कृषि

हेमजामा जारी आलु महोत्सवमा ३ लाखको कारोवार

चैत २६ पोखरा । १२ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको दोस्रो दिन सोमवारसम्म करिव रु.३ लाखको आलुको कारोवार भएको छ । प्रतिकेजी रु.४० मा आलु बिक्रीवितरण भइरहेकोमा आलु किन्नकै लागि पोखरा महानगरपालिका लगायत अन्नपूर्ण गाउँपालिका, माछापुच्छे« गाउँपालिका सहित छिमेकी जिल्लाहरुबाट समेत मानिसहरु महोत्सव स्थल पुगेका छन् । कतिपयले हेमजाको आलु मिठो हुने भन्दै चाख्नकै लागि भएपनि आलु किन्न पुगेको प्रतिक्रिया दिएका छन् ।हेमजाको आलु छिटो पाक्छ, अन्यको तुलनामा बढी स्वास्थ्यकर पनि छ, त्यसैले यसपटक घरमा चाहिने ३० किलो आलु… पुरा पढौ

तमानखोलामा कृषि सङ्कलन केन्द्र बन्दै

ढोरपाटन । बागलुङको तमानखोला गाउँपालिकामा कृषि सङ्कलन केन्द्र निर्माण गर्न थालिएको छ । चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले विनियोजन गरेको रु ४० लाखबाट सङ्कलन केन्द्र निर्माण गर्न थालिएको हो । गाउँपालिकाअन्तर्गतका किसानले उत्पादन गरेको कृषिउपज÷वस्तुलाई सङ्कलन गरी बजारीकरण गर्नका लागि केन्द्र निर्माण गर्न थालिएको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले बताए । “तमानखोलाका अधिकांश नागरिक कृषि पेसामा आबद्ध भए पनि हालसम्म सङ्कलन केन्द्र नहुँदा बजारीकरणमा समस्या हुँदै आएकामा अब समस्या समाधान हुनेछ”, उनले भने । अध्यक्ष मगरले तमानखोला–१ स्थित बोङ्गादोभानमा केन्द्र… पुरा पढौ

आलुले चिनिएको हेम्जा

पोखरा महानगरपालिका–२५ हेम्जा आलुका लागि प्रख्यात मानिन्छ । महानगरको कृषि महाशाखाका अनुसार हेम्जामा झण्डै तीन सय हेक्टरमा आलु खेती हुने गरेको छ । पाँच सय बढी किसानले व्यावसायिक आलु खेती गरिरहेका महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए। उनका अनुसार हेम्जामा वार्षिक ४५ सय मेट्रिक टनभन्दा बढी आलु उत्पादन हुने गरेको छ । “वर्षमा झण्डै रु १० करोड बराबरको आलु उत्पादन हुन्छ”, कडरियाले भने, “हेम्जाको आलु देशमै ‘ब्राण्ड’ बनिसकेको छ ।” महानगरको तथ्याङ्क अनुसार केही वर्षअघिसम्म हेम्जामा चार सय ५० हेक्टरमा… पुरा पढौ

बेँसीसहरमा आजदेखि आठौं लमजुङ महोत्सव सुरु

लमजुङ । पर्यटन प्रवर्द्धन गर्दै आर्थिक गतिविधि बढाउने उद्देश्यले बेँसीसहर नगरपालिका वडा नं. ७ सहजीमा आजदेखि आठौँ लमजुङ महोत्सव सुरु भएको छ । लमजुङ उद्योग वाणिज्य सङ्घको आयोजनामा ‘स्थानीय उत्पादन, उद्योग, पर्यटन तथा पूर्वाधारः मौलिक कला–संस्कृति समद्ध लमजुङको आधार’ भन्ने मूल नाराका साथ महोत्सव सुरु भएको हो । महोत्सवको आज दिउँसो उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गरे । राष्ट्रपति पौडेलले लमजुङ नेपाल एकीकरणको साक्षी रहेको उल्लेख गरे । उनले यहाँको पर्यटनको विकासका लागि आफूले पहल गर्ने बताए । लमजुङ लुकेर रहेको… पुरा पढौ

चार सय रोपनी क्षेत्रफलको धानखेतीमा लागेको रोगको प्रकोप नियन्त्रण

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिकाले धानबालीमा लाग्ने रोगको प्रकोप नियन्त्रणलाई प्राथमिकता दिएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा गाउँपालिकाका सबै वडामा गरी चार सय रोपनी क्षेत्रफलको धानखेतीमा लागेको रोगको प्रकोप नियन्त्रण गरेको हो । कृषिबाली संरक्षण कार्यक्रमअन्तर्गत धानबालीमा लाग्ने रोग नियन्त्रणलाई प्राथमिकतामा राखिएको गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीले राससलाई जानकारी दिए । उनले भने, “धानबालीमा विभिन्न रोगको प्रकोप आउँछ, फड्के किराको प्रकोप, गवारोको प्रकोप, पतेरोको प्रकोपलगायतका समस्या आउँछन्, त्यस्तो प्रकोप नियन्त्रणका लागि पालिकाले योजना बनाएर काम गरिरहेको छ ।”… पुरा पढौ

नस्ल सुधारका लागि मनाङ ल्याइएका याक दुब्लाउँदै गए

मनाङ । सोलुखुम्बुको याक आनुवांशिक स्रोत केन्द्र स्याङ्बोचेमा उत्पादन भएका शुद्ध नस्लका लागि मनाङ ल्याइएका नौवटा याक दुब्लाउँदै गएका छन् । हावापानी तथा भूगोल परिवर्तन हुँदा यिनीहरु राम्ररी फस्टाउन नसकेका गण्डकी प्रदेशको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले जनाएको छ । आकारमा साना भएकाले यहाँका ठूला याकहरुसँगै राख्न पनि समस्या भएको मनाङ याकचौँरी पालन तथा संरक्षण संस्थाका अध्यक्ष सुरेश थकालीले बताए । उनले भने, “भूगोल परिवर्तन भएर होला त्यति खुसीसँग रमाएको पाइएको छैन । यिनीहरुलाई जोगाउन पनि समस्या जस्तै भएको छ… पुरा पढौ

महिलालाई आत्मनिर्भर बनाउँदै महिला विकास बहुउद्देश्यीय सहकारी

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–६ खैरेनीटारमा रहेको खैरेनीटार महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाले महिलालाई आत्मनिर्भर बनाउने नीतिसहित कार्यक्रमलाई अगाडि बढाएको छ । नगरपालिका क्षेत्रभित्रका महिलालाई सहकारीमा आबद्ध गरी उनीहरूलाई आत्मनिर्भर बनाउने कार्यक्रमलाई जोड दिएको हो । सहकारीले शेयर सदस्यलाई स्वरोजगार र उद्यमशील बनाउन विभिन्न सीपमूलक तालिम सञ्चालन गर्दै आएको सहकारीका अध्यक्ष सुशीला गुरुङले बताए। सहकारीका सदस्यलाई अकबरे खुर्सानी, मौसमी तथा बेमौसमी तरकारीखेती, पशुपालन, कुखुरापालन, बेसार तथा अदुवाखेती, सिलाइबुनाईलगायत तालिम सञ्चालन गरी स्वरोजगार बनाउँदै आइएको उनले जानकारी दिए । गुरुङले सहकारी… पुरा पढौ

तनहुँका मकैबारीमा फौजी कीराको समस्या

तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा मकैमा फौजी कीरा लागेको पीडित किसानले बताएका छन् । ढापटारका किसानले लगाएको मकैमा फौजी कीराको समस्या भएको हो । फौजी कीराले मकैमा क्षति भएको स्थानीय किसान लक्ष्मण थापा क्षेत्रीले जानकारी दिए । फौजी कीराले मकैका पात, गुभोमा क्षति पुगेको उनले बताए । उनले भने, “यस क्षेत्रको करिब ४५ रोपनी क्षेत्रफलमा फौजी कीराको समस्या देखिएको छ, गाउँपालिकाको सहयोगमा विषादी प्रयोग पनि भएको छ ।” आँबुखैरेनी गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीले प्राविधिकको टोलीले बारीमै पुगेर विषादी… पुरा पढौ

बाँझो जमिनमा खेती गराउँदै कुश्मा नगरपालिका

पर्वत । बढ्दो युवा पलायन, जनशक्तिको अभाव, बाँदर आतङ्कलगायत कारणले जमिन बाँझो रहने क्रम बढेपछि त्यसलाई रोक्न कुश्मा नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई त्यसतर्फ केन्द्रित गरेको छ । नगरपालिकाले बढी बाँझो जमिन रहेका वडाहरूमा प्रधानमन्त्री रोजगार कार्यक्रममा सूचीकृत भएका युवायुवतीलाई अन्नबाली लगाउन सघाएको छ । वडा नं १४ आर्थर डाँडाखर्कमा रहेको दुई सय रोपनी बाँझो जग्गामा न्यूनतम रोजगारीमा संलग्न हुन चाहेका वडाका १५ जना सूचीकृत बेरोजगारलाई कोदो र मकैखेतीका माध्यमबाट रोजगारी प्रदान गरेको हो । नगरपालिकाका रोजगार संयोजक अमृत सुवेदीका अनुसार… पुरा पढौ

हेमजा आलु महोत्सवमा स्टल निर्माण तथा स्थानीय पास वितरण सुरु

पोखरा । १२ औं राष्ट्रिय हेमजा आलु महोत्सव–२०८० को तयारी अन्तरगत स्टल निर्माणको काम तिब्र पारिनुको साथै स्थानीय पास वितरण सुरु गरिएको छ । ‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ आलु एक परिकार अनेक’ भन्ने मूल नारका साथ विष्णुपादुका क्लब हेमजाको आयोजनामा हुन लागेको महोत्सव चैत २५ देखि बैशाख ५ गते सम्म विष्णु पादुका खेल मैदानमा हुदैछ। हेमजालाई व्यवसायिक कृषि क्षेत्रको रुपमा देश विदेशमा चिनाउदै उत्पादक र उपभोक्ताबीचको प्रत्यक्ष सम्पर्क स्थापित गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो। महोत्सव… पुरा पढौ