‘अटवारी’ पर्व

आज ‘अटवारी’ पर्व मनाइँदै

पश्चिम नेपालको तराई क्षेत्रमा बसोबास गर्ने डगौंरा चौधरी समुदायमा आज ‘अटवारी’ पर्व उल्लासपूवर्क मनाइँदै छ । आपसी सद्भाव, एकता र सम्बन्ध सुदृढ पार्ने पर्वका रूपमा लिइने यो पर्व खासगरी दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा बसोबास गर्ने डगौंरा चौधरी समुदायमा परम्परागतरूपमा मानाउने गरिन्छ । यो समुदायले आइतबारको दिनलाई ‘अटवार’ नामले चिन्ने हुँदा आज आइतबार यो पर्व मनाइन्छ । भगवान् श्रीकृष्ण जन्माष्टमीपछिको पहिलो आइतबारका दिन मनाइने यो पर्वपछि उक्त समुदायमा आफ्नो लोक संस्कृतिसँग सम्बन्धित नाचगान एवं सांस्कृतिक कार्यक्रम आरम्भ भएको मानिन्छ… पुरा पढौ