआईसीयू इन्चार्ज… पुरा पढौ

गोपालधाममा १ सय १६ जनाको रक्त परीक्षण

गोपाल सेवा केन्द्र, पोखरा–१८ मा शनिबार भएको निशुल्क रक्त परीक्षण शिविरमा १ सय १६ जनाको सित्तैमा जाँच गरिएको छ । गण्डकी प्रदेशकै पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल)को प्राविधिक सहयोगमा उनीहरुको मधुमेह र कलेजोसम्बन्धी जाँच निशुल्क गरिएको हो । कार्यक्रममा वरिष्ठ पेट तथा कलेजो रोग विशेषज्ञ डा शंकर बरालले पेट तथा कलेजोका विभिन्न रोगबारे प्रकाश पारे । उनले ग्यास्टिक खानपानले मात्र नभई ब्याक्टेरियाका कारणले पनि हुन सक्ने उल्लेख गरे । युआरएएलका प्रबन्ध निर्देशक गणेशप्रसाद कोइरालाले संस्थाले गरिरहेका शिविरहरु विश्वास… पुरा पढौ

पुरञ्चौरमा रक्तदान, ४६ युनिट संकलन

पोखराको पुरञ्चौरमा आयोजना भएको खुल्ला रक्तदान कार्यक्रममा ४६ युनिट संकलन भएको छ । संविधान दिवसको अवसरमा नेपाल रेडक्रस सोसाईटी, पोखरा १९ उपशाखाको आयोजना र प्राकृतिक स्रोत व्यवस्थापन कलेजको समन्वयमा भएको कार्यक्रममा पहिलो पटक रक्तदान गर्नेको अधिक सहभागिता रहेको थियो । कार्यक्रमको नेपाल रेडक्रस सोसाईटी, कास्की शाखाका सभापति उर्मिला खड्काले पहिलो रक्तदाता रविन चौलागाईंलाई ब्लडव्याग हस्तान्तरण गरि उद्घाटन गरिन् । उनले मानव जीवनलाई निरोगी र तन्दुरुस्त बनाउन नियमित रुपमा रक्तदान गर्नु आवश्यक रहेको बताईन् । सभापति खड्काले हालै भोटेकोशीमा आएको विनासकारी… पुरा पढौ

काजिपोखरीमा महिलाका लागि यौंन तथा प्रजनन् स्वास्थ्य सचेतना

नेपाल परिवार नियोजन संघ कास्कीले महिलाका लागि यौन तथा प्रजनन् स्वास्थ्य सचेतना कार्यक्रम गरेको छ । १३ औं परिवार योजना दिवस तथा नेपाल परिवार नियोजन संघको ६७ औं स्थापना दिवसको अवसरमा पोखरा १४ काजिपोखरीमा कार्यक्रम गरिएको हो । जलेश्वर आमा समूह र प्रगतिशील टोल विकास संस्थाको समन्वयमा कार्यक्रम गरिएको थियो । समुदायमा परिवार नियोजनका सेवा बारे जानकारी दिने र महिलासँग सम्वन्धित स्वास्थ्य समस्या बारे सचेतना गर्ने उद्देश्यले कार्यक्रम गरिएको नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलले जानकारी दिए ।… पुरा पढौ

प्रदेश उद्योग वाणिज्य संघ गण्डकीको उदाहरणीय कार्य : शवगृहको अभाव झेलिरहेको पोखराका अस्पताललाई पोर्टेवल शवगृह मर्चरी प्रदान

सन्देश श्रेष्ठपोखरा, भदौ ३१ गण्डकी प्रदेशको राजधानी पोखराले शवगृहको अभाव झेलिरहेको छ । जसको परिणाम स्वरुप कुनै दैवी विपत्ती आईपर्दा शव व्यवस्थापनमा सकस हुँदै आएको छ । केहि दिन अगाडि भोटेकोशी बाढीका कारण मृत्यु भएकाहरुको शव व्यवस्थापन गर्न असहज भएको थियो । पोखरामा ८ वटा अस्पतालमा ८८ वटा शव अटाउने क्षमताको शवगृहहरु छन् । तर बाढीमा मृत्यु भएका १०२ वटा शव पोखरा ल्याइएपछि त्यसको व्यवस्थापन गर्न चुनौतिपूर्ण बन्यो । जसका कारण पोखरा–१६ जौबारीस्थित सिंचाईको स्वामित्वमा रहेको गाँडतरामा शव जमिनमुनि व्यवस्थापन… पुरा पढौ

गण्डकी प्रदेशमा नौ महिनामा दुई हजार ३११ जनामा डेङ्गु सङ्क्रमण

गण्डकी प्रदेशका १० जिल्लामा गत पुस–माघदेखि हालसम्म दुई हजार ३११ जनामा डेङ्गुको सङ्क्रमण पुष्टि भएको छ । मनाङमा यस वर्ष अहिलेसम्म डेङ्गुको सङ्क्रमण नदेखिएको प्रादेशिक रोग नियन्त्रण केन्द्रले जनाएको छ । गत जुलाइपछि डेङ्गु सङ्क्रमणको दर बढेको केन्द्रका निर्देशक मनमोहन मिश्रले बताए । गत जेठ र असारमा ४१५ जनामा सङ्क्रमण पुष्टि भएकामा साउनमा त्यो सङ्ख्या बढेर एक हजार २४७ पुगेको थियो । भदौ लागेयता ३८२ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । पछिल्लो हप्ता सेप्टेम्बर ७ देखि १३ भित्रमा २२८ जनामा… पुरा पढौ

शव पहिचान गर्न पोखरामा २५ जना आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

भोटेकोशीको बाढीमा परी ज्यान गुमाएकाको शव पहिचानका लागि पोखरामा अहिलेसम्म २५ आफन्तको ‘डिएनए’ नमुना सङ्कलन गरिएको छ । जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीका अनुसार बाढीमा बेपत्ता भएकाहरुको खोजी तथा शव पहिचानका लागि उनीहरुका आफन्तको ‘डिएनए’ नमुना सङ्कलन भइरहेको छ । ‘डिनएन’का लागि निवदेन, मञ्जुरीनामा फाराम भर्ने र रगतको नमुना सङ्कलन गर्ने कार्य एकीकृत रुपमा जिल्ला प्रहरी कार्यालयबाट भइरहेको उनले बताए । बाढीमा परी ज्यान गुमाएकामध्ये एक सय दुई शव परीक्षण तथा पहिचानका लागि पोखरा स्वास्थ्य विज्ञान… पुरा पढौ

युआरएलको सित्तैमा मधुमेह र टिजी जाँच, १२० जना लाभान्वित

पोखरा, २० भदौनिशुल्क स्वास्थ्य शिविरलाई अभियानकै रुपमा अघि बढाएको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) को प्राविधिक सहयोगमा शनिबार पोखरामा रगतमा हुने खराब बोसो (टिजी) र मधुमेह जाँच सित्तैमा गरिएको छ ।सयपत्री बचत तथा ऋण सहकारी पोखरा–८ को १६ औँ साधारणसभामा भएको शिविरमा एक सय २० जनाको सित्तैमा जाँच गरिएको हो । कार्यक्रममा डा पेट तथा कलेज रोग विशेषज्ञ डा शंकर बराल आन्द्राको क्यान्सर, ग्याष्ट्रिक र यसबाट आउन सक्ने समस्या र कलेजोका रोगहरुबारे प्रकाश पारे । उनले भने, ‘कलेजो ९०सम्म बिग्रिदा… पुरा पढौ