विचार

बिग डिजिटलको लक्की ड्रमा सुरज लालचनलाई ६ लिटरको एयर फ्रायर

पोखरा । बिग डिजिटल पोखराले आयोजना गरेको लक्की ड्रका भाग्यमानी विजेता सुरज लालचन बनेका छन्। उनले ६ लिटर क्षमताको यासुदा एयर फ्रायर पुरस्कार प्राप्त गरेका हुन्। बिजेता लालचनलाई युवा व्यवसायी सोभितमान बुद्दाचार्यले पुरस्कार हस्तान्तरण गरेका थिए । लक्की ड्रमा सहभागी सम्पूर्ण ग्राहकप्रति बिग डिजिटल पोखराले हार्दिक धन्यवाद व्यक्त गरेको छ। ग्राहकको निरन्तर माया, विश्वास र साथप्रति आभार व्यक्त गर्दै संस्थाले आगामी दिनमा पनि यस्तै सहभागिता र सहकार्यको अपेक्षा गरेको जनाएको छ। बिग डिजिटलका सञ्चालक सोनितमान बुद्धाचार्यले लक्की ड्रका विजेता सुरज… पुरा पढौ

बाढीको महाविपत्ती पछि शिक्षा मन्त्रीलाई प्रधानाध्यापकको पत्र

माननीय शिक्षा मन्त्रीज्यू,नमस्कार, रसुवा बाढी प्रभावित क्षेत्रका विद्यालयका धेरै बालबालिका विद्यार्थीहरू अझै पनि हराई रहेका , धेरै बालबालिका अभिभावक बिहिन भएका,शिक्षक कर्मचारीहरू पनि हराई रहेका , मृत्यु भएका, विद्यालय ध्वस्त भएका छन्। यसलाई शिक्षा तथा खेलकुद मन्त्रालयले छुट्टै तत्कालीन विपद् उद्धार राहत,तथा व्यवस्थापन कार्यान्वयन कार्यविधि बनाएर स्थानीय तह वा शिक्षा विकास समन्वय इकाई मार्फत सोझै प्रभावित विद्यालय बाट डाटा संकलन,खाद्यान्न,लत्ताकपडा पाठ्यपुस्तक,शैक्षिक सामग्री लगायतका को राहत वितरण, बस्ने आवास व्यवस्थापन, मनोचिकित्सा सेवा, तत्काल गर्नु पर्ने, देखिन्छ । साथै वैकल्पिक विद्यालय व्यवस्था,बाबु… पुरा पढौ

‘मिसइन्फर्मेसन’ र ‘डिसइन्फर्मेसन’ले सामाजिक सद्भाव खल्बलिएको महसुस भएको छः प्रहरी महानिरीक्षक कार्की

नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले मुलुकमा शान्ति सुव्यवस्था कायम गर्न र आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरी सङ्गठनलाई रणनीतिक ढङ्गबाट परिचालित गरिएको बताएका छन् । उनले मुलुकमा समग्रतामा अहिले शान्ति सुरक्षाको स्थिति सामान्य रहे तापनि शान्ति सुरक्षालाई प्रभाव पार्ने र खलल पुर्याउने गतिविधि गर्ने आपराधिक मनोप्रवृत्तिका व्यक्ति यदाकदा सल्बलाएको पाइएको उल्लेख गरे । महानिरीक्षक कार्कीले भने, “आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरी रणनीतिक किसिमले परिचालित छ, मूलभूत रूपमा नागरिकबीच सुसम्बन्ध र सद्भाव कायम राख्ने विषयलाई ध्यानमा राख्दै शान्ति सुरक्षा खलबल्याएर फाइदा लिन… पुरा पढौ

३२औँ विश्व आदिवासी जनजाति दिवस र समृद्ध नेपालको यात्रा – राजबहादुर गुरुङ (पोखरा)

आज अगस्ट ९, अर्थात् ३२औँ विश्व आदिवासी जनजाति दिवस। संसारभरका आदिवासीहरूको अधिकार, पहिचान, संस्कृति र अस्तित्वलाई सम्मान गर्दै मनाइने यो दिन नेपालजस्तो बहुजातीय, बहुसांस्कृतिक र बहुभाषिक मुलुकका लागि झनै विशेष र अर्थपूर्ण छ। जल, जमिन, जङ्गल र मौलिक ज्ञान-परम्परासँग आदिवासी समुदायको सम्बन्ध केवल जीविकोपार्जनमा मात्र सीमित छैन; यो उनीहरूको धर्म, संस्कृति, जीवनशैली र इतिहासको अभिन्न अङ्ग हो।नेपालमा आदिवासी जनजातिहरूको इतिहास यो माटोसँगै गाँसिएको विशाल र समृद्ध इतिहास हो। परापूर्वकालदेखि नै प्रकृतिलाई देउताका रूपमा पुज्ने, जङ्गलको संरक्षण गर्ने, जलस्रोतको सन्तुलित प्रयोग… पुरा पढौ

सुगम सङ्गीतका अमर गायक अरूण थापाको स्मरण

गायक अरूण थापामगर अल्प आयु बाँचे । तर, उनी आफ्ना गीतहरूमा सधैं अमर छन् । नेपाली सुगम सङ्गीतका मूर्धन्य प्रतिभा थापामगरको मङ्गलबार २७औँ स्मृति दिवस । विविध तवरबाट उनको सम्झना गरियो । नेपाल मगर विद्यार्थी सङ्घ, बागलुङले ‘अरूण स्मृति साँझ’ आयोजना गर्यो । जहाँ अरुणका कालजयी गीतहरू गुन्जिए । कलाकारहरूले ‘करोडौँ मुटुहरूको एउटै ढुकढुकी नेपाल’बाट सुरु गरी ‘यो मनको के भर हुन्छ’मा पुगेर आफ्नो प्रस्तुति टुङ्ग्याए । पहिलो गीत सूर्य घताने, किशोर थापा, मीना हमाल ठकुरीलगायतले सुनाए । दोस्रो लहरमा… पुरा पढौ

शिक्षकको नजरमा ‘मास्टर्नी’ गीत: मर्यादामाथि प्रहार र भविष्यमाथिको खेलबाड

गुरु ब्रह्मा गुरु विष्णु गुरु देवो महेश्वरः भन्दै शिक्षकलाई भगवानको दर्जा दिने हाम्रो समाज आज कता जाँदैछ? भन्ने यो एउटा गम्भीर प्रश्न बनेको छ। पछिल्लो समय न समाजले, न राष्ट्रले, न त कला र मनोरञ्जनको क्षेत्रले नै शिक्षकको गरिमालाई बुझ्न सकेको देखिन्छ। समाजको हरेक कुनामा, राज्यको उपेक्षापूर्ण नीतिमा र अहिले आएर सस्तो लोकप्रियता कमाउने नाममा कलाकारहरूबाट समेत शिक्षक वर्ग निरन्तर अपमानको सिकार भइरहेका छन्।यसैको पछिल्लो र निकै लज्जास्पद उदाहरण बनेको छ— चलचित्र ‘मास्टर्नी’ को विवादित गीत। कला र मनोरञ्जनको नाममा… पुरा पढौ

बाटुलेचौरमा खानेपानी: एक स्मरण

विक्रम संवत् १९९० सालमा राणा सरकारको दौडाहा टिमसँग बाटुलेचौरबासीले खानेपानीको माग राखे। दौडाहा टिमका हरि शम्शेरले घार्मी अलैंचीबारीको पानी ल्याउने स्टीमेट गर्छु भने तर त्यो त्यस समयमा त्यसै सेलायो। यता बाटुलेचौर क्षेत्रका बासिन्दाले पायक पर्ने सेती गण्डकी, कालीखोला तथा रानी छहरोबाट पानी ल्याउँने गर्थे । काली खोलामा प्रत्येक टोल बस्तिका अलग अलग पानी घाट पँधेरो थियो।जुम्ली डाँडामूनि राणाहरुको जर्नेलको पँधेरो, त्यस भन्दा माथि गन्धर्व पँधेरो ,त्यसको माथि क्षेत्रीहरूको बिष्ट पँधेरो, त्यस माथि बाहुनहरुको बाहुनी पँधेरो, अम्बिका टोलको जुंगे तर्ने घाट… पुरा पढौ

औद्योगिक गाँजा र नेपाली कपडा उद्योग: सम्भावनाको नयाँ क्षितिज

पोषराज पौडेल नेपाल कृषिप्रधान देश हो। यहाँको हावापानी, भौगोलिक विविधता र प्राकृतिक स्रोतले कृषि तथा कृषि–आधारित उद्योगका लागि ठूलो सम्भावना बोकेको छ। तर विडम्बना, हामीले अझै पनि आफ्ना प्राकृतिक स्रोतको पर्याप्त उपयोग गर्न सकेका छैनौं। पछिल्लो समय गण्डकी प्रदेश सभाले गाँजा खेतीको नियमन तथा व्यवस्थापनसम्बन्धी विधेयक पारित गरेसँगै औद्योगिक गाँजा (Industrial Hemp) को उत्पादन र प्रयोगबारे नयाँ बहस सुरु भएको छ। यो केवल एउटा कानुनी निर्णय मात्र होइन, नेपालको कृषि, उद्योग, रोजगारी र निर्यात व्यापारलाई नयाँ दिशातर्फ लैजान सक्ने महत्वपूर्ण… पुरा पढौ

नेपाली कांग्रेसमा पुस्तान्तरणको परकम्प: विगतको शिक्षा र वर्तमानको मध्यमार्गी बाटो – राजबहादुर गुरुङ

नेपाली कांग्रेसको विशेष महाधिवेशनपछि पार्टीभित्र सांगठनिक गतिशीलता र वैचारिक बहसले नयाँ मोड लिएको छ। विशेष महाधिवेशनबाट उदाएका युवा नेता गगन थापाको नेतृत्वमा यतिबेला पार्टीलाई समय र प्रविधिको माग अनुसार अनलाइन प्रणालीमा लैजाने उद्देश्यका साथ 'क्रियाशील सदस्यता अद्यावधिक' कार्यक्रम सञ्चालन भइरहेको छ। पार्टीलाई एउटा बलियो 'सिस्टम' मा ढाल्ने यो आधुनिक प्रयास सकारात्मक हुँदाहुँदै पनि यसले पार्टीभित्र केही आन्तरिक असन्तुष्टि र विग्रहको संकेत पनि देखाएको छ। पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का लगायतका पुराना र परिपक्व नेताहरूले यस प्रक्रियाका केही व्यावहारिक पक्षप्रति असन्तुष्टि… पुरा पढौ

अर्जेन्टिना र मेरो विश्वकप संस्मरण

विश्वकप: फुटबलभन्दा माथि उठेका जीवनका अविस्मरणीय सम्झनाहरूपोखरा। विश्वकप मेरो लागि केवल फुटबल प्रतियोगिता होइन, जीवनभर सँगै हिँड्ने अनगिन्ती सम्झनाहरूको अमूल्य संग्रह हो। बाल्यकालमा साथीहरू, दाइहरू र अंकलहरूसँग रातभर जाग्राम बसेर विश्वकप हेरेका ती दिनहरू आज पनि मानसपटलमा ताजै छन्।मेरो विश्वकप यात्राको सुरुवात सन् १९९० बाट भयो। पहिलो पटक टेलिभिजनमा विश्वकप हेर्ने अवसर मैदान बाबु अंकलको घरमा जुरेको थियो। धेरै साथीहरूसँग बसेर अर्जेन्टिना र इटालीबीचको सेमिफाइनल हेरेका थियौँ। त्यो समय विश्व फुटबलमा डिएगो माराडोनाको दबदबा थियो। विद्यालयका हेड सर शालिग्राम सरले… पुरा पढौ