नव नर्ष २०७८ को अवसरमा पोखराको महेन्द्रपुलस्थित साँघुमुख टोल समितिले उज्यालो बजार अभियान सुरु गरेको छ। पोखराको ऐतिहासिक बजार साँघुमुख हालको महेन्द्रपुल बजारलाई वातावरणमैत्री, सफा हराभरा भन्ने उद्देश्यका साथ एक समिति गठन गरिएको छ। समितिको संयोजत्वमा दिपक राज छन्। सदस्यहरुमा जगत तामाङ, गोपाल शर्मा, रोशन महर्जन, भरत महर्जन, कुमार गुहारचन छन्। समितिमार्फत पहिलो चरणमा साँघुमुख पोखरा–९ क्षेत्रमा गमलासहितको बिरुवा शुरुवात गरिएको छ। सो को सुरुवात गर्दै पोखरा महानगरपालिका ९ का अध्यक्ष रामराज लामिछानेले महानगरको अभियानमा टोल संस्थाहरुको भूमिका महत्वपूर्ण रहेको…
पुरा पढौ