खेलकुद

प्रौढ भलिबलको उपाधी पुरुषतर्फ पोखरा भेट्रान्स निलो र महिलातर्फ गुरुङ–मगर समाजलाई

शिशिर उजाडपोखरा पोखरामा आयोजित प्रथम खुला प्रौढ पुरुष तथा महिला भलिबलको उपाधी पोखरा भेट्रान्स निलो र गुरुङ–मगर समाजले उचालेका छन् । गुरुङ–मगर समाज, लामाचौरले आफ्नो प्रथम बार्षिकोत्सवका अवसरमा स्थानीय पातीघारी खेल मैदानमा आयोजना गरेको प्रतियोगितामा पुरुषतर्फ पोखरा भेट्रान्स निलो र महिला तर्फ आयोजक गुरुङ–मगर समाजले उचालेका हुन् ।पुरुषतर्फको फाईनल खेलमा पोखरा भेट्रान्स निलोले पोखरा भेट्रान्स रातोलाई ३–२ को सेटमा पराजित गर्दै उपाधि चुम्यो ।पराजित पोखरा भेट्रान्स रातो भने दोस्रोमा सिमित रह्यो । त्यस्तै महिलातर्फको फाइनल खेलमा आयोजक गुरुङ मगर समाजले… पुरा पढौ

ब्याडमिन्टनको उपाधि ग्लोबल कलेजियटलाई, प्रतिभा उपविजेता

कास्की जिल्ला ब्याडमिन्टन संघको आयोजनामा पोखरामा आयोजित २२ औं इन्द्रबहादुर गुरुङ मेमोरियल अन्तर स्कुल ब्याडमिन्टन प्रतियोगिताको उपाधि पोखराको ग्लोवल कलेजियट स्कुलले जितेको छ । प्रतियोगितामा पालिखेचोकको प्रतिभा मावि उपविजेता बनेको छ । आइतबार भएको फाइनल खेलमा ग्लोवलले १४ र प्रतिभाले ९ अंक बटुलेको थियो । मासवारको मदरल्याण्ड मावि तेश्रो भएको थियो । प्रतियोगितामा पोखरामा विभिन्न ४१ वटा विद्यालयले प्रतिश्पर्धा गरेका थिए । ती विद्यालयका छात्रातर्फका ४२ र छात्रतर्फ १ सय ३ टोली सहभागि भएका थिए । प्रमुख अतिथि गण्डकी प्रदेशसभा… पुरा पढौ

पर्वतीय दौडको हस्पिटल पार्टनर बन्यो मेडिप्लस एण्ड ट्रमा सेन्टर

पोखराको रानीपौवास्थित मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरले तेस्रो संस्करणको पुम्दी–भुम्दी खुल्ला पर्वतीय दौड प्रतियोगिता–२०८३ मा हस्पिटल पार्टनरका रूपमा सहकार्य गर्ने भएको छ । यही असोज २४ गते शनिबार पोखरा–२२ मा आयोजना हुने प्रतियोगितालाई सफल बनाउन अस्पतालले निःशुल्क एम्बुलेन्स सेवा सहित आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउने भएको हो ।यससम्बन्धी सम्झौतापत्रमा मेडिप्लस हस्पिटलका प्रमुख सञ्चालन अधिकृत प्रकाश वि.क. र प्रतियोगिता संयोजक दीननाथ बरालले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार प्रतियोगिता अवधिभर आकस्मिक तथा प्राथमिक स्वास्थ्य उपचारका लागि अस्पतालले आवश्यक जनशक्ति र एम्बुलेन्स सेवा… पुरा पढौ

पुम्दी-भुम्दी पर्वतीय दौडमा युनाइटेड अजोड इन्स्योरेन्स पार्टनर

पोखरा, असोज ३। तेस्रो संस्करणको पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगिता–२०८३ को इन्स्योरेन्स पार्टनरमा युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड जोडिएको छ। पोखराको खेलकुद तथा पर्यटन क्षेत्रको प्रवर्धनलाई ध्यानमा राख्दै कम्पनीले यस वर्ष पनि प्रतियोगितासँग सहकार्य गरेको आयोजकले जनाएको छ। प्रतियोगितासँग सहकार्य गर्ने सम्बन्धमा युनाइटेड अजोड इन्स्योरेन्सका गण्डकी प्रदेश प्रमुख गोपालप्रसाद पौडेल र प्रतियोगिता संयोजक दीननाथ बरालले सम्झौतापत्रमा हस्ताक्षर गरे। प्रदेश प्रमुख पौडेलले प्रतियोगितासँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्दै अघिल्लो वर्षदेखि सुरु भएको सहकार्यलाई आगामी दिनमा पनि निरन्तरता दिने बताए। पोखरा प्रवर्धन केन्द्र… पुरा पढौ

नेपाल भूतपूर्व खेलाडी मञ्चको मासिक दौड : कर्पोरेटमा आइला र भीमकुमारी, आमा समूहमा आशा र खुल्लामा अमन बने बिजेता

पोखरा, असोज ३। पोखरामा शनिबार भएको दौड प्रतियोगितामा कर्पोरेट पुरुषतर्फ प्रतिभा माविका आइला साई, कर्पोरेट महिलातर्फ माउन्ट अन्नपूर्ण माविकी भीमकुमारी पुन, आमा समूहमा आशा राना र खुला पुरुषतर्फ माउन्ट अन्नपूर्णका अमन तिलिजा पहिलो भएका छन्। १६ वर्षमुनिको छात्रातर्फ कालिका स्कुलकी शनिसा सापकोटा र छात्रतर्फ छोरेपाटन माविका सुवान विक पहिलो भए।नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा पोखरा रंगशालामा भएको २१औँ श्रृंखलाअन्तर्गत विभिन्न विधाको दौडमा ४ सय ५० भन्दा बढी धावक सहभागी भएको स्वयंसेवक संयोजक ओम गुरुङले बताए।कर्पोरेट पुरुषतर्फ कान्तिपुर एकेडेमीका कुल चन्द्र… पुरा पढौ

पोखरामा कर्पोरेट र आमा समूह दौड

पोखरामा कर्पोरेट पुरुष, बिद्यार्थी छात्र÷छात्रा, खुला÷महिला ÷पुरुष ५ किलोमिटर, आमा समुह र कर्पोरेट महिला समूहको ३ किलोमिटर दौड प्रतियोगिता सम्पन्न भएको छ । पोखरा अन्तराष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा शनिवार कर्पोरेट ÷महिला पुरुष, पोखरा १० का आमा समुह तथा टोल विकास संस्थाका महिला सदश्यहरु, बिद्यार्थी छात्र–छात्रा र खुला महिला–पुरुष दौड सम्पन्न भएको हो । मञ्चले नियमित रुपमा आयोजना गदै आइरहेको साप्ताहिक तथा मासिक दौड अन्तगर्त प्रत्येक महिनाको पहिलो शनिवार आयोजना गर्दै आएको २१ औँ श्रृंखला अन्तरगर्त… पुरा पढौ

सहारा पत्रकारिता पुरस्कारबाट पराजुली पुरस्कृत

पोखरा — सहारा क्लब पोखराले २८औँ वार्षिकोत्सवमा पत्रकार रोहितराज पराजुली एवं परिवारलाई सहारा पत्रकारिता पुरस्कार २०८२ प्रदान गरेको छ।क्लबले सहारा उत्कृष्ट सदस्य पुरस्कार २०८२ बाट सदस्य सिद्धान्त थापा मगरलाई सम्मान गरेको छ। त्यस्तै, कक्षा १२ उत्तीर्ण सदस्य प्रविण श्रेष्ठकी छोरी आस्था श्रेष्ठ र MBA उत्तीर्ण कार्यसमिति सदस्य शैलेश गुरुङलाई शैक्षिक सम्मान प्रदान गरेको छ।विशेष समारोहमा सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री माननीय रेखा गुरुङ्ग प्रमुख अतिथिका रूपमा सहभागी थिइन्। हिमश्री फुड्स प्रा.लि.का प्रबन्ध निर्देशक प्रकाश के.सी. र पोखरा महानगरपालिका वडा… पुरा पढौ

गुरुङ–मगर समाज लामाचौरले प्रौढ पुरुष तथा महिला भलिबल प्रतियोगिता असोज १ गतेदेखि आयोजना गर्ने

सन्देश श्रेष्ठपोखरा, भदौ २९ गुरुङ–मगर समाज, पोखरा–१९, लामाचौर (पातीघारी)ले राष्ट्रिय खुल्ला प्रौढ पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । समाजले आफ्नो प्रथम वार्षिकोत्सवको अवसरमा यहि असोज १ गतेदेखि ४ गतेसम्म लामाचौर पातीघारीमा प्रतियोगिता आयोजना गर्ने सोमबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो । राष्ट्रिय खेलको विकास, खेलाडीबीच आपसी सद्भाव र लुकेर रहेका प्रतिभाको खोजी गर्ने उद्धेश्यले प्रतियोगिता आयोजना गर्न लागेको खेल संयोजक सन्दीप थापा मगरले जानकारी दिए । “राष्ट्रिय खेलको विकास, स्वास्थ्यका लागि खेलकुद, चालीस कट्यो,… पुरा पढौ

बाढी प्रभावितको सहयोगार्थ ‘मिडिया कप फुटसल’को तयारी पूरा

पोखरा, भदौ २८ कल्प मिडिया एण्ड मल्टिपर्पोज प्रालिअन्तर्गत नयाँलिपि न्यूज डटकमको आयोजनामा असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता-२०८३’ को तयारी अन्तिम चरणमा पुगेको छ । आयोजकले आईतबार पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराउँदै सो प्रतियोगिताबाट प्राप्त सबै मुनाफा बाढी प्रभावितका लागि सहयोग गर्ने घोषणा गरेको हो । पोखरा रंगशालास्थित बहुउद्देश्यीय खेल मैदानमा सञ्चालन हुने प्रतियोगिताका लागि टिम दर्ताको काम भइरहेको आयोजक मिडियाका अध्यक्ष सुरज श्रेष्ठले जानकारी दिए । ’प्रतियोगिता… पुरा पढौ

युएईलाई ४४ रनले हराउँदै नेपाल एसिया कपमा छनोट

तेस्रो संस्करणको एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले जितेको छ । आज मलेसियामा सम्पन्न फाइनल खेलमा युनाइटेड अरब इमिरेट्सलाई ४४ रनले हराउँदै नेपालले दोस्रोपटक प्रिमियर कपको उपाधि जितेको हो ।योसँगै नेपाली टोली सन् २०२७ मा बङ्गलादेशमा आयोजना हुने एकदिवसीय एसिया कपमा छनोट भएको छ । नेपालले दोस्रोपटक एसिया कपमा स्थान बनाएको हो । नेपालले यसअघि सन् २०२३ मा युएईलाई नै हराएर एसिया कपमा स्थान बनाएको थियो ।गत संस्करणको विजेता बनेको युएई भने एसिया कप २०२७… पुरा पढौ