कृषि

अन्नपूर्ण संरक्षण क्षेत्रको प्राकृतिक आकर्षणले पर्यटक लोभ्याउँदै

गण्डकी प्रदेशको राजधानी पोखरा प्राकृतिक सुन्दरताका साथै ऐतिहासिक सम्पदाका कारण विश्वमाझ परिचित छ । पोखरा मात्र नभई समग्र गण्डकी प्रदेशले प्रकृति, संस्कृति र साहसिक पर्यटनका कारण अन्तरराष्ट्रिय रूपमा चर्चा कमाइरहेको छ ।विश्वमा हिमाल आरोहणको इतिहास रच्ने अन्नपूर्ण प्रथमदेखि गण्डकी प्रदेशका थुप्रै प्राकृतिक पर्यटकीय पूर्वाधारले स्वदेशी एवं विदेशी पर्यटकको मन लोभ्याएको छ । यस्तै प्राकृतिक पर्यटकीय पूर्वाधारमध्येको अन्नपूर्ण संरक्षण क्षेत्र यहाँको महत्त्वपूर्ण पर्यटकीय आकर्षक गन्तव्य हो ।अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० अन्तर्गत समेटिएको यस क्षेत्रको प्राकृतिक, संस्कृतिक सम्पदा र वातावरण जोगाउन,… पुरा पढौ

मुस्ताङको घाँसामा शीतोष्ण बागवानीको एकाइ फार्म स्थापना

मुस्ताङको थासाङ गाउँपालिका–४ घाँसास्थित शीतोष्ण बागवानी विकास केन्द्रको जग्गामा केन्द्रको एकाइ फार्म स्थापना गरिएको छ । चौबिस वर्षसम्म नेपाली सेनाले प्रयोग तथा भोगचलन गर्दै आइरहेको सो जग्गा गत असार १३ गते नेपाली सेनाद्वारा बागवानी विकास केन्द्रलाई हस्तान्तरण गरेको थियो । म्याग्दी र मुस्ताङको सिमाक्षेत्र घाँसामा केन्द्रको २० रोपनी जग्गा नेपाली सेनाले २०५८ सालदेखि प्रयोग गरेको थियो । सशस्त्र द्वन्द्वकालीन समयमा नेपाली सेनाको सुरक्षा पोस्ट शीतोष्ण बागवानी विकास केन्द्र मार्फाका नाममा रहेको जग्गामा सुरक्षा प्रयोजनका लागि बसेको थियो । गत असारमा… पुरा पढौ

आठौँ पर्वत महोत्सव पुसको ९ देखि १९ सम्म

समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पर्वतमा आठौँ पर्वत महोत्सव गरिने भएको छ । पर्वत उद्योग वाणिज्य सङ्घले हरेक तीन वर्षमा आयोजना गर्दै आएको महोत्सव आगामी पुस ९ गतेदेखि १९ गतेसम्म हुने जनाइएको छ । सङ्घ स्थापना भएको ५० वर्ष पुगेको अवसरमा आठौँ पर्वत महोत्सव आयोजना गरिएको संघका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक ठाकुर बी पौडेलले जानकारी दिए । महोत्सवका बारेमा जानकारी दिन आज बिहान आयोजित पत्रकार सम्मेलनमा उनले ‘समृद्ध पर्वत, हाम्रो चाहना’ भन्ने… पुरा पढौ

पोखरामा महोत्सवले पर्यटन प्रवर्द्धनसँगै अर्थतन्त्र चलायमान

शनिबार मात्रै पोखरा पर्यटन परिषद्को आयोजना एवं नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकाको प्रवर्द्धनमा दोस्रो दाइँ महोत्सव सम्पन्न भएको छ । पोखरा प्राकृतिक रुपमा जति सुन्दर छ त्यति नै यहाँको महिमा र गरिमालाई यहाँ सञ्चालन हुने विभिन्न मेला महोत्सवले उजागर गरिहेका छन् । पर्यटनसम्बद्ध सङ्घसंस्थाले गर्ने महोत्सवका कारण पछिल्लो समय पोखरामा महोत्सवका माध्यमबाट व्यापार व्यवसाय चलायमान बन्दै गएको छ । पोखरामा हुने मेला महोत्सवले आन्तरिक तथा विदेशी पर्यटकलाई आकर्षित गरेको छ । विभिन्न सङ्घ संस्थाको आयोजनामा हुँदै आएका महोत्सवसँगै कृषिलाई… पुरा पढौ

म्याग्दीको अर्मनमा अलैँचीखेतीको परीक्षण सफल

म्याग्दीको मङ्गला गाउँपालिका(५ अर्मनमा परीक्षणका रूपमा लगाइएको अलैँची खेती सफल भएको छ । परीक्षणका लागि पाँच वर्षअघि गरिएको अलैँची खेती सफल भएपछि व्यावसायिक रूपमा खेती विस्तार गर्न थालिएको हो । टिकावाङका १२ परिवारले व्यावसायिक अलैँचीखेती गरेका स्थानीय दिलबहादुुर थापाले बताए । “अनुकूल हावापानी, भूगोल, बजार र मूल्य पाइने भएपछि बाँझिएको ओसिलो जमिनमा झाँडी फाँडेर अलैँचीखेती विस्तार गर्न थालेका छौँ”, अलैँचीखेती गर्दै आएका उनले भने “यसवर्ष एकजना किसानले बढीमा चार क्विन्टलसम्म अलैँची बेचेका छन् ।” थापाले घरबाटै प्रतिकिलो रु एक हजार… पुरा पढौ

घार्मी कृषि सहकारीमा पुनः पोषराज, कृषि र पर्यटन प्रवद्र्धनमा भुमिका खेल्ने

घार्मी कृषि, वातावरण तथा पर्यटन सहकारी संस्था लिमिटेडको अध्यक्षमा युवा व्यवसायी पोषराज पौडेल चयन भएका छन् । पोखरा महानगरपालिका १९ मा रहेको सहकारीको सम्पन्न अधिवेशनले आगामी कार्यकालका लागि पुन: पौडेलको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति चयन गरेको हो। सहकारीको उपाध्यक्षमा प्रदीप राज पौडेल, सचिवमा राजकुमार पौडेल, सह–सचिवमा लक्ष्मी अधिकारी,कोषाध्यक्षमा ज्योति पौडेल र सह–कोषाध्यक्षमा अजय पौडेल चयन भए। त्यस्तै सदस्यमा दामोदर पौडेल, राजन पौडेल, रामचन्द्र पौडेल तथा लेखा समिति संयोजकमा पोसराज पौडेल, सदस्यमा पवित्रा पौडेल, जगन्नाथ पौडेल रहेका छन्। सहकारीले उत्कृष्ट… पुरा पढौ

पोखराको चुरुंगामा दाइँ महोत्सव, पोखरा २३ का कृषक गुरुङ सम्मानित

पोखरा महानगरपालिका–१९ पुरुन्चौर चुरुंगामा दाइँ महोत्सव गरिएको छ । ‘पोखरा सबै मौसमका लागि’ भन्ने नारासहित पोखरा पर्यटन परिषद्को आयोजना तथा चुरुगां टोल विकास संस्थाको स्थानिय व्यवस्थापनमा दोस्रो संस्करणको दाइँ महोत्सव गरिएको हो ।महोत्सवको उद्घाटन पोखरा महानगर पालिकाका मेयर धनराज आचार्यले गरेका थिए । कृषिमार्फत आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धन, कृषकलाई प्रोत्साहन र नयाँ पुस्तालाई परम्परागत कृषि प्रणालीबारे जानकारी गराउने उद्देश्यले आयोजना गरिएको महोत्सवमा विभिन्न विधाका प्रतियोगिता आयोजना गरिएको छ ।कार्यक्रममा उत्कृष्ट धान उत्पादक किसानको रुपमा पोखरा–२३ का फवेन्द्र कुमार गुरुङ… पुरा पढौ

देशभर कृषि सर्वेक्षण गरिँदै,५१ हजार किसान छनोट गरिने

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सरकारले कृषि क्षेत्रको विकासका लागि देशभर कृषि सर्वेक्षण सुरु गरेको छ । मन्त्रालयले सबै स्थानीय तह, प्रदेशको कृषि मन्त्रालयलगायत सरोकार भएका निकायसँगको समन्वयमा तथ्याङ्क सङ्कलन सुरु गरेको हो । तथ्याङ्क लिँदा दोहोरो गणना हुन सक्ने भएकाले एकद्वार प्रणालीबाट स्थानीय तहसँग समन्वय र सहकार्य गरिएको मन्त्रालयका तथ्याङ्क शाखा प्रमुख रामकृष्ण रेग्मीले जानकारी दिए । उनका अनुसार कृषि उत्पादन, पशुपालन, लागत, बजारीकरण, आम्दानी, सिँचाइ, पूर्वाधारको अवस्थालगायत विस्तृत विषयवस्तुलाई तथ्याङ्क सङ्कलन गरिने छ । गणकले किसानसँग प्रत्यक्ष भेटेर… पुरा पढौ

शिथिल अर्थतन्त्रलाई भूमि अध्यादेशले चलायमान बनाउँछः महासङ्घ

नेपाल जग्गा तथा आवास विकास महासङ्घले मन्त्रिपरिषद्बाट पारित भएको भूमिसम्बन्धी अध्यादेशको नवौँ संशोधनले मुलुकको शिथिल अर्थतन्त्रलाई चलायमान बनाउने विश्वास व्यक्त गरेको छ । महासङ्घका अध्यक्ष विष्णुप्रसाद घिमिरेले आज एक विज्ञप्ति जारी गरी महासङ्घले लामो समयदेखि उठाउँदै आएको भूमिसम्बन्धी अध्यादेशको नवौँ संशोधनलाई हालैको मन्त्रिपरिषद्बाट पारित गरी राष्ट्रपतिकामा प्रमाणीकरणका लागि पठाएकामा सरकारलाई धन्यवाद दिए ।“सरकारले भूमिसम्बन्धी अध्यादेश, नवौँ संशोधन–२०८२ लाई मन्त्रिपरिषद्बाट भर्खरै पारित गरेर राष्ट्रपति रामचन्द्र पौडेल समक्ष प्रणाणीकरणका लागि सिफारिस गरेकोप्रति महासङ्घ हार्दिक आभार प्रकट गर्दछ”, विज्ञप्तिमा भनिएको छ । जग्गा… पुरा पढौ

पातपतिङ्गरबाट जैविक मल उत्पादन गर्दै सराङकोटको वन समुह

पोखरा महानगरपालिका–१८ स्थित ठोट्ने खोला सामुदायिक वन उपभोक्ता समूह सराङकोटले जैविक मल उत्पादन सुरु गरेको छ । सो समूहले वन क्षेत्रमा थुप्रिएको पातपतिङ्गर र झाडी सङ्कलन गरी जैविक मल उत्पादन सुरु गरेको हो । वातावरण संरक्षण, जैविक विविधता प्रवर्द्धन तथा माटोको उर्वराशक्ति वृद्धि गर्दै प्राकृतिक स्रोत उपयोग गरेर हरित रोजगार सिर्जना गर्ने मुल उद्देश्यका साथ समूहले जैविक मल उत्पादनमा जोड दिएको समूहका अध्यक्ष दिनेश श्रेष्ठले जानकारी दिए । उनका अनुसार समूहले वन क्षेत्रको अँधेरीकुनामा सङ्कलन गरेको वन पैदावारलाई नवीनतम् प्रविधि… पुरा पढौ