नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत आज ३१ जिल्लामा वडा अधिवेशन भईरहेको छ । हिजो ४३ जिल्लाका तीन हजार ३९६ वडामा वडा अधिवेशन भएको थियो।केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार रसुवा, नुवाकोट र धादिङबाहेक अन्य ३१ जिल्लामा वडा अधिवेशन भईरहेको हो । समितिका अनुसार ताप्लेजुङदेखि कञ्चनपुरसम्मका ४३ जिल्लाका तीन हजार ३९६ वडामा अधिवेशन सम्पन्न भएको हो । अधिवेशनबाट सम्बन्धित वडाका वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन भएका छन् । केन्द्रीय निर्वाचन समितिकाअनुसार गोरखा, कास्की, मनाङ, पर्वत, स्याङ्जा, बागलुङ, नवलपुर,…
पुरा पढौ