राजनीति

विवादित गखेप सदस्य सचिव शर्मालाई कारवाही गर्न गण्डकीका मुख्यमन्त्रीको आनाकानी

सन्देश श्रेष्ठपोखरा, असोज १९ विवादित गण्डकी खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्मालाई मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको संरक्षणमा कारवाही रोकिएको छ । छानविन प्रतिवेदनले कारवाहीका लागि सिफारिस गर्नुका साथै प्रदेशको न्यायाधिवक्ताको कार्यालयले कारवाहीका लागि राय दिए पनि मुख्यमन्त्री पाण्डेको अनिच्छाका कारण सदस्य सचिव शर्मा माथिको कारवाही अगाडि बढ्न नसकेको हो । सदस्य सचिव शर्माको योजनामा गखेपले चरम लापरवाही गर्दै मिलेमतोमा पदक वितरण गरेको सार्वजनिक भएको थियो । जसको छानविन गर्न गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयले तत्कालीन सचिव शेषनारायण पौडेलको… पुरा पढौ

विवादित गखेप सदस्य सचिव शर्मालाई कारवाही गर्न गण्डकीका मुख्यमन्त्रीको आनाकानी

सन्देश श्रेष्ठपोखरा, असोज १९ विवादित गण्डकी खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्मालाई मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको संरक्षणमा कारवाही रोकिएको छ । छानविन प्रतिवेदनले कारवाहीका लागि सिफारिस गर्नुका साथै प्रदेशको न्यायाधिवक्ताको कार्यालयले कारवाहीका लागि राय दिए पनि मुख्यमन्त्री पाण्डेको अनिच्छाका कारण सदस्य सचिव शर्मा माथिको कारवाही अगाडि बढ्न नसकेको हो । सदस्य सचिव शर्माको योजनामा गखेपले चरम लापरवाही गर्दै मिलेमतोमा पदक वितरण गरेको सार्वजनिक भएको थियो । जसको छानविन गर्न गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयले तत्कालीन सचिव शेषनारायण पौडेलको… पुरा पढौ

कांग्रेस १५औँ महाधिवेशनः बन्द सत्रको ‘एजेन्डा’ तय गर्न केन्द्रीय कार्यसमिति बैठक सुरु

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आजदेखि नयाँ नेतृत्व चयनका लागि औपचारिक निर्वाचन प्रक्रिया सुरु हुँदैछ । आइतबार काठमाडौँको खुलामञ्चमा महाधिवेशनको उद्घाटन समारोह सम्पन्न भएसँगै कांग्रेस बन्द सत्र हुँदै निर्वाचन प्रक्रियातर्फ अघि बढ्न लागेको हो । खुलामञ्चमा केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको प्रवक्ता देवराज चालिसेले जानकारी दिए । प्रवक्ता चालिसेका अनुसार पार्टीको १५औँ महाधिवेशन अन्तर्गतको बन्दसत्रमा पेस गर्ने प्रतिवेदनमाथि केन्द्रीय कार्यसमितिले पारित गरेपछिमात्र बन्दसत्र सुरु गर्ने कार्यक्रम रहेको छ । उनले भने, “पार्टीले विभिन्न समितिलाई जिम्मेवारी दिएको छ । त्यो जिम्मेवारीअनुसार उहाँहरूले… पुरा पढौ

गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डे कांग्रेस उप-सभापतिमा उठ्ने

पोखरा— गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी घोषणा गरेका छन्।पार्टीलाई थप एकताबद्ध, सुदृढ र समयानुकूल बनाउँदै अघि बढाउन आफूले उपसभापति पदमा उम्मेदवारी दिएको पाण्डेले बताए। पार्टीभित्र र बाहिरबाट कांग्रेसको एकता र सुदृढ संगठन निर्माणको आवश्यकता निरन्तर उठिरहेको भन्दै उनले पार्टीका सबै तह र पुस्ताका नेता–कार्यकर्तालाई संवाद, सहकार्य र साझा उद्देश्यका आधारमा एउटै सूत्रमा जोड्नु आफ्नो प्राथमिकता हुने बताए।पाण्डेले आफू नेपाली कांग्रेसको तीन पटक केन्द्रीय सदस्य तथा ४५ वर्षभन्दा बढी… पुरा पढौ

आर्थिक पारदर्शिता अप्नाउँदै कास्की नेकपा

सन्देश श्रेष्ठपोखरा, असोज १८ नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आर्थिक पारदर्शिता अप्नाउन शुरु गरेको छ । पोखरा शिवालयचोकस्थित कास्की पार्टी कार्यालय भवनको माथिल्लो तलामा सभाहल बनाउँदा लागेको खर्च सार्वजनिक गरेर नेकपा कास्कीले आर्थिक पारदर्शिता अप्नाउन शुरु गरेको हो । यसअघि नेकपालगायत कुनै पनि पार्टीले आर्थिक संकलन गर्दा होस् वा खर्च गर्दा आर्थिक कारोबार सार्वजनिक गर्ने प्रचलन थिएन । तर नेकपा कास्कीले भवनको माथिल्लो तलामा सभाहल निर्माणमा लागेको खर्च र संकलन भएको रकम दुबै बुँदागत रुपमा आईतबार सार्वजनिक गरेर आर्थिक पारदर्शिताको नमूना… पुरा पढौ

कांग्रेस महाधिवेशन उद्घाटन सत्र जारी, विभिन्न दलका शीर्ष नेताहरु उपस्थित,विभिन्न मुलुकका पार्टी र नेताले दिए शुभकामना

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँमा सुरु भएको छ । ‘परम्पराको सम्मान र परिवर्तनको सङ्कल्पः समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ नारासहित सुरु भएको महाधिवेशनमा मुलुकका विभिन्न दलका शीर्ष नेताको सहभागिता रहेको छ । पार्टीका सभापति गगनकुमार थापाले महाधिवेशनको उद्घाटन गमलाको बिरुवामा जल सिञ्चन गरी गरे । उद्घाटन सत्रमा सभापति थापासँगै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, नेकपा एमालेका महासचिव शङ्कर पोखरेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलगायत नेता… पुरा पढौ

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि सुरु हुँदैं,बिभिन्न दलका शीर्ष नेता एउटै मञ्चमा

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज अपराह्न खुलामञ्चमा हुँदैछ । यही असोज २२ गतेसम्म हुने महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । महाधिवेशन तालिकाअनुसार आज असोजको १८ गते उद्घाटन सत्र, असोज १९ र २० गते बन्दसत्र तथा असोज २१ र २२ गते निर्वाचन प्रक्रिया हुनेछ ।देशभर निरन्तरको वर्षाका कारण यही असोज १६ गतेका लागि निर्धारित महाधिवेशन आजदेखि प्रारम्भ हुन लागेको हो । देश र विदेशबाट महाधिवेशन प्रतिनिधिहरु सहभागी हुन काठमाडौं आउने क्रम जारी छ । महाधिवेशन तयारीका लागि गठन गरिएका विभिन्न… पुरा पढौ

बाढीले क्षतिग्रस्त सडक, पुललगायत पुनर्निर्माणको लागि संघ सरकारसँग स्रोत माग्दै मुख्यमन्त्री पाण्डे

पोखरा — गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले असोज ९ देखि ११ गतेसम्मको बाढीपहिरोबाट क्षतिग्रस्त राष्ट्रिय राजमार्ग तथा रणनीतिक सडक तत्काल सञ्चालनमा ल्याउन संघ सरकारसँग स्रोत व्यवस्थापन गर्न आग्रह गरेका छन्। बाढीपहिरोमा गण्डकीमा ३० भन्दाबढीको मृत्यु भएको र सडक, पुल, विद्यालय, सरकारी कार्यालय तथा घरमा ठूलो क्षति पुगेपछि उनले पुनर्निर्माणका लागि संघ सरकारको ध्यानाकर्षण गराएका हुन्।मुख्यमन्त्री पाण्डेले अर्थमन्त्री स्वर्णिम वाग्ले र भौतिक पूर्वाधार विकास मन्त्री सुनिल लम्सालसँग भेट गरी मनाङ, म्याग्दी, बागलुङ, पर्वतलगायत जिल्लामा क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणका लागि आवश्यक स्रोत व्यवस्थापन… पुरा पढौ

कांग्रेस १५औँ महाधिवेशनको तयारी तीव्र, उद्घाटनका लागि देउवालाई औपचारिक प्रस्ताव

नेपाली कांग्रेसको यही असोज १८ देखि काठमाडौँमा हुन लागेको १५औँ राष्ट्रिय महाधिवेशनको तयारी तीव्र पारिएको छ । महाधिवेशन समारोहस्थल व्यवस्थापन समितिले काठमाडौँको खुलामञ्चमा मञ्च व्यवस्थापनको कामलाई तीव्रता दिएको हो । उद्घाटनस्थल र बन्दसत्र गर्न मञ्च व्यवस्थापनको कामलाई तीव्रता दिइएको पार्टीका प्रवक्ता देवराज चालिसेले जानकारी दिए । महाधिवेशनमा करिब सात हजार ७०० भन्दा बढी प्रतिनिधि सहभागी हुने अनुमान गरिएको छ । सहभागी नेता तथा कार्यकर्तालाई समेत आफ्ना गतिविधि र सन्देश डिजिटल माध्यमबाट सम्प्रेषण गर्न आग्रह गरिएको प्रवक्ता चालिसेले बताए।प्रवक्ता चालिसेले महाधिवेशनको… पुरा पढौ

राष्ट्रपति पौडेलकी छोरी महाधिवेशन प्रतिनिधिमा पराजित, कास्की १ मा को–को भए महाधिवेशन प्रतिनिधि ?

राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल पौडेल नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमै पराजित भएकी छिन् । कास्कीको निर्वाचन क्षेत्र नं. १ बाट महाधिवेशन प्रतिनिधिमा खुल्ला महिलामा उमेद्वारी दिएकी उनले कुल खसेको मतमा जम्मा २८९ मत मात्र प्राप्त गरिन् ।खुल्ला ४ जनाका लागि ११ जना प्रतिस्पर्धामा उत्रिएका थिए । अधिवेशनमा ९७५ मत खसेको थियो ।त्यस्तै क्षेत्र नं. १ बाट महाधिवेशन प्रतिनिधी खुल्लामा केन्द्रीय सदस्य कृष्ण केसी, अर्का केन्द्रीय सदस्य तिलक रानाभाट, जीवन परियार, कास्की कांग्रेसका सभापति किशोरदत्त बरालसहित राजेन्द्रमणि लामिछाने, दीपक गुरुङ,… पुरा पढौ