गण्डकी

पोखरा आइपुग्यो हुन्डाईको नयाँ भेन्यु, सुरुवाती मूल्य ४८ लाख ९६ हजार

पोखरा । हुन्डाईको नयाँ कम्प्याक्ट एसयूभी ‘द अल न्यू हुन्डाई भेन्यु’ पोखरा आइपुगेको छ। हुन्डाईले पोखरा तथा आसपासका ग्राहकलाई लक्षित गर्दै नयाँ भेन्युलाई बजारमा उपलब्ध गराएको हो।कम्पनीका अनुसार नयाँ भेन्युमा एसयूभी डिजाइनसँगै आरामदायी इन्टेरियर, आधुनिक प्रविधि र विभिन्न ड्राइभिङ आवश्यकतालाई ध्यानमा राखेर सुविधा थप गरिएको छ।भेन्युको बाहिरी डिजाइनमा ट्विन हर्न एलईडी डीआरएल, होराइजन एलईडी रियर कम्बिनेसन ल्याम्प, डार्क क्रोम ग्रिल तथा सिग्नेचर सी–पिलर गार्निस राखिएको छ।इन्टेरियरतर्फ १०.२५ इन्च ccNC इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले तथा एन्ड्रोइड अटो, डिजिटल क्लस्टर र… पुरा पढौ

पोखराको पर्यटनको पर्याय बन्दै प्याराग्लाईडिङ

सन्देश श्रेष्ठपोखरा, असोज ७ पोखरामा प्याराग्लाईडिङ शुरु भएको तीन दशक पुगेको छ । सन १९९६ बाट शुरु भएको पोखराको प्याराग्लाईडिङको व्यवसायीक यात्राले तीन दशक पार गरेको हो । कम्पनी खडा नगरी सिक्ने थलोको रुपमा प्रशिक्षणात्मक उडानबाट शुरु भएको पोखराको प्याराग्लाईडिङले सन २००० देखि व्यवसायीक रुप लिएको थियो । जतिबेलादेखि कम्पनी खडा गरेर व्यवसायीक रुपमा प्याराग्लाईडिङ उडान भर्न थालियोे । शुरुमा ७ कम्पनीबाट शुरु भएको प्याराग्लाईडिङमा अहिले ५७ कम्पनी पुगेका छन् । र यसमा हालसम्म करीब एक अर्ब लगानी भएको प्याराग्लाईडिङ… पुरा पढौ

फ्लाई दुबईले थाल्यो पोखरा-दुबई उडान

आउँदा ११३ यात्रुलिएर आएको फ्लाई दुबईको जहाज फर्किदा १५२ यात्रु लिएर फर्कियोसन्देश श्रेष्ठपोखरा, असोज ७ फ्लाई दुबईले पोखरा–दुबई उडान शुरु गरेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईले गर्ने भनिएको बहुप्रतिक्षित पोखरा–दुबई उडान बुधबार साँझदेखि शुरु भएको हो । उडानको शुरुवात फ्लाई दुबईको बोईङ ७३७ एफडिबी ११६५ कलसाईनको जहाजले गरेको छ । नेपाली समय अनुसार दिउँसो २ बजे उडेको सो जहाज करीब सवा ४ साँझ ६ः१९ बजे पोखरा अन्र्तराष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो । १५६ वटा ईकोनोमिक र १० वटा… पुरा पढौ

सहज आपूर्ति व्यवस्थापन, मिसावट र महँगी नियन्त्रणमा उपभोक्ता मञ्चको जोड

उपभोक्ता मञ्च गण्डकी प्रदेशको आयोजनामा सहज आपूर्ति व्यवस्थापन, मिसावट र महँगी नियन्त्रणबारे अन्तरक्रियात्मक सचेतना कार्यक्रम गरिएको छ । गण्डकी प्रदेश सरकारको सहकार्यमा पोखरामा आयोजित कार्यक्रमका वक्ताले सहज आपूर्ति व्यवस्थापनसहित मिसावट र महँगी नियन्त्रणमा सरोकारवाला सबै सचेत हुनुपर्नेमा जोड दिए ।प्रदेशका प्रमुख सचिव भूपाल बरालले उपभोक्ता मञ्चले सही समयमा, सही कार्यक्रम गरेको भन्दै प्रशंसा गरे । उनले सहज आपूर्ति व्यवस्थापन, मिसावट र मूल्य नियन्त्रण सम्बन्धमा सरकार सहकार्य गर्न तयार रहेको उल्लेख गरे ।कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले सबैले आ–आफ्नो ड्यूटी… पुरा पढौ

कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार निहारिकाको ‘राजमाता’लाई

वि.सं.२०८२ सालको ‘कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार’ डा. नीलम कार्की निहारिकाको उपन्यास ‘राजमाता’ लाई प्रदान गरिने भएको छ । कविडाँडा साहित्य समाज, चितवनले बुधबार जारी गरेको विज्ञप्ति अनुसार भाद्र २३ मा सार्वजनिक गरेको उत्कृष्ट तीन आख्यानबाट कवि निहारिकाको उपन्यास राजमातालाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । समाजले प्रत्येक वर्ष प्रकाशित नेपाली आख्यान कृतिमध्येबाट एक कृतिलाई उक्त पुरस्कार प्रदान गर्दै आएको छ।तीन उत्कृष्ट आख्यान कृतिहरूमा क्षितिज समर्पणको तोरकीन, सीमा आभासको महायुग र नीलम कार्की निहारिकाको राजमाता परेको थियो । राजमाता… पुरा पढौ

पोखराका लागि दुबईबाट उड्यो फ्लाई दुबईको जहाज

सन्देश श्रेष्ठपोखरा, असोज ७ पोखराका लागि दुबईबाट फ्लाई दुबईको जहाज उडेको छ । पोखरा अन्र्तराष्ट्रिय विमानस्थलमा आज साँझ ६ः१५ बजे अवतरण हुने फ्लाई दुबईको बोईङ ७३७ एफडिबी ११६५ कलसाईनको जहाज दुबईबाट उडेको हो । जहाजमा १२५ जना रहेको बताइएको छ । पोखरा आईपुग्ने टोलीलाई स्वागत गर्न पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, नेपाल पर्यटन वोर्डका सदस्य सन्तोष पोखरेल, पोखरा पर्यटन परिषदका अध्यक्ष हरि भुजेलसहित पर्यटनसँग सम्बद्ध ३० बढी संघसंस्थाका प्रतिनिधिहरु ब्यानरसहित पोखरा विमानस्थल पुगेका छन् । स्वागतका लागि आम पोखरेलीको पनि… पुरा पढौ

मनास्लु हिमालमा मृत्यु भएका दुई जना पर्यटकको शव काठमाडौँमा

मनास्लुको हिउँपहिरोमा पुरिएर मृत्यु भएका दुई व्यक्तिको शव काठमाडौँ लगिएको छ । मनास्लुको फेदीमा रहेको चुमनुब्री–१ सामागाउँबाट बुधबार बिहान हेलिकप्टरमार्फत काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । भारतीय मूलका जर्मन नागरिक ध्रुवज्योति गुहा र उनका सहयोगी मकालु–२, सङ्खुवासभाका फुर्सेम्बा शेर्पाको गत आइतबार राति तेस्रो शिविरमा हिमपहिरोमा पुरिएर मृत्यु भएको थियो । घटना भएको तीन दिनपछि उनीहरुको शव मङ्गलबार सामागाउँ पु¥याइएको थियो । सो स्थानबाट बुधबार बिहानै महाराजगञ्जस्थित शिक्षण अस्पतालमा लगिएको प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।… पुरा पढौ

लम्जुङ–पोखरा सम्पर्क समितिको स्थापना दिवस मनाईयो

लम्जुङ–पोखरा सम्पर्क समितिको ३३ औं स्थापना दिवस बिभिन्न कार्यक्रम गरी मनाईएको छ । लम्जुङ घर भई पोखरामा आएर स्थायी वा अस्थायी रुपमा बसोबास गरेका लम्जुङेहरु आवद्ध सो संस्थाले केक काटेरै आफ्नो स्थापना दिवस मनाएका हुन् । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथी निबर्तमान अध्यक्ष बुद्विमान दुरा धम्पुले सामाजिक एकता र भावनाबाट गरिने जुनसुकै कार्यले पनि सफलता पाउने बताए । उनले ३३ बर्षअघि स्थापना भएको संस्थाले पोखरामा मात्र नभई लम्जुङमा समेत उल्लेखनिय कार्य गरेको भन्दै प्रशंसा गरे ।समितिका अध्यक्ष ईश्वर चिलुवालले सबैको… पुरा पढौ

कलाकारबिनै देश दौडाहमा निर्देशक माओत्से गुरुङ, हलमा पुग्दा व्यवस्थापन नै दंग

चलचित्र ‘पेन्सन पट्टा’ प्रदर्शनको २ साता हुन लाग्दा निर्देशक तथा लेखक माओत्से गुरुङ आफैँ दर्शक भेट्न देश दौडाहमा निस्किएका छन्। चलचित्रका कुनै पनि कलाकारलाई साथमा नलिई उनी अहिले एक्लै ‘पेन्सन पट्टा’ को प्रमोसनल टुरमा छन्। तनहुँको दमौलीबाट सुरु भएको माओत्सेको यात्रा चितवन, बुटवल हुँदै धरानसम्म पुगेको छ। अब उनी इटहरी, बिर्तामोड, दमक लगायतका शहरमा पुगेर चलचित्र हेर्ने दर्शक र स्थानीयसँग प्रत्यक्ष भेटघाट गर्दै प्रतिक्रिया लिने तयारीमा छन्। दमौली, चितवन र बुटवलमा उनले हलमै पुगेर दर्शकसँग साक्षात्कार गरिसकेका छन्। यी शहरमा… पुरा पढौ

अन्नपूर्ण गाउँपालिकामा पालिकाहरूको पुनरावलोकन सम्बन्धी छलफल

कास्की जिल्लास्तरिय पुनरावलोकन अध्ययन समितिले अन्नपूर्ण गाउँपालिकामा पालिकाहरूको पुनरावलोकन सम्बन्धी छलफल गरेको छ। गाउँपालिका तथा नगरपालिका र वडाको संख्या तथा सिमाना हेरफेर र नगरपालिका वर्गीकरणको पुनरावलोकन सम्बन्धि मापदण्ड ,२०८३ अनुसार गठित समितिले वडाको सिमाना हेरफेर सम्बन्धमा अन्नपूर्ण गाउँपालिकाबाट प्राप्त प्रस्तावका बिषयमा केन्द्रित रहेर छलफल गरेको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले जानकारी दिए ।छलफलका क्रममा प्रमुख पौडेलले नेपाल सरकार मन्त्री परिषदको निर्णय मुताबिक भुमी ब्यबस्था ,सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनको मिति २०८३ असार चार गते राजपत्रमा प्रकाशित सुचना… पुरा पढौ