खेलकुद

पोखरामा असोज ४ गते दोस्रो पुम्दी-भुम्दी पर्वतीय दौड हुने

पोखरा २, साउन खेल पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले पोखरामा आयोजना हुने दोस्रो पर्वतीय दौड प्रतियोगितालाई पुम्दी–भुम्दीकै उत्सवको रुपमा मनाउन स्थानीयले सुझाव दिएका छ्न् । पोखरा क्लिक प्रालीको आयोजनामा आउँदो असोज ४ गते पोखरामा हुने उक्त प्रतियोगितालाई पोखरा २२ पुम्दी भुम्दीका स्थानीयले गाउँकै उत्सवको रुपमा उक्त प्रतियोगिता बनाउन सुझाव दिएका हुन् । मिति घोषणा सहित स्थानीय क्लब,टोल विकास संस्था, जनप्रतिनिधि लगायतका विभिन्न संघ संस्था एवं स्थानीयसँग भएको छलफल क्रममा सहभागिहरूले अघिल्लो बर्षमा भएका कमीकमजोरी सुधार गर्दै उत्कृष्ट व्याबस्थापनमा जुट्न समेत आग्रह… पुरा पढौ

जुवातास खेल्दै गरेका कास्कीका ५ जना पक्राउ

जुवातास खेलिरहेको आरोपमा कास्की प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । कास्की जिल्ला माछापुच्छ्रे गा.पा.–७ फेदीको एक घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा गएको जिप्रका कास्की र वडा प्रहरी कार्यालय बगरबाट खटिएको संयुक्त प्रहरी टोलिले फेदीका स्थानिय ४१ वर्षिय बिनोद गुरुङ, ५३ वर्षिय कोधिरबहादुर गुरुङ, ४७ वर्षिय कृष्णबहादुर गुरुङ, माछापुच्छ्रे गा.पा. वडा नं.–८ ल्वाङघलेलका ४० वर्षिय चन्द्रमान तामाङ र पोखरा–२५ सुईखेतका ४० वर्षिय गंगाबहादुर थापालाई पक्राउ गरेको हो । पक्राउ परेका ५ जनाको साथबाट चार बुक ताससहित नगद ७३ हजार… पुरा पढौ

बक्स पोखराको आयोजनामा पोखरामा ‘खुल्ला फुटसल प्रतियोगिता’ आयोजना हुँदै

पोखरा, असार २२ पोखरामा असार २७ गतेदेखि खुल्ला फुटसल प्रतियोगिता आयोजना हुने भएको छ । बक्स पोखराको आयोजनामा पोखरा रंगशालाको बहुउद्देश्यीय खेल भवन (कभर्ड हल)मा हुने प्रतियोगिता असार २९ गतेसम्म हुने आयोजकले आईतबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । एक्सपोजर दिएर प्रतिभावान खेलाडीको पहिचान गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा करीब ३० टिमको सहभागिता हुने आयोजकको अनुमान छ । खुल्ला फुटसल प्रतियोगिता भएकाले देशभरका जुनसुकै टिमलेपनि सहभागिता जनाउन पाउने आयोजकले जनाएको छ । टिममा राष्ट्रिय खेलाडीहरु आवश्यक्ता अनुसार सहभागी गराउन… पुरा पढौ

अन्तर कलेज क्रिकेट लिग कपमा डब्लुआरसी र पियु बिजयी

पोखरा, असार २१ पोखरामा जारी अन्तर कलेज क्रिकेट लिग कप–२०८२ मा पश्चिमाञ्चल ईञ्जिनियरिङ क्याम्पस (डब्लुआरसी) र पोखरा विश्वविद्यालय (पियु) बिजयी भएका छन् । पोखरा महानगरपालिका क्रिकेट संघको आयोजना तथा कंगारु एजुकेसन कन्सल्टेन्सीको मुख्य प्रायोजनमा पोखराको लेखनाथस्थित ईडन हेभन क्रिकेट मैदानमा जारी प्रतियोगितामा शनिबार डब्लुआरसी जनप्रिय बहुमुखी क्याम्पस (जेएमसी)लाई र पियु गण्डकी विश्वविद्यालय (जियु)लाई पराजित गर्दै बिजयी भएका हुन् । प्रतियोगिता अन्तर्गत आज भएको लिग चरणको तेस्रो खेलमा डब्लुआरसी जेएमसीलाई १० विकेटको फराकिलो अन्तरले पराजित गर्दै बिजयी भयो । वर्षाका कारण… पुरा पढौ

महिला टी-२० क्रिकेटको उपाधि स्याङजालाई

पोखरास्याङजा जिल्लाले गण्डकी प्रदेश टी २० महिला क्रिकेट प्रतियोगिताको उपाधि दोस्रो पटक जितेको छ । प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा जारी प्रतियोगिताको फाइनलमा शनिबार कास्की जिल्लालाई ७ विकेटले हराउँदै लगातार दोस्रो उपाधि चुमेको हो । उपाधिसँगै स्याङजाले नगद १ लाख रुपैयाँ हात पारेको छ भने उपविजेता कास्कीले ५० हजार रुपैयाँ प्राप्त गरेको छ ।५७ रनको विजयी लक्ष्य पाएको स्याङजाले १०.३ ओभरमा ३ विकेट गुमाउँदै ६० रनका साथ लक्ष्य पुरा ग¥यो । स्याङजाका लागि सिमाना केसीले १७ रनको अविजित पारी खेलिन्… पुरा पढौ

महिला टी-२० क्रिकेट प्रतियोगिताको फाइनलमा कास्की र स्याङजा

पोखरा, असार २०पोखरामा जारी गण्डकी प्रदेश दोस्रो महिला टी२० क्रिकेट प्रतियोगिताको फाइनलमा कास्की र स्याङजा प्रवेश गरेका छन् । प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा जारी प्रतियोगितामा शुक्रबार लिगचरणका खेल सम्पन्न भएसँगै फाइनल पुग्ने टिमको टुंगो लागेको हो ।स्याङ्जाले नवलपुरलाई ८ विकेटले हराउँदै फाइनलको यात्रा तय गरेको हो । स्याङ्जाले फाइनलमा कास्कीको सामना गर्नेछ । शुक्रबार लिगचरणका खेलहरु सम्पन्न भएसँगै कास्की समूह विजेता तथा स्याङ्जा उपविजेता बन्दै फाइनलमा प्रवेश गरेका छन् । कास्कीले ३ खेलमा अपराजित रहँदै कुल ६ अंकका साथ… पुरा पढौ

अन्तर कलेज क्रिकेट लिग कपमा डब्लुआरसीको दोस्रो जित

पोखरा, असार १९ पोखरामा जारी अन्तर कलेज क्रिकेट लिग कप–२०८२ मा पश्चिमाञ्चल ईञ्जिनियरिङ क्याम्पस (डब्लुआरसी)ले दोस्रो जित निकालेको छ । पोखरा महानगरपालिका क्रिकेट संघको आयोजना तथा कंगारु एजुकेसन कन्सल्टेन्सीको मुख्य प्रायोजनमा पोखराको लेखनाथस्थित ईडन हेभन क्रिकेट मैदानमा जारी प्रतियोगितामा उद्घाटन खेल जितेको डब्लुआरसीले विहीबार पोखरा विश्वविद्यालय (पियु)लाई पराजित गर्दै दोस्रो जित निकालेको हो । यसअघि पहिलो खेलमा डब्लुआरसीले गण्डकी विश्वविद्यालय (जियु)लाई ३९ रनले पराजित गर्दै सुखद शुरुवात गरेको थियो । दोस्रो दिन भने डब्लुआरसीले पियुलाई ७ विकेटले पराजित गर्दै लगातार… पुरा पढौ

पोखरामा भोलिदेखि अन्तर कलेज क्रिकेट लिग कप-२०८२ हुने

पोखरा, असार १७ पोखरामा भोलिदेखि कलेज स्तरिय क्रिकेट प्रतियोगिता हुने भएको छ । पोखराका विभिन्न क्याम्पसहरुमा रहेका क्रिकेटका प्रतिभाहरुको खोजी गर्नका लागि पोखरा महानगरपालिका क्रिकेट संघको आयोजनामा असार १८ गते भोलिदेखि असार २४ गतेसम्म अन्तर कलेज क्रिकेट लिग कप–२०८२ हुने भएको हो । पोखराको लेखनाथस्थित ईडन हेभन क्रिकेट मैदानमा हुने प्रतियोगितामा ५ टिम सहभागि हुने आयोजक पोखरा महानगरपालिका क्रिकेट संघले जनाएको छ । कंगारु एजुकेसन कन्सल्टेन्सी प्रालिको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा पोखरा विश्वविद्यालय (पियू), पृथ्वीनारायण क्याम्पस (पिएन), गण्डकी विश्वविद्यालय (जियू),… पुरा पढौ

गण्डकी कप महिला राष्ट्रिय ह्याण्डबललाई बुल्समेन क्लबको सहयोग

पोखरा । शारिरीक सुगठन खेलमा नेपालकै चर्चित क्लब बुल्समेन कलबले पहिलो पटक पोखरामा हुन लागेको गण्डकी कप महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिताका लागि सहयोग गरेको छ । क्लबका संस्थापक एवं समाजसेवी इश्वर गुरूङले कलबको तर्फबाट सो नगद प्रदान गरेका हुन् । क्लबका अध्यक्ष नुना गुरूङ, क्लबका वरिष्ठ सल्लाहकार सन प्रसाद गुरूङ, सचिब उदिम गुरूङले गण्डकी प्रदेश ह्याण्डबल संघका अध्यक्ष केशव पाठकलाई नगद रु ५० हजार हस्तान्तरण गरे । क्लवका संस्थापक इश्वर गुरूङले यस अघि बुल्समेन क्लबको अक्षयकोष स्थापनार्थ नगद रु १… पुरा पढौ

पोखरामा तेस्रो संस्करणको क्लबस्तरीय पुरुष भलिबल असार २४ देखि

पोखराः लामा अमृत फाउण्डेशन घान्द्रुकको आयोजनामा पोखरामा तेस्रो संस्करणको क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । लामा अमृत फाउण्डेशन घान्द्रुकका संस्थापक लामा अमृत गुरुङले यही असार २४ देखि २८ गतेसम्म तेस्रो संस्करणको पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको बताए । ‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मुख्य नारासहित प्रतियोगिता आयोजना गर्दै छौं, संस्थापक गुरुङले भने, ‘प्रतियोगिता पोखरा–३ नदीपुर छन्त्याल समाजको भलिबल कोर्टमा असार २४ देखि २८ गतेसम्म सञ्चालन हुनेछ ।’ तेस्रो संस्करणको पुरुष भलिबल प्रतियोगितामा सहभागी हुन एक टिममा… पुरा पढौ